ताजा समाचार:
Search

बेनी–जोमसोम सडक छ दिनपछि खुल्यो

सन्तोष गौतम/विकल्प न्यूज
असोज ९ गते ।
हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालीका ३ काभ्रेभिरमा सुख्खा पहिरो खसेपछि गत बुधबार दिउँसोदेखि ७६ किलोमिटर दुरीको सडकमा सिधा सवारी सञ्चालन बन्द भएको थियो । पहिरो पन्छाएपछि सोमबार दिउँसोदेखि यातायातका साधन सञ्चालन हुन थालेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।

File Photo Of Kavre Vir Pahairo Gayako Place (1)बेनी–जोमसोम–कोरला सडक आयोजना, सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनी, नेपाली सेना र प्रहरीको पाँच दिनको पहलमा सडक सञ्चालन गरिएको हो । अक्करे भिरको बिचमा रहेको सडकमा निरन्तर सुख्खा पहिरो खस्दा मर्मतमा ढिलाई भएको जनाइएको आयोजनाका सुपरभाईजर ईन्द्रशिङ शेरचनले बताउनुभयो ।

गजुरमुखी निर्माण कम्पनीको दुई वटा डोजर सडक मर्मतमा परिचालन गरिएको थियो । सडक खुलाउन नेपाली सेनाको रोहबरमा बिस्पोटक पदार्थ प्रयोग गरेर बलास्टिङ गरिएको थियो । सडक अवरुद्ध हुँदा मुक्तिनाथ तिर्थयात्रा, कागबेनीमा सोह् श्राद्ध गर्न र मुस्ताङ भ्रमणमा जाने आउने आन्तरीक तथा बाह्य पर्यटकहरु समस्यामा परेका थिए ।

kavre bhirमुस्ताङमा उत्पादीत स्याउ, आलु, तरकारी र दसैका लागि भेडाच्याङग्रा बजारमा पठाउन समस्या भएको थियो । बर्खा रोकीएपछि पहिरो खस्ने क्रम कम भएको तथा सो ठाउँको सडक फराकीलो बनाएर नियमित सिधा यातायात सञ्चालनको व्यवस्था मिलाएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।