ताजा समाचार:
Search

म्याग्दी समाचार

जन्म दिनका अवसरमा वालवालिकालाई न्यानो कपडा वितरण

विकल्प न्यूज/बेनी मंसिर ३ गते ।   छोरीको जन्म दिनको अवसरमा बेनी नगरपालिका ७ हुलाकचोकका श्रेष्ठ परिवारले एक विद्यालयका वालवालिकालाई न्यानो कपडा वितरण गरेका छन् । बेनी नगरपालिका ७ हुलाकचोकका स्थायी वासिन्दा एवम म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुविर श्रेष्ठ र उहाँको धर्मपत्नी जुनु उदास श्रेष्ठले आफ्नो छोरीको जन्मदिनको अवसरमा वालवालिकाहरुलाई न्यानो कपडा वितरण गर्नुभएको […]

प्रकाश दाहालको मृत्यु ‘सुतेकै ठाउँमा’

३ मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको मृत्यु लाजिम्पाटस्थित आफ्नो निवासमा सुतेकै ठाउँमा भएको प्रारम्भिक जानकारी अनलाइनखबरलाई प्राप्त भएको छ । तीन दिनयता आफू केही अस्वस्थ भएको बताउँदै आएका प्रकाश दाहाल प्रचण्ड झापातिर लागेपछि त्यता नगइनकन चितवनबाट काठमाडौं फर्किएका थिए । उनी शनिबार राति लाजिम्पाटस्थित निवासमै सुतेका थिए । पारिवारिक स्रोतका अनुसार शनिबार राति ८ […]

अस्पताल ल्याउनु तीन घन्टा अघि नै प्रकाश दाहाललाई ‘आकस्मिक हृदयाघात’

३ मंसिर, काठमाडौं ।प्रचण्ड पुत्र प्रकाश दाहालको निधन ‘आकस्मिक हृदयघात’बाट भएको नर्भिक अस्पतालले बताएको छ । माओवादी अध्यक्ष प्रचण्ड अस्पताल पुगेपछि चिकित्सकहरुले प्रकाशको निधनको औपचारिक जानकारी गराएको छ । डा. यादव भट्टका अनुसार प्रकाशलाई विहान साढे ५ बजे अस्पताल ल्याइपुर्‍याइएको थियो, जतिबेला उनको पल्स थिएन भने हात चिसो र शरीर केही कडा भइसकेको थियो । […]

प्रकाश दाहालको निधन

३ मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ । अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल […]

लभ्लीहिलको फोहोर व्यवस्थापनमा लायन्स क्लबको सहयोग(भिडियो सहित)

विकाल्प न्यूज/बेनी मंसिर २ गते ।  म्याग्दीको नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको बेनी नगरपालिका २ स्थित लभ्ली डाँडाको फोहोर व्यवस्थापनमा लायन्स क्लब अफ बेनी पिस सिटीले सहयोग गरेको छ । शनिवार क्लबले फोहोर संकलनका लागि दुइवटा डस्टविन लभ्लीडाँडा पर्यटकीय पूर्वाधार निर्माण उपभोक्ता समितिलाई हस्तन्तरण गरेको हो । पछिल्लो समय आन्तरिक पर्यटकको आगमन वढ्ेकाले […]

भेटेरेनरी एण्ड लाईभस्टक एशोसीयसन स्थानीय तहमा

विकल्प न्यूज/बेनी मंसिर २ गते । म्याग्दीमा कार्यरत पशु स्वास्थ्य र सेवा प्राबिधिकहरु आवद्ध नेपाल पारा भेटेरेनरी एण्ड लाईभस्टक एशोसियनको स्थानीय तह अनुसारको कार्यसमिति गठन भएको छ । शनिबार बेनीमा सम्पन्न भएको संयुक्त स्थानीय तह अनुसारको अधिवेशनबाट बेनी नगरपालीका र ५ वटा गाउँपालीकाहरुमा एशोसियसनको शाखा गठन भएको हो । बेनी नगरपालीकामा बिनोद कार्की, मंगला गाउँपालीकामा […]

बेनपाको विभिन्न ठाउँमा बाम युवा भेला

विकल्प न्यूज/बेनी मंसिर २ गते । पार्टी एकताको घोषणा सहित चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्र निकट युवाहरुको शनिबार बेनी नगरपालीकाको विभिन्न ठाउँमा संयुक्त भेला सम्पन्न भएको छ । बेनी नगरपालीका २ भकुण्डेमा भएका बाम युवाहरुको भेलाले विभिन्न ५ वटा टोल स्थरीय बाम गठबन्धनको संयुक्त युवा परिचालन समिति गठन गरेको छ । बगरफाँटमा […]

वाम एकताको पक्षमा शिख र घारमा उर्लियो जनलहर

विकल्प न्यूज/बेनी मंसिर २ गते ।मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गरि म्याग्दीमा राजनीतिक दलहरुले निर्वाचन प्रचार प्रसार अभियान तिव्र बनाएका छन् । पार्टी एकता गर्ने घोषणा सहित चुनाबी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले जिल्लाव्यापि रुपमा चुनाब प्रचार प्रसारलाई आक्रमक बनाएको छ । अभियान अन्र्तगत शनिवार अन्नपूर्ण गाउँपालिका–६ […]

दिवंगत अभिभावकको स्मृतीमा विद्यालयलाई सहयोग

गोपाल आचार्य/ताकम ताकम २ मंसिर ।म्याग्दीको धौलागिरी गाउँपालीका ७ मा रहेको ताकम माविलाई एक प्रवासीले नगद र प्रबिधिको सामाग्री सहयोग गरेका छन् । साविक ताकम गाविस ३ घर भई हाल अमेरीकामा बसोबास गर्दै आउनुभएका ऋषीनाथ सुवेदीले शुक्रबार नगद १ लाख र पचास हजार रुपैया मूल्य बराबरको एक थान ल्यापटप सहयोग गर्नुभएको हो । दिवंगत बुवा […]

म्याग्दीको विकास र भविष्य बामपन्थीको काँधमा –बाम उम्मेदवार

विकल्प न्यूज/बेनी मंसिर १ गते । नेकपा एमालेका पोलीट ब्युरो सदस्य थममाया थापाले नेपालमा राजनितिक स्थिरता कायम गरि विकास र सम्बृद्धीको अभियानलाई सफल बनाउन आसन्न चुनावमा बाम गठबन्धनको जित आवश्यक रहेको बताउनुभएको छ । अन्नपूर्ण गाउँपालीका ४ नारच्याङमा आयोजित आमसभामा थापाले भारतको ईशारामा नेपालमा राजनितिक अस्थिरता कायम गरेर विकास र जनताको हितमा काम हुन नदिएको […]

दरवाङ र बाबियाचौरमा वाम गठबन्धनको संयुक्त कार्यकर्ता प्रशिक्षण

विकल्प न्यूज/बेनी मंसिर १ गते । पार्टी एकताको घोषणा सहित चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले आगामी १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर शुक्रबार मालीका र मंगला गाउँपालीका स्तरीय संयुक्त कार्यकर्ता प्रशिक्षण गरेका छन् । चुनावमा बाम गठबन्धनका उमेद्वारलाई अत्याधिक बहुमतका साथ जिताउन रणनिती बनाउन संयुक्त कार्यकर्ता प्रशिक्षण गरिएको […]

दोवामा काँग्रेसको सभा – जिल्लालाई नमुना बनाउँछु ः गर्बुजा

विकल्प न्यूज/बेनी मंसिर १ गते । नेपाली काँग्रेस र राप्रपा सहितको गठबन्धनले अन्नपूर्ण गाउँपालिका १ दोबामा शुक्रवार चुनावी सभा गरेको छ । सभामा बोल्दै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खमविर गर्बुजाले जिल्लाको विकासका लागि लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई मतदान गरि विजयी बनाउन आग्रह गर्नुभएको छ । उहाँले जिल्लामा रहेका प्राकृतिक स्रोतसाधनलाई परिचालन गरि पाँच वर्षे कार्यकालमा आफूले […]

चुनावमा खटिने मतदान र सहायक मतदान अधिकृतहरुका लागि तालीम सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ मंसिर । म्याग्दीमा आगामी १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा चुनावमा खटिने मतदान र सहायक मतदान अधिकृत तथा मतगणना सम्बन्धि प्रशिक्षण शुक्रबारदेखि बेनीमा सुरु भएको छ । प्रशिक्षणको उद्घाटन गर्दै मुख्य निर्वाचन अधिकृत राजकुमार कोईरालाले स्वतन्त्र, निष्पक्ष, भयरहित वातावरणमा पारदर्शी रुपमा चुनाव सम्पन्न गराउनु प्रमुख दायीत्व सम्झिएर […]

दाना काँग्रेसमा पहिरो गयो, वाम गठबन्धनमा प्रवेशको लहर

विकल्प न्यूज/बेनी मंसिर १ गते । नेपालका प्रमुख दुई राजनीतिक दल नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्ने घोषणा सहित तालमेल गरेर आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा होमीएपछि म्याग्दीको उत्तरी क्षेत्रमा बाम गठबन्धन प्रवेशको लहर चलेको छ । अन्नपूर्ण गाउँपालिका ३ दानाका नेपाली काँग्रेसका सक्रिय कार्यकर्ताहरु शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली […]

गलेश्वरमा शतबीज छर्नेको घुइँचो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १ मंसिर ।म्याग्दीको बेनी नगरपालीका ९ मा रहेको गलेश्वरमा शतबीज छर्नका लागि शुक्रबार झक्तजनको घुइँचो लागेको छ । बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने चलन रहेको छ । कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सात थरिका […]