विकाल्प न्यूज/बेनी
मंसिर २ गते ।
म्याग्दीको नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको बेनी नगरपालिका २ स्थित लभ्ली डाँडाको फोहोर व्यवस्थापनमा लायन्स क्लब अफ बेनी पिस सिटीले सहयोग गरेको छ ।
शनिवार क्लबले फोहोर संकलनका लागि दुइवटा डस्टविन लभ्लीडाँडा पर्यटकीय पूर्वाधार निर्माण उपभोक्ता समितिलाई हस्तन्तरण गरेको हो । पछिल्लो समय आन्तरिक पर्यटकको आगमन वढ्ेकाले फोहोर संकलन र व्यवस्थापनमा सहयोग पुगोस भनेर क्लबले सहयोग गरेको क्लबका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।
शनिवार लभ्लीहिलमा आयोजना गरिएको कार्यक्रममा बेनपा ७ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले लभ्लीहिलको पूर्वाधार विकासमा वेनी नगरपालिकाले योजना बनाएको बताउनुभयो । उहाँले भौतिक पूर्वाधारको विकास गर्न सके लभ्लीहिल नयाँ पर्यटकीय गन्तव्य बन्न सक्ने बताउनुभयो । उपभोक्ता समितिका अध्यक्ष ध्रुव कार्कीले लभ्लीहिलको पुर्वाधार विकासमा सरोकारवाला निकायले सहयोग गर्नुपर्ने बताउनुभयो ।
लायन्स क्लबका सदस्य सन्दीप खत्रीको सञ्चालन,वरिष्ठ उपाध्यक्ष लोकेश पुन मगरको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । बेनीमा रहेको सरोज आट्र्स र खत्री ग्रील उद्योगले डस्टवीन सहयोग स्वरुप उपलब्ध गराएको क्लबले जनाएको छ ।