विकल्प न्यूज/बेनी
मंसिर २ गते । म्याग्दीमा कार्यरत पशु स्वास्थ्य र सेवा प्राबिधिकहरु आवद्ध नेपाल पारा भेटेरेनरी एण्ड लाईभस्टक एशोसियनको स्थानीय तह अनुसारको कार्यसमिति गठन भएको छ ।
शनिबार बेनीमा सम्पन्न भएको संयुक्त स्थानीय तह अनुसारको अधिवेशनबाट बेनी नगरपालीका र ५ वटा गाउँपालीकाहरुमा एशोसियसनको शाखा गठन भएको हो ।
बेनी नगरपालीकामा बिनोद कार्की, मंगला गाउँपालीकामा आकाश जिसी, मालीकामा धु्रब चोखाल, धौलागिरीमा पृथराज ढकाल, अन्नपूर्णमा अर्जुन केसी र रघुगंगामा भिम पुनको अध्यक्षतामा समिती गठन भएको हो ।
एशोसीयसनको म्याग्दी जिल्ला शाखाका अध्यक्ष गणेश जिसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा केन्द्रिय प्रतिनिधि जिवन आचार्य, ४ नम्बर प्रदेशका सचिव टेकप्रसाद सापकोटा, निजामती कर्मचारीहरुको आधिकारीक टे«ड युनियनका सचिव सुभाष लामीछाने र एक गाउँ एक पशु सेवा प्राबिधिक अनुश रिजालले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।