बेनपाको विभिन्न ठाउँमा बाम युवा भेला

विकल्प न्यूज/बेनी
मंसिर २ गते ।

पार्टी एकताको घोषणा सहित चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्र निकट युवाहरुको शनिबार बेनी नगरपालीकाको विभिन्न ठाउँमा संयुक्त भेला सम्पन्न भएको छ ।

बेनी नगरपालीका २ भकुण्डेमा भएका बाम युवाहरुको भेलाले विभिन्न ५ वटा टोल स्थरीय बाम गठबन्धनको संयुक्त युवा परिचालन समिति गठन गरेको छ । बगरफाँटमा सन्दिप कार्की, गौस्वारामा नारायण शर्मा, भकुण्डेमा राजु घिमीरे, फापरखेतमा टिकाराम किसान, अम्बोटमा बिजय सापकोटा र खबरामा टेकबहादुर जिसी संयोजक रहेको २१० सदस्यीय समिति गठन भएको हो ।

बाम गठबन्धनको वडा स्तरीय संयुक्त चुनाव परिचालन समितिका संयोजक जिवन सापकोटाको अध्यक्षता, डम्मर सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य राजकुमार थापा, वाईसीएलका जिल्ला अध्यक्ष भोजबहादुर थापा (कुमार), वडा अध्यक्ष हिराबहादुर, माओवादी केन्द्रका नेता कृष्ण कार्की लगायतको उपस्थिती रहेको थियो ।
यसैगरी बेनी नगरपालीका ५ पुरीण्डिमा पनि टोल स्तरीय युवा भेला सम्पन्न भएको छ । भेलामा माओवादी केन्द्रका नगर सचिव कुशल पौडेल, बाम गठबन्धनको नगर स्तरीय संयुक्त युवा परिचालन समितिका संयोजक नगेन्द्र केसी, सहसंयोजक लक्ष्मण कटुवाल, माओवादी केन्द्रका नेता हरि भण्डारीको उपस्थिती रहेको थियो ।

बेनी नगरपालीका ९ घतानमा तेजेन्द्र बानियाको संयोजकत्वमा गठन भएको बाम गठबन्धनको संयुक्त युवा परिचालन समितिको शनिबारको बैठकले ६ वटा टोल स्थिरीय परिचालन समिति गठन गरेको छ ।

एमालेका जिल्ला सचिवालय सदस्य कृष्णकुमार विश्वकर्मा, वडा अध्यक्ष बेलबहादुर चोखाल, संयुक्त निर्वाचन परिचालन समितिका संयोजक रुद्र रेग्मी, माओवादी केन्द्रका झलक बिक लगायतको उपस्थितीमा भेला सम्पन्न भएको थियो ।

बेनी नगरपालीकाको विभिन्न टोलहरुमा बाम गठबन्धनको संयुक्त निर्वाचन परिचालन कमिटिका साथै महिला, विद्यार्थी र युवा लगायत बिभागीय संगठनहरुले घरदैलो अभियान तिब्र बनाएका छन् । मतदाता शिक्षाका लागि एमाले, माओवादीका कार्यकर्ताहरु नमुना मतपत्र सहित घरदैलोमा केन्द्रित भएका छन् ।