विकल्प न्यूज/बेनी
असोज ८ गते ।
बेनी नगरपालिका १ मा रहेको रत्नेचौर युवा कल्वको आईतबार पुर्नगठन भएको छ । श्याम रोकाको अध्यक्षतामा गठन भएको क्लबको उपाध्यक्षमा नविन खत्री, सचिवमा प्रकाश महत, सहसचिवमा लवकुश शर्मा, कोषाध्यक्षमा मिनबहादुर रावल रहनुभएको छ । सदस्यहरुमा धान्य बोगटी, राम थापा, सुमन खड्का, भुपेन्द्र थापा, बिशाल नेपाली र रामबहादुर रोका चयन हुनुभएको छ । भरत खत्री, ओम रोका र एकेन्द्र महत सल्लाहकार तथा सेते किसान र पदम रावल बरिष्ठ सल्लाहकार रहनुभएको छ ।
सो कार्यक्रममा वडा अध्यक्ष टेकबहादुर रावलले सामाजिक परिवर्तन र विकास निर्माणको काममा युवाहरुले रचनात्मक भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सेते किसान, गणेशबहादुर महत, एकेन्द्रबहादुर महत लगायतले मन्तब्य व्यक्त गर्नुभएको वडाका सामाजिक परिचालक कुमार थापाले बताउनुभयो ।