जलजला गाउँपालिका संस्थागत क्षमता स्वमूल्याङ्कनमा पर्वतमा पहिलो

विकल्प न्यूज/बेनी
माघ १९ गते ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन((LISA ) मा पर्वतको जलजला गाउँपालिका  जिल्लाका सातवटा स्थानीय तहहरु मध्य पहिलो भएको छ । जलजला गाउँपालिका ९०.२५ अंक सहित गण्डकी प्रदेशमा छैटौं र  जिल्लाको पहिलो पालिका बनेको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

विभिन्न दश वटा शीर्षकमा मूल्याङ्कन गर्ने गरिन्छ । जसमा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वयमा पालिकाले आफ्नै संस्थागत क्षमताको स्वमूल्याङ्कन गर्ने गर्छन् ।