रघुगंगाको बगरखोलामा पौडी खेल्न गएका एक युवाको डुबेर मृत्यु

विकल्प न्यूज\बेनी
चैत १२ गते ।

साङेतिक तस्विर

म्याग्दीको रघुगंगा गाउँपालिका ७ कुकुर भुक्ने स्थित बगरखोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेर एक युवाको ज्यान गएको छ । पालिकाको वडा नम्बर १ बेग बस्ने नरबहादुर पुर्जाको छोरा वर्ष १८ को दिपक पुर्जाको सोमबार एकबजेको समयमा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी कुमार गुरुङले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार पुर्जा लगायत ५ जना पौडी खेल्न गएकोमा पुर्जा पौडी खेल्ने क्रममा खोलाको पानीमा डुब्न गई पानीबाट सँगै गएका साथीहरुले निकाली उपचारका लागि बेनी अस्पतामा ल्याएका थिए । अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव बेनी अस्पतालको शव गृहमा रहेको प्रहरीले जनाएको छ । घटनाका विषयमा प्रहरीले अनुशन्धान थालेको जनाइएको छ ।