नयाँ वर्षमा निलगिरी कप ब्याडमिन्टन प्रतियोगिता

विकल्प न्यूज\बेनी
चैत १२ गते ।

नयाँ वर्ष २०८१ को अवसरमा यही चैत अन्तिम साता बेनीमा प्रथम निलगिरी कप जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । निलगिरी यातायात प्रा।ली।ले नव वर्षको अवसरमा चैत २४ र २५ गते बेनीको कालीपुल कवर्डहलमा म्याग्दी जिल्ला स्तरीय सि र डि लेभल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो ।

सि लेभल प्रतियोगितामा मेडल र प्रमाणपत्र सहित बिजेतालाई रु। ३० हजार, उपबिजेतालाई रु। २० हजार र सेमी फाइनलबाट बाहिरिने २ टिमलाई रु। ५÷५ हजार नगद पुरस्कार प्रदान गरिने निलगिरी यातायात प्रा।ली।का अध्यक्ष प्रविण शाहीले बताउनुभयो । दर्ता शूल्क रु। ३ हजार राखिएको छ ।

डि लेभल प्रतियोगितामा मेडल र प्रमाणपत्र सहित बिजेतालाई रु। २० हजार, १२ हजार र सेमी फाइनलबाट बाहिरिने २ टिमलाई रु। ४÷४ हजार नगद पुरस्कार प्रदान गरिने शाहीले बताउनुभयो । स्वास्थ्य, सदभाव, अनुसासन कायम र मित्रताका लागि आयोजित प्रतियोगिताको तयारी तिब्र बनाएको निलगिरी यातायातका सञ्चालक बिजय थापाले बताउनुभयो ।

यातायात व्यवसायी कम्पनीको सामाजिक उत्तरदायित्व अन्र्तगत खेलकुद प्रतियोगिता आयोजना गरेको थापाले बताउनुभयो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले पछिल्लो समय म्याग्दीमा ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको बताउनुभयो ।

अध्यक्ष केसीले म्याग्दीमा सञ्चालन हुने खेलकुद प्रतियोगितालाई व्यवस्थित बनाउन नियमन गर्न थालिएको र राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक दिलाएका खेलाडीहरुलाई राज्यले दिने सुविधाका लागि सूचिकरण हुन अनुरोध गरिएको जानकारी दिनुभयो