म्याग्दी समाचार
पर्वतमा फागुन १५ देखि २६ सम्म तेस्रो मगर महोत्सव
विकल्प न्यूज/पर्वत माघ २१ गते । आगमी फागुन गते मनाउन लागिएको ४२ औँ मगर एकता दिवसको अवसर पारेर पर्वतमा मगर समुदायको आयोजनामा तेस्रो राष्ट्रिय मगर महोत्सवको आयोजना हुने भएको छ । विगतमा पनि मगर एकता दिवसकै अवसरमा मेलाको आयोजना गर्दै आइरहेको पुन युवा क्लबको आयोजनामा मेलालाई महोत्सवमा परिणत गर्दै यस पटक फागुन १५ गतेदेखि २६ […]
दग्नाम स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन
विकल्प न्यूज/बेनी माघ २१ गते । जिल्लाको रघुगंगा गाउँपालिका–४, दग्नाम स्थित दग्नाम स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना,बागलुङद्धारा एक करोड ५९ लाख ७८ हजार रुपैयाँ लागतमा निर्माण भएको भवनको प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले आइतबार एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । बागलुङको बन्धन भगवती डेभ एण्ड […]
जनताको प्रश्नले घेरिएको छ कांग्रेस ः नेता पौडेल
ठाकुरप्रसाद आचार्य माघ २१ गते । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले नेपाली कांग्रेसलाई सुधार गरेर अगाडी बढाउन युवा नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ । प्रतिनिधिसभाका सदस्य समेत रहनुभएका नेता पौडेलले नेतृत्व युवाको काँधमा ल्याउन प्रयास गरेपनि सफल हुननसकेको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले निरन्तर रुपमा प्रयास गरेका छौं तर हाम्रो प्रयास सफल […]
बेनी–भकिम्ली र पखेर–बङ्जा–ताराखोला सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान
बेनी, २२ माघ ः म्याग्दीका थप दुई वटा सडक स्तरोन्नतिका लागि आइतबार बहुबर्षीय ठेक्का आव्हान भएको छ । मंगला गाउँपालिकाको बरंजा ३ र ४ हुदै महेश–धापुङ–ताराखोला र बेनी नगरपालिकाको २ र ३ नम्बर वडाको हाडेभिर–बगरफाँट–दूधेखोला–हल्लेगौडा–डोले मुसुङ सडक स्तरोन्नति योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । चालुु आर्थिक वर्षमा रु. दुई \दुुई करोड बजेट बिनियोजन भएको […]
नागरिकका गुनासो सुन्न कांग्रेसको बेनीमा सार्वजनिक सुनुवाई
विकल्प न्यूज/बेनी माघ २१ गते । म्याग्दीको सदरमुकाम बेनीस्थित बिरेन्द्रचोकमा आइतबार नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान अन्तरगत सार्वजनिक सुनुवाईको आयोजना गरिएको छ । प्रतिनिधिसभाका सदस्य तथा यूवा नेता प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा हुने सुनुवाई कार्यक्रममा म्याग्दीबासीले अपेक्षा, सुझाव र गुनासा राख्न पाउने कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठले बताए । समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव […]
गण्डकीको यातायात क्षेत्र सुधारमा नीतिगत फड्को
विकल्प न्यूज/बेनी माघ २१ गते । गण्डकी- यातायात क्षेत्रमा जकडिएर रहेका समस्या समाधानका लागि गण्डकी प्रदेश सरकारले विद्यमान कानुन र नीतिमा हेरफेर गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको गण्डकी प्रदेश सवारी तथा यातायात नियमावली, २०८० लाई यातायात क्षेत्र सुधारमा नीतिगत फड्कोका रूपमा अर्थ्याइएको छ […]
पञ्चकोटमा अहिले सम्मकै ठूलो मुक्तिनाथ महाघण्टा स्थापना गरिने
विकल्प न्यूज \बेनी माघ २० गते । ८ बर्षको लामो प्रयास पछि धार्मिक र पर्यटकीय केन्द्र बागलुङको सर्वसिद्विधाम पन्चकोटमा नेपाल कै इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो ५ हजार ५ सय ५५ केजीको मुक्तिनाथ महाघण्टा स्थापना गरिने भएको छ । चरेस धातुबाट निर्माण गरिएको घण्टा फागुन ९ गतेदेखि २३ गतेसम्म हुने अनन्तश्री ब्रह्माण्डिय महायज्ञको अवसरमा स्थापना गरिने […]
गण्डकी प्रदेशभरको रुट परमिट पाउने भएपछि यातायात व्यवसायीको दिपावली
बेनी, २० माघ । गण्डकी सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० जारी गर्दै हलुका सवारी साधनले पनि प्रदेशभर स्थायी रुट प्रमिट पाउने व्यवस्था गरेपछि विभिन्न जिल्लाका यातायात व्यवसायीले दिपावली गरेका छन् । माघ १८ गते गण्डकी प्रदेश राजपत्रमा प्रकाशित नियमावलीमा यस अघी हलुका सवारी चालकका लागि दिईंदै आएको दुई जिल्लाको स्थायी रुट प्रमिटको […]
रुस –युक्रेन युद्धको मोर्चाबाट म्याग्दीका डायमन्डले लेखेको पत्र
विकल्प न्यूज\बेनी माघ २० गते । म्याग्दीको मंगला गाउँपालिकाका रमेश विक (डायमण्ड सी) यतिखेर रुस – युक्रेन युद्धको मोर्चामा हुनुहुन्छ । उहाँले आफ्नो सामाजिक संजाल फेसबुकमा एउटा पत्र लेखेर त्यहाँको अवस्थाका वारेमा सार्वजनिक गर्नुभएको छ । यहाँको अवस्थावारे सुरुमा मस्को स्थित रुसी सेनाको केन्द्रीय भर्ति केन्द्रमा आवेदन फारम भरिन्छ,वैकं खाता खोलिन्छ,साथमा पुर्ण मेडिकल चेकजाँच हुन्छ,त्यसपछि […]
बिकु फ्यामिलि कालोलाई उपाधि
म्याग्दी,माघ २० गते । बिकु कप फुटबल प्रतियोगिता–२०८० को उपाधि आयोजक बिकु फ्यामिलि कालोले जितेको छ । बिकु फ्यामिलिले आयोजना गरेको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा बिुक फ्यामिलि सेतोलाई २–० गोलले पराजित गर्दै बिकु फ्यामिलि कालोले उपाधि माथि कब्जा जमाएको हो । माघ १६ गतेदेखि शुरु भएको फुटबल प्रतियोगितामा २४ टिमको सहभागिता रहेको थियो । त्यस्तै संकल्प सुधार […]
किताब बेचेर महावीरले दुई करोड ५५ लाख संकलन गरे
माघ २० गते । वीरगञ्ज कृषि औजार कारखाना सञ्चान गर्न डा.महावीर पुन पुस्तक बिक्री गर्ने क्रममा बैतडी पुग्नुभएको छ । डा.महावीर पुनको जीवन गाथा समेटिएको पुस्तक बिक्री गर्न उहाँ आफै बैतडी पुग्नुभएको हो । कृषि औजार कारखाना सञ्चालन गर्न तीन लाख पुस्तक बिक्री गर्ने लक्ष राखेर मेची महाकाली महाअभियान सञ्चालनका क्रममा ३४ हजार पुस्तक बिक्री […]
एकिकृत समाजवादी म्याग्दीका अध्यक्ष विश्वकर्मालाई मातृ शोक
विकल्प न्यूज/बेनी माघ २० गते । नेकपा एकिकृत समाजवादी म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्मालाई मातृ शोक परेको छ । यूवा संघ नेपालका केन्द्रिय अध्यक्ष, बेनी नगरपालिकाका कार्यपालिका सदस्य समेत रहनुभएका विश्वकर्माका ममतामयी आमा कौशिला विश्वकर्माको ७० बर्षको उमेरमा शनिबार विहान बेनी नगरपालिका–८,हिलसाइडस्थित आफ्नै निवासमा निधन भएको हो । लामो समयदेखि प्यारालाइसेसबाट ग्रसित कौशिलाको कालिगण्डकी नदीमा धार्मिक […]
जलजलाको लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव सुरु
विकल्प न्यूज\जलजला माघ १९ गते । पर्वतको जलजला गाउँपालिका ५ लेखफाँट स्थित पर्यटकीय स्थल लोप्रेमा शुक्रबार देखि ११ औं लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ । दुईदिन सम्म संचालन हुने उत्सवको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले उद्घाटन गर्नुभयो । प्राकृतिक सम्पदा संरक्षण संस्था र प्रकृतिका साथीहरू नामक संस्थाले लाटोकोसेरो तथा हुचिलको संरक्षणको अभियानका रूपमा […]
जलजला गाउँपालिका संस्थागत क्षमता स्वमूल्याङ्कनमा पर्वतमा पहिलो
विकल्प न्यूज/बेनी माघ १९ गते । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन((LISA ) मा पर्वतको जलजला गाउँपालिका जिल्लाका सातवटा स्थानीय तहहरु मध्य पहिलो भएको छ । जलजला गाउँपालिका ९०.२५ अंक सहित गण्डकी प्रदेशमा छैटौं र जिल्लाको पहिलो पालिका बनेको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो । विभिन्न दश वटा शीर्षकमा मूल्याङ्कन गर्ने गरिन्छ । जसमा शासकीय […]
नेकपाद्धारा बेनीको न्युरोड घटनाका दोषीहरुलाई कडा कारबाही गर्न माग
विकल्प न्यूज/बेनी माघ १८ गते । एकहप्ता अघि एक युवाको ज्यान जाने गरी बेनीको न्युरोडमा भएको घटनालाई लिएर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बेनी नगर कमिटीले दोषीलाई कडा काबाही र पीडित परिवारलाई उचित न्याय दिन माग गरेको छ । शुक्रबार सो पार्टीका बेनी नगरपालिका इन्चार्ज गोविन्द सीले एक विज्ञप्ती प्रकाशित गर्दै घटना घटेको एकहप्ता वितिसक्दा […]