नेविसंघ म्याग्दीको शुभकामना कार्यक्रममा खत्री समुह किन गएन ?

विकल्प न्यूज /बेनी
असोज ७ गते । 21761413_2394156407475234_6605516828971108273_nनेविसंघको व्यानर र पार्टीका पदाधिकारी सहित पार्टी कार्यालयमा शनिवार विद्यार्थी नेता एकेन्द्र महतले नेतृत्व गरेको नेविसंघले विजयादशमी तथा शुभदिपावलीको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा निर्मल खत्री कार्यवाहक अध्यक्ष रहेको नेविसंघ सहभागि भएन । महतले नेतृत्व गरेको नेविसंघले आफूहरुलाई कुनै जानकारी नदिइ कार्यक्रम आयोजना गरेको खत्री समुहको भनाइ छ ।

शुभकामना कार्यक्रममा खत्री पक्षधर विद्यार्थी नेताहरु कोहि पनि सहभागि भएनन । पदमुक्त भएका भरत रकाल पनि कार्यक्रममा सहभागि भएनन् । यता महत पक्षधरले आयोजना गरेको कार्यक्रममा नेविसंघका जिल्ला स्थित पुराना नेताहरुको बलियो सहभागिता थियो ।

महतले नेतृत्व गरेको समिति नै जिल्लाको आधिकारिक  भएको उनीहरुको दावी छ । कसैले कोठामा वसेर केही व्यक्तिहरुलाई भेला गराएर समिति बनाउँछ भने त्यसलाई मान्नुपर्दछ भन्ने छैन । विधि र विधान सवैले मान्नुपर्ने पर्दछ । हामी विधि अनुसार चलेका छौं महत पक्षीय एक विद्यार्थी नेताले भने । खत्री समुहलाई पनि कार्यक्रममा ढाकिएको हो खै उहाँहरु किन आउनुभएन ति नेताले भने ।

२०६९ को माघमा १५ र १६मा सम्पन्न ११ औं अधिवेशनबाट विक्रम बोगटीलाई ३५ मतले हराउँदै भरतवहादुर रकाल जिल्ला अध्यक्ष निर्वाचित हुनुभएको थियो । रकाल ११ राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्यको पदमा उम्मेदवारी दिएपछि उहाँ स्वत पदमुक्त हुनुभएको हो । रकाल पदमुक्त भएसँगै उपाध्यक्ष महतलाई केन्द्रिय समितिले कार्यवाहकको जिम्मेवारी प्रदान गरेको थियो ।
महत कार्यवाहक भए लगत्तै नेविसंघ म्याग्दीमा चर्को विवाद हुँदै आएको छ । यतिखेर खत्री समुहले ४५ सदस्यीय समानान्तर जिल्ला समिति गठन गरेका छन् । रकाल सँगै उपाध्यक्षमा निर्वाचित भएका एकेन्द्र महत आफू विधान बमोजिम अध्यक्ष पदमुक्त भएपछि स्वतः कार्यवहाक अध्यक्ष भएको बताउनुहुन्छ ।

महतले नेतृत्व गरेको समितिनै आधिकारीक भएको पार्टीका जिल्लास्तरीय नेताहरु बताउँछन् । विद्यार्थी संघमा भएको विवादलाई छिट्ै समाधान गर्ने जिल्लास्तरीय एक नेताले बताए । विधान अनुसार महत नै आधिकारीक कार्यवाहक हुनुहुन्छ ति नेताले भने तर विद्यार्थीहरु विच क्रियाशिलता खत्री समुहको वढि छ । दुवै पक्षलाई मिलाएर एउटै समिति बनाउने गृहकार्य अघि वढेको ति नेताले विकल्प न्यूज सँग बताए ।