गलेश्वरमा १३ लाख रुपैयाँ भेटी संकलन

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३१ साउन । galeshowr new

बेनी नगरपालीका ९ स्थित गलेश्वर मन्दिरमा पछिल्लो एक महिनामै तेह् लाख रुपैया भन्दा बढी भेटि संकलन भएको छ ।

साउन महिनाको सोमबारका दिन पारेर मन्दिरमा पुजाआचा र दर्शनका लागि आएका भक्तजनले १३ लाख सात हजार ५२७ रुपैया भेटि चढाएका हुन् । यस वर्षको साउन महिनामा पाँच वटा सोमबार परेको थियो । galeshowarपहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ सोमबारका दिन क्रमश एक लाख ९२ हजार, दुई लाख ७४ हजार, तिन लाख दश हजार, एक लाख १३ हजार ८१० र चार लाख १५ हजार ३३८ रुपैया भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले जानकारी दिनुभयो ।

गत वर्ष साउन महिनाको पाँच वटा सोमबारमा ११ लाख ७४ हजार ७१५ रुपैया भेटि संकलन भएको थियो । गलेश्वर मन्दिरमा संकलन हुने भेटि साप्ताहीक र मासिक रुपमा सार्वजनीक गरिदै आएको छ ।galeshowarयस वर्षको साउन महिनाको सोमबारका दिन पारेर पुजाआजा र दर्शनका लागि एक लाख ५० हजार जना भक्तजन आएको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । संकलीत भेटि कोषको खातामा जम्मा गर्नुका साथै मन्दिर परिसरमा पुर्वाधार निर्माण, वृद्धाश्रम र संस्कृत पाठशाला सञ्चालनका लागि परिचालन हुदै आएको छ ।

galeshowrकालीगण्डकी किनारमा रहेको नौ रोपनी क्षेत्रफलमा फैलीएको चट्टान माथि अवस्थित गलेश्वरको पुजाआजा र दर्शन गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । मुक्तीनाथ प्रवेशद्धार मानिने गलेश्वरमा सतीदेवीको गला पतन भएको धार्मीक ग्रन्थहरुमा उल्लेख छ ।