ताजा समाचार:
Search

म्याग्दी समाचार

बेनी नगरपालिकाले किन बनाउँछ नक्कली उपभोक्ता समिति ?

गोपाल छन्त्याल /बेनी असार ८ गते । गोपाल छन्त्याल /बेनी असार ८ गते । बेनी–पात्लेखेत जोड्ने सडक स्तरोन्नति बेनी नगरपालिकाको चालु आर्थिक वर्षमा गौरवको आयोजना हो। १ करोड रुपैयाँ बजेट रहेको सडकको २ तरिकाले काम भइरहेको छ। पहिलो चरणमा आह्वान गरिएको ठेक्कामार्फत् ५४ लाख रुपैयाँमा मालिका भगवती कन्टक्सनले जिम्मा लिएपछि बचेको रकमले अर्को खण्डमा उपभोक्ता […]

वडा कार्यालयको खर्च कटाएर विरामीको उपचारको लागि सहयोग

कमल खत्री, सन्तोष गौतम पोखरेबगर म्याग्दी, ८ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको वडा कार्यालयले मसलन्द शिर्षकको रकमलाई विरामीको उपचारको लागि सहयोग गरेको छ । वडा कार्यालयको बैठक लगायतको लागि छुट्टाईएको रकमलाई बचाएर रु २० हजार घारका स्थानीय अगुवा फौद बहादुर बरुवालको उपचारको लागि सहयोग गरिएको हो । शुक्रवार गाउँपालिकाको केन्द्र पोखरेबगरमा महिला, बालबालिका तथा […]

समृद्ध देश निर्माणका लागि नागरिकको स्वास्थ्यमा प्राथमिकता– मन्त्री थापा

सन्तोष गौतम, कमल खत्री पोखरेबगर(म्याग्दी) ८ असार । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले नेपाललाई समृद्ध मुलक बनाउन सरकारले नागरिकको स्वास्थ्यमा प्राथमिकता दिएको बताउनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पाखरेबगरमा शुक्रबार समाज कल्याण परिषद् अन्तरगतको राष्ट्रिय स्वास्थ्य कोषले आयोजना गरेको निशूल्क स्वास्थ्य शिवीरको उद्घाटन गर्नुहुदै मन्त्री थापाले समृद्ध देश निर्माणका लागि सरकारले नागरीकको […]

बेनीमा सञ्चालित औषधि पसलहरुको अनुगमन

विकल्प न्यूज /बेनी म्याग्दी, असार ८ गते ।म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित विभिन्न प्रकृतिका औषधि पसलहरुको बिहीबार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बेनीमा सञ्चालनमा रहेका आयुर्वेदिक, डेन्टलसहित कुल १४ ओटा औषधी पसलहरुमा अनुगमन गरिएको हो । लागूऔषध दुरुपयोग तथा ओसारपोसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्याको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम अन्तर्गत औषधि पसलको अनुगमन गरिएको […]

नदीजन्य बस्तुको चोरी निकासीमा प्रयोग भएको सवारी साधन प्रहरी नियन्त्रणमा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ असार । म्याग्दीको मालीका गाउँपालिका ६ मा पर्ने रातोढुङ्गा तोलावाङ क्षेत्रमा म्याग्दी नदीको किनारबाट नदीजन्य बस्तुको अबैध रुपमा उत्खनन् र चोरी निकासी भएको छ । स्थानीय केही व्यक्तिहरुले एक्साभेटरको प्रयोग गरेर बालुवा, ढुङ्गा र गिट्टी उत्खनन तथा चोरी निकासी गरेको भेटिएको प्रहरीले जनाएको छ । अबैध रुपमा नदीजन्य बस्तुको उत्खनन् […]

मन्त्री थापाद्धारा वौद्धीक अपाङ्ग स्रोत कक्षाको छात्रावास भवन उद्घाटन

सन्तोष गौतम /विकल्प न्यूज बेनी ७ असार ।   बेनी नगरपालिका ५ बगुवाखोला स्थित बालजागृती आधारभुत विद्यालयमा निर्माण भएको वौद्धीक अपाङ्ग स्रोत कक्षाको छात्रावास भवनको बिहीबार महिला, बालबालीका तथा समाजकल्याण मन्त्री थममाया थापाले उद्घाटन गर्नुभयो । प्लान ईन्टरनेशनल नेपालको ५६ लाख ३२ हजार ३३४ रुपैयाँ र अपाङग संघ म्याग्दीको ६० हजार रुपैया सहयोगमा निर्माण भएको भान्छाकोठा […]

मातृ शिशु मृत्युदर घटाउन “एयर एम्बुलेन्स” सञ्चालन गरिने

सन्तोष गौतम/विकल्प न्यूज दरवाङ ७ असार । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले दुर्गम र बिकट क्षेत्रका गर्भवती, सुत्केरी र नवजात शिशूको उपचार सेवामा पहुँच बढाएर मातृ शिशू मृत्युदर घटाउन “एयर एम्बुलेन्स” सञ्चालन गर्न लागिएको बताउनुभएको छ । म्याग्दीको मालीका गाउँपालिका ६ दरवाङमा बिहीबार समाज कल्याण परिषद् अन्तरगतको राष्ट्रिय स्वास्थ्य कोषले आयोजना गरेको […]

विश्व योग दिवसमा बेनीमा प्रभातफेरी

विकल्प न्यूज/बेनी असार ७ गते । चौथो विश्व योग दिवसका अवसरमा म्याग्दीको सदरमुकाम बेनीबजारमा प्रभातफेरी निकालिएको छ। नवीन आनन्द योग केन्द्र म्याग्दीले प्रभातफेरी कार्यक्रम गरेको हो । प्रभातफेरिमा बेनी र सिङ्गाका योगापारखीहरु,उद्योगी व्यवसायी,योग शिक्षक तथा अन्य योग साधकहरुले सहभागिता जनाएका थिए। संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन सुरु […]

सिडिओ साब ! साँध सीमाना एउटै तर, मूल्य कसरी फरक ?

गोपाल छन्त्याल/बेनी असार ७ गते ।जिल्ला प्रशासन कार्यालय म्याग्दीले एकै प्रकृतिका दुई आयोजनालाई एउटै स्थानमा फरक मुआब्जा निर्धारण गरेको पाईएको छ । रघुगंगा–३ पिप्लेको अम्बाङ क्षेत्रमा निर्माण गरिन लागेको १३२ केभीए डाँडाखेत–राहुघाट प्रशारण लाइनको सबस्टेशन र २२० केभीए कालीगण्डकी करिडोर प्रशारण लाइनको टावरका लागि निर्धारण गरिएको मूल्य २ लाख ५० हजार रुपैयाँ फरक छ । […]

कालीगण्डकी गर्ज चिनीया लगानीमा निर्माण हुने

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ असार । १६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत आयोजना चिनीया लगानीमा निर्माण हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चिन भ्रमणका क्रममा बुधबार बेईजिङ स्थित नेपाली दुतावासमा आयोजनाको प्रर्वद्धक र चिनीया कम्पनीबीच लगानीको सम्झौतामा हस्ताक्षर भएको हो । हाईड्रो सोलुसनका सञ्चालक ज्ञानेन्द्रलाल प्रधान र युनाङ सिङ हवा वाटर […]

स्थानीय तहको बजेटप्रति अपेक्षा(सम्पादकीय)

विकल्प न्यूज/बेनी असार ६ गते । स्थानीय तहका जनप्रतिनिधिहरुले  आगामी आर्थिक वर्ष २०७५ / ७६ को वार्षिक नीति कार्यक्रम र  बजेट सार्वजनिक गर्ने  तयारी गरेका छन् । स्थानीय सरकार भनिएका स्थानीय तहमा जनप्रतिनिधिहरुले निर्माण गर्ने यो दोस्रो बजेट हो । विभिन्न अन्यौल र चुनौतीका विच अघिल्लो वर्ष सार्वजनिक गरिएको नीति कार्यक्रम र बजेट कार्यान्वयनको अन्तिम […]

फेरी सुरु भयो रघुगंगा जलविद्युत आयोजना

विकल्प न्यूज/बेनी असार ६ गते । फाइल तस्विर म्याग्दीमा निर्माणधिन अवस्थामा रहेको रघुगंगा जलविद्युत आयोजना ४ वर्ष पछि फेरी सुरु गरिएको छ । यसअघि छनौट भएका भारतको आइभीआरसीएल प्रोजेक्ट्स लिमिटेडले काम गर्न नसकेपछि ठेक्का तोडेर नयाँ प्रक्रियाबाट आयोजना निर्माण गर्न लागिएको हो । नेपाल विद्युत प्राधिकरणको सत प्रतिशत लगानी रहेको रघुगंगा हाईड्रोपावर लिमिटेडले बनाउन लागेको […]

‘चुनाव त जिताए तर छुवाछूत कायमै’

विकल्प न्यूज/बेनी असार ६ गते । स्थानीय तहको हरेक वडामा अनिवार्य रुपमा दलित महिला सदस्य राख्नुपर्ने प्रावधानले सयौँ दलित महिला निर्वाचित भए। जनप्रतिनिधि बनेर स्थानीयवासीलाई सेवा दिने निकायमा पुग्दा पनि उनीहरूले छुवाछूत भोग्न परिरहेको बताएका छन्। म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका सदस्य विष्णु परियार गाउँ वा शहर जहाँ पनि स्थानीय सरकारका प्रतिनिधिले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा […]

दोवामा रहेको तातोपानीलाई पर्यटकीय स्थल बनाउन पहल

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी असार ६ गते । प्रशस्त पर्यटकीय सम्भावना भएर पनी संरक्षण, व्यवस्थापन, पूर्वाधार, प्रचारप्रसारको अभावमा ओझेलमा परेको अन्नपूर्ण गाउँपालीका १ दोवाको सेकारकुमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न पहल थालीएको छ । दोवाका जनप्रतिनिधि र बासिन्दाले कालीगण्डकी नदीको दायाँ किनार, पहाडको फेदीमा बेवारीसे अवस्थामा रहेको प्राकृतिक तातोपानीको मुहानलाई संरक्षण […]

किसानलाई औजार हस्तान्तरण

विकल्प न्यूज/बेनी असार ६ गते । अन्नपूर्ण गाउँपालिका पशु सेवा शाखाले कालीगण्डकी भेडापालन स्रोत विकास केन्द्रमा आबद्ध किसानहरुलाई अतिआवश्कीय सामागी वितरण गरेको छ । मंगलबार गाउँपालिका केन्द्र पोखरेबगरमा आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष क्या. डमबहादुर पुन र प्रमुख प्रशासकीय अधिकृत अच्यूत दाहालले किसानहरुलाई त्रिपाल, जुकाको औषधी र विभिन्न किसिमका मेसिनहरु उपलब्ध गराएका हुन् । […]