म्याग्दी समाचार

पारदर्शीताका लागि सूचनाको हक कार्यान्वयनमा जोड

सन्तोष गौतम /विकल्प न्यूज बेनी २ भदौ । दसौ राष्ट्रिय सूचना दिवसको अवसरमा शुक्रबार बेनीमा सरोकारवाला बिचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सूचना दिवस मूल समारोह समिति, म्याग्दीले आयोजना गरेको कार्यक्रममा सूचनाको हकको कार्यान्वयनको अवस्था, कार्यान्वयनका क्रममा देखा परेका समस्या र समाधानका उपायका विषयमा छलफल भएको छ ।कार्यक्रममा कार्यालय प्रमुख, सूचना अधिकारी र सञ्चारकर्मीहरुको […]

ऐन नियम नहुँदा म्याग्दीका जनप्रतिनिधि अलमलमा

विकल्प न्यूज/बेनी भदौ १ गते । म्याग्दीका स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको दुई महिना भएपनि ऐन, नियम र कानुनको अभावमा उनिहरुलाई काम गर्न अप्ठ्यारो परेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जारी गरेको निर्देशनको भारमा काम गर्नुपर्दा अप्ठ्यारो र अलमल भएको जनप्रतिनिधिको गुनासो छ । ऐन र क्षेत्रधिकारको बारेमा स्पष्ट व्यवस्था नहुँदा सार्वजनिक […]

गलेश्वरमा बसपार्क निर्माण

विकल्प न्यूज/बेनी भदौं १ गते । गलेश्वरमा बसपार्क निर्माण भएको छ । धार्मीक तथा पर्यटकीय स्थल गलेश्वरमा सडक पुगेको करिब पन्ध्रवर्षपछि बसपार्क बनेको हो । गलेश्वर बजार प्रवेशद्धार नजिकैको देवी मन्दीर परिसरको सार्वजनिक जग्गालाई सम्माएर बसपार्क बनाइएको हो । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङको २७ लाख ९४ हजार ८९५ रुपियाँ अनुदान सहयोगमा […]

बेनीमा रिखार कप भलिबल प्रतियोगिता सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ भदौ । म्याग्दीको बेनीमा न्यू संगम टे«डर्स रिखार कप वडा स्तरीय जिल्ला व्यापी भलीबल प्रतियोगिता सुरु भएको छ । बेनीबाट प्रकाशन हुने रिखार दैनीकको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले उद्घाटन गर्नुभयो । कार्यक्रममा जिसस प्रमुख केसीले खेलकुदको माध्यमबाट सद्भाव्, अनुशासन र सहकार्यको सन्देश […]

गलेश्वरमा १३ लाख रुपैयाँ भेटी संकलन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३१ साउन । बेनी नगरपालीका ९ स्थित गलेश्वर मन्दिरमा पछिल्लो एक महिनामै तेह् लाख रुपैया भन्दा बढी भेटि संकलन भएको छ । साउन महिनाको सोमबारका दिन पारेर मन्दिरमा पुजाआचा र दर्शनका लागि आएका भक्तजनले १३ लाख सात हजार ५२७ रुपैया भेटि चढाएका हुन् । यस वर्षको साउन महिनामा पाँच वटा सोमबार […]

नवआगन्तुक प्रजिअ अधिकारी र पत्रकारहरुबीच अन्तरक्रिया

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३१ साउन । म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी र जिल्लामा क्रियाशिल पत्रकारहरुबीच मंगलबार प्रशासनमा अन्तरक्रिया भएको छ ।अन्तरक्रियाका क्रममा प्रजिअ अधिकारीले शान्ति सुरक्षा, विपद् व्यवस्थापन, सार्वजनीक सेवा प्रवाहलाई सहज बनाउन प्राथमिकता दिने बताउनुभयो । उहाँले सेवा प्रवाहमा देखिएका विकृतीलाई न्युनीकरणका लागि सबै पक्षबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । प्रजिअ […]

जलथलेमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

विकल्प न्यूज/बेनी साउन ३१ गते । अन्नपूर्ण गाउँपालीका ३ जलथलेमा पहिरो खसेपछि मंगलबार बिहान देखि बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध भएको छ ।सोमबार राती सडक माथिबाट खसेको पहिरोले सडक पुरीएपछि सवारी साधन र पैदलयात्रीको आवत जावत बन्द भएको हो । बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाईजर ईन्द्रसिङ शेरचनले डोजर परिचालन गरेर मर्मतको काम सुरु गरिएको […]

लिटिल गार्डेनको रथयात्रा

विकल्प न्यूज/बेनी साउन ३० गते ।बेनी नगरपालीका ८ मा रहेको लिटिल गार्डेन एकेडेमीको आयोजनामा सोमबार बेनीमा श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा रथयात्रा गरिएको छ । विद्यालयको पूर्व प्राथमिक तहको आयोजनामा बालबालिकाहरुलाई राधा र कृष्णको भेषमा सजाएर रथयात्रा मार्फत बजार परिक्रमा गराइएको थियो । बालबालीकाहरुलाई चाडपर्व, धर्म र संस्कृतीको महत्वको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको विद्यालयले […]

राष्ट्रिय युवा जनस्वयमसेवक म्याग्दीका संयोजकद्धारा नेकपा परित्यागको घोषणा

विकल्प न्यूज/बेनी साउन ३० गते ।  विप्लव नेतृत्वको नेकपाका जिल्ला स्तरिय नेता खिम बहादुर पुनले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । जिल्ला सदस्य एवम् राष्ट्रिय युवा जन स्वयमसेवक म्याग्दीका संयोजक समेत रहेका पुनले सामाजिक सञ्जाल फेसवुकमार्फत पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । दशवर्ष जनयुद्धबाट भन्या जस्तो उपलब्धि हुन सकेन ,भयको केही उपलब्धि पनि […]

रघुगंगाका जनप्रतिनिधिहरु किन पुगे काठमाण्डौं ?

विकल्प न्यूज/बेनी साउन २९ गते । केन्द्र बिवाद रहेको रघुगंगा गाउँपालिकाका जनप्रतिनिधीहरुले दुई वटा गाउँपालिका बनाउन सरकार समक्ष माग गरेका छन् । गाउँपालिका प्रमुख भबबहादुर भण्डारी सहित साँसद रेशमबहादुर बानियाँ, काँग्रेस सभापति खम्बीर गर्बुजा, काँग्रेस नेता केवी भण्डारी नेतृत्वमा ८ वटै वडाका वडाअध्यक्ष सम्मिलित टोलीले संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छेदारलाई भेटेर आफ्नो […]

जन्म दिनमा ओमकुमारी शान्तिकोषलाई सहयोग

विकल्प न्यूज/बेनी साउन ३० गते । बेनीका एक जेष्ठ नागरिकले आफ्नो ७५ औं जन्मदिनको अवसर पारेर परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आईतबार सहयोग गर्नुभएको छ । बेनी नगरपालिका ७ ईन्दे्रणीटोलका ७५ वर्षीय नैनकुमार श्रेष्ठले सामाजिक सुरक्षा भत्ताको रकमबाट कोषलाई पाँच हजार रुपियाँ सहयोग गर्नुभएको हो । जटिल रोगबाट थलिएर आर्थिक अभावमा उपचारबाट बञ्चित म्याग्देलीलाई सहयोग […]

म्याग्दीमा पहिरोले जनजीवन अस्तव्यस्त

सन्तोष गौतम/विकल्प न्यूज साउन २९ गते ।म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको थापाचौरमा बिरामी आफन्तलाई डोकामा बोकेर दरवाङतर्फ लैजादै गरेका मुदीका बासिन्दा । ग्रामिण सडक अवरुद्ध हुँदा बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन दःुख भएको छ । तस्विर सन्तोष गौतम बर्षा र पहिरोका कारण पहाडी जिल्ला म्याग्दीको जनजिवन अस्तव्यस्त बनेको छ । पहिरो र नदी कटानका कारण बस्ती […]

जेष्ठ नागरिकद्धारा सामाजिक सुरक्षा भत्ताको रकम पहिरो पीडितलाई सहयोग

विकल्प न्यूज/बेनी साउन २९ गते । बेनीका एक जेष्ठ नागरीकले आफूले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ता वापतको रकम पहिरो पीडितलाई सहयोग गरेका छन् । बेनी नगरपालीका ७ ईन्दे्रणीटोलका ७५ वर्षिया नैनकुमार श्रेष्ठले पहिरोले घर भत्कीएर विस्थापित भएकी बेनपा १० पात्लेखेतकी खम्बी गर्बुजालाई आईतबार आठ हजार रुपैया उपलब्ध गराउनुभएको हो । गत आर्थिक वर्षको अन्तिम चौमासीकमा […]

मुस्ताङमा हावाबाट बिजुली निकाल्ने योजनाको उद्घाटन

निरज थकाली/मुस्ताङ मुस्ताङ, २८ साउन । मुस्ताङको जोमसोममा सञ्चालनमा ल्याइएको हावाबाट विद्युत उत्पादन गर्ने परियोजनाको शनिबार पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले उद्घाटन गर्नुभएको छ । ओलीले हावाबाट बिजुली निकाल्ने आफ्नो योजना पुष्टी भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले नवलपरासी र मकवानपुरमा पनी यस्ता आयोजनाको सम्भावना रहेको बताउँदै देशको विकास र सम्बृद्धीका लागि […]

राष्ट्रिय सम्मेलनका लागि अखिल क्रान्तिकारी म्याग्दीद्धारा प्रतिनिधि छनौट

विकल्प न्यूज/बेनी साउन २८ गते । भदौ ७ देखि ११ गतेसम्म काठमाडौमा हुने अखिल क्रान्तिकारीको १२ औ राष्ट्रिय सम्मेलनमा म्याग्दीबाट सहभागी हुने प्रतिनिधिहरुको शनिबार छनौट गरिएको छ । अखिल क्रान्तिकारी म्याग्दीका अध्यक्ष सुदिन पौडेलको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत रुपमा दश जना राष्ट्रिय सम्मेलन प्रतिनिधि छनौट गरेको हो । धिरन खत्री, सुधिर श्रेष्ठ, सन्दिप निउरे, सागर […]