विकल्प न्यूज/बेनी
मंसिर १ गते ।
नेपाली काँग्रेस र राप्रपा सहितको गठबन्धनले अन्नपूर्ण गाउँपालिका १ दोबामा शुक्रवार चुनावी सभा गरेको छ । सभामा बोल्दै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खमविर गर्बुजाले जिल्लाको विकासका लागि लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई मतदान गरि विजयी बनाउन आग्रह गर्नुभएको छ । उहाँले जिल्लामा रहेका प्राकृतिक स्रोतसाधनलाई परिचालन गरि पाँच वर्षे कार्यकालमा आफूले म्याग्दीलाई नमुना बनाउने उदघोष गर्नुभयो ।उम्मदेवार गर्बुजाले नेपाली काँग्रेसको नेतृत्वमा संविधान बनेको बताउँदै अव विकास र समवृद्धिको नेतृत्व पनि काँग्रेसले नै गर्ने भएकाले ढुक्क भएर मतदान गर्न उहाँले अनुरोध गर्नुभयो । उहाँले उत्तरी म्याग्दीको विकासको ढोका खोल्नका लागि मतदान गर्न दोवावासीहरुलाई अनुरोध गर्नुभएको जिल्ला कार्यसमितिका सदस्य ओम छन्त्यालले जानकारी दिनुभयो । प्राकृतिक स्रोतसाधनलाई उचित रुपमा परिचालन गरि जिल्लाको विकासमा फड्को मार्ने योजना आफूहरुले बनाएको गर्बुजाले बताउनुभयो । मुलुकमा लोकतन्त्र,शान्तीस्थापना र संविधान निर्माणमा नेपाली काँग्रेसले खेलेको नेतृत्व दायि भूमिकालाई संस्मरण गर्दै मतदान गर्न उहाँले आग्रह गर्नुभएको छ ।यसै गरि प्रदेशसभा क्षेत्र १(क) का उम्मेदवार भीमप्रसाद गौचनले म्याग्दीको विकासका लागि ७७ वर्षे उमेरमा पनि अघि सरेको बताउँदै मतदान गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा समानुपातिक उम्मेदवार विमला गौचन, राप्रपाका समानुपातिक उम्मेदवार डम्वर सुवेदी, नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्य ओम छन्त्याल,स्थानीय पदम पुर्जा,दुतवहादुर राम्जाली लगायतले लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई मतदिई विजयी गराउन आग्रह गर्नुभएको थियो ।
कार्यक्रम गाउँ कार्यसमितिका सभापति सुर्य राम्जालीको अध्यक्षता,गोपाल पुर्जाको संचालन र कमल पुनको स्वागतमा सम्पन्न भएको थियो ।