म्याग्दी समाचार
प्रयोगविहीन हुन थाले झोलुङ्गे पुल
म्याग्दी, मङ्सिर २१ गते । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाट जोड्ने रघुगङ्गा नदीमाथि रहेको झोलुङ्गे पुल । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाट जोड्ने रघुगङ्गा नदीमाथि रहेको झोलुङ्गे पुल अहिले सुनसान छ । म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङका बासिन्दा बेनी आउने नाकामा पर्ने उक्त पुल विसं २०६४ अघिसम्म […]
कुवेतबाट उद्धार भएर फर्किएकी हिराकुमारीलाई सहयोग
विकल्प न्युज / बेनी २० मंसिर । खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ । आकर्षक तलबको प्रलोभन देखाइ भारत हुदै गैरकानुनी रुपमा कुवेतमा बेचिएकी चोखालको छोराछोरीको शिक्षादीक्षाका लागि कतारमा रहेका म्याग्देलीको साझा संस्था मोना कतार अन्तरगत स्थापना भएको बहुद्देश्यीय अक्षयकोषले बुधबार घरमै […]
अन्नपूर्णले थालेको सवारी साधन दर्तालाई सिडिओको अवरोध
ठाकुरप्रसाद आचार्य म्याग्दी,मंसिर १९ गते । जिल्लाको अन्नपूर्ण गाउँपालिकाले स्थानीय सडकमा चल्ने सवारी साधन सूचिकृत तथा दर्ता गरी नियमन गर्न खोज्दा जिल्ला प्रशासन कार्यालयले अवरोध सिर्जना गरेको जनप्रतिनिधिले गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय सदरमुकाम स्थित केही ठूला व्यावसायीहरुको प्रलोभनमा परेर पालिकाले अगाडी बढाएको सवारी साधन दर्ता प्रक्रियालाई हस्तक्षेप गरेर रोकेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष […]
बेनी–जोमसोम सडक ः राहुघाट–तातोपानी खण्डमा कालोपत्रेको तयारी
ठाकुरप्रसाद आचार्य म्याग्दी,मंसिर १९ गते । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक योजना अन्तर्गत अलपत्र परेको राहुघाट–तातोपानी खण्डको ठेकेदार काममा फर्किएर सडक कालोपत्रेको तयारी थालेको छ । योजनाको पहिलो प्याकेज १९ किलोमिटर दुरीको उक्त खण्डमा सडक स्तरोन्नति सहित कालोपत्रे गर्न शर्मा युनाइटेड जेभीसँग २०७४ जेठमा ठेक्का सम्झौता भएको थियो । […]
एमालेको मध्यपहाडी अभियान ः बागलुङको पातिहाल्नेमा गरिने स्वागतको तयारी पूरा
विकल्प न्यूज/बेनी मंसिर १९ गते । नेकपा (एमाले) ले संचालन गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान बुधवार देखि गण्डकी प्रदेशमा प्रवेश गर्ने भएको छ । समृद्धिको लागि संकल्प यात्रा–२०८० सञ्चालन गरेको नेकपा एमालेको केन्द्रीय टोलीलाई स्वागत गर्न गण्डकी प्रदेश सहित नेकपा एमालेका नेताहरु बागलुङको पातिहाल्ने डाँडामा पुगेका छन् । अध्यक्ष केपी शर्मा ओली सहित १५० जना […]
बेनीमा जेसीजकप फुटबल प्रतियोगिताको २१ औं संस्करण उद्घाटन
ठाकुरप्रसाद आचार्य म्याग्दी,मङ्सिर १९ गते । म्याग्दीको बेनीमा अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिताको २१ औं संस्करण सुरु भएको छ । प्रतियोगिताको मंगलबार गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले उद्घाटन गर्नुभयो । चार दिन सम्म संचालन हुने प्रतियोगितामा २२ वटा विद्यालयले सहभागिता जनाएका छन् । म्याग्दी जेसीजले हरेक वर्ष आयोजना गर्ने यस प्रतियोगितालाई यस वर्ष […]
बरंजाबाट बेनी आउँदै गरेको जीप डम्बरामा दुर्घटना हुँदा पाँचजना घाइते
विकल्प न्यूज/बेनी मंसिर १८ गते । मङ्गला गाउँपालिकाको बरंजाबाट बेनीतर्फ आउँदैगरेको बोलेरो गाडी बेनी नगरपालिका–६ डम्बराको मन्दिरनजिक दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ग १ ज ८०४२ नम्बरको बोलेरो दुर्घटना हुँदा मङ्गला गाउँपालिका–३ बरंजाकी २४ वर्षीया इन्दु तुलाचन, ४६ वर्षीय कर्णबहादुर रोका, शेरबहादुर दमाई, मङ्गला गाउँपालिका–४ कि ६० वर्षीया मनकुमारी रोका र बेनी […]
घोडेपानी– पुनहिल प्राकृतिक सौन्दर्यको खानी
विकल्प न्यूज/बेनी मंसिर १८ गते । हिमाल, पहाडी भूगोल, सूर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुक्त गन्तव्य हो । समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन […]
जलजलामा अपाङ्ग दिवस मनाइयो
बेनी, १७ मंसिर । पर्वतको जलजला गाउँपालिकाको आयोजनामा आइतबार लामाखेतमा ३२ औ अन्तराष्ट्रिय अपाङ्ग दिवस मनाइएको छ । दिगो विकास लक्ष्य प्राप्तीको प्रतिवद्धता, अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता भन्ने मुुल नारा सहित छलफल कार्यक्रम गरेर दिवस मनाइएको हो । दिवसको मुुल नारामा केन्द्रित भएर अपाङ्गता भएका व्यक्तहरुसँग छलफल तथा अन्तरक्रिया गरिएको जलजला […]
पुनहिलमा रमाउदै पर्यटक (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य म्याग्दी,घोडेपानी, मङ्सिर १७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा अवस्थित पर्यटकीय स्थल पुनहिलबाट सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न पर्यटक पुग्ने गरेका छन् । घोडेपानी देखि ४५ मिनेटको पदयात्रापछि समुद्री सतहदेखि ३ हजार दुईसय १० मिटरको उचाईमा रहेको पुनहिलबाट हिमाल र सूर्योदयको सुन्दर दृश्य अवलोकन गर्न पर्यटकहरु पुग्ने गर्दछन् । हिजोआज मौसम सफा […]
गण्डकीको भौतिक मन्त्रालयले बजेट कार्यान्वयन कार्ययोजना बनायो
विकल्प न्युज / बेनी मंसिर १६ गते । घोडेपानी, गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको कुुल रु. बीस अरब पुुजिगत बजेटको आधा भन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालुु आर्थिक वर्षमा सडक, मोटेरेबल पुुल, भवन र झोलुुङ्गे पुुल सम्बन्धी एक हजार […]
गण्डकीले संघीय टुक्रे योजना कार्यान्वयन नगर्ने ः मुख्यमन्त्री पाण्डे
विकल्प न्यूज । घोडेपानी (म्याग्दी) १६ मंसिर ः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुुरेन्द्रराज पाण्डेले संघ सरकारले पठाएका टुक्रे योजना कार्यान्वन नगर्ने घोषणा गरेका छन् । उनले टुक्रे योजनामा नअल्झिन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतका कार्यालयहरुलाई निर्देशन दिएका हुन् । म्याग्दीको घोडेपानीमा शनिबार भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय स्तरीय समस्या समाधान […]
प्रदेश सरकारले चित्रे–घोडेपानी सडक स्तरोन्नति र घोडेपानी–उल्लेरी सडकले जोड्ने
घोडेपानी १६ मंसिर ः गण्डकी प्रदेश सरकारका मुुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले म्याग्दीको पर्यटकीय स्थल घोडेपानीलाई कास्कीसँग सडक सञ्जालले जोड्ने र चित्रे देखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गरिने बताउनुु भएको छ । भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको समिक्षा कार्यक्रममा सहभागी हुन शुक्रबार म्याग्दीको घोडेपानी आउनुुभएका मुुख्यमन्त्री पाण्डेले स्थानीयबासीले आयोजना गरेको स्वागत कार्यक्रममा पदमार्गको महत्व […]
गाउँपालिकाद्वारा अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दाबी
विकल्प न्यूज / बेनी मंसिर १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमाल आरोहणको रोयल्टी (सलामी) दस्तुरमा दाबी गरेको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल, आरोहीले प्रयोग गर्ने आधार शिविर र मार्ग म्याग्दीको भूगोलमा पर्ने तथ्यसहित रोयल्टी दाबी गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले राष्ट्रिय प्राकृतिक स्रोत तथा […]
‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धन गर्न पदयात्रा
नारच्याङ (म्याग्दी), मङ्सिर १२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि आजदेखि पदयात्रा सुरु भएको छ । म्याग्दीको नयाँ ‘भर्जिन’ गन्तव्यका रूपमा विकास हुनु थालेको उक्त पदमार्गमा पूर्वाधारको अवस्था र आवश्यकता पहिचान तथा प्रवर्द्धनका लागि चारदिने पदयात्रा सुरु भएको हो । अन्नपूर्ण गाउँपालिकाका प्रमुख […]