म्याग्दी समाचार

राम्चेमा स्वास्थ्य चौकी र आमा समूहको भवन उद्घाटन

सन्तोष गौतम राम्चे २१ गते । अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा निर्माण भएको स्वास्थ्य चौकी र राम्चे आमा समूहको भवनको मंगलबार एक समारोहका बिच उद्घाटन गरिएको छ । सहरी विकास मन्त्रालयले दुई करोड ६ लाख रुपैयाँमा निर्माण गरेको स्वास्थ्य चौकी भवन जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र जग्गादाता सुखबहादुर तिलीजा पुनले उद्घाटन गर्नुभएको हो । […]

काँग्रेसका सभापती देउवा सहित शिर्ष नेता म्याग्दी आउँदै

विकल्प न्युज म्याग्दी, फागुन २१ गते । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा सहित शिर्ष नेताहरु म्याग्दी आउनुहुने भएको छ । देउवा सहित काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व– उप–प्रधानमन्त्री राम चन्द्र पौडेल र नेपाली काँगे्रसका प्रवक्ता विश्वप्रकाश शर्मा यहि फागुन २५ गते म्याग्दी आउने आउनुहुने भएको हो । जिल्ला कार्यसमिति म्याग्दीमा निर्माण भएको कार्यालय ‘वि.पी. स्मृति […]

बहिरङ्ग उपचार केन्द्रको प्रगतिबारे दरबाङमा दुई दिने समिक्षा गोष्ठी

साधन राम्जाली /विकल्प न्युज दरबाङ्ग फागुन २१ गते ।म्याग्दीेको मालिकाको दरबाङमा बहिरङ्ग उपचार केन्द्रको प्रगतीबारे दुई दिने समिक्षा गोष्ठी सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र सुआहारा मिलन म्याग्दीको प्राविधिक सहयोगमा मंगलबार गाउँपालिका केन्द्र दरबाङ्गमा धवलागिरी,मालिका र मंगला गाउँपालिकामा संचालित बहिरङ्ग उपचार केन्द्रको प्रगतीको दुई दिने समिक्षा गोष्ठी सम्पन्न भएको हो । […]

युकेबासीद्धारा रातोढुङ्गाका वोन क्यान्सर पिडित रोकालाई करिव साढे २ लाख आर्थिक सहयोग

साधन राम्जाली /विकल्प न्युज दरबाङ, फागुन २१ गते । म्याग्दीको मालिका गाउँपालिका –६ दुखुबेशी,रातोढुङ्गाका वोन क्यान्सर पिडित १७ बर्षिय गजिन रोका मगरलाई युकेमा कार्यरत नेपालिहरुले आर्थिक सहयोग गरेका छन् । एक बर्षदेखी वोन क्यान्सरबाट पिडित रोका मगरलाई युकेमा कार्यरत दुखु निवासी समाजसेवी दलबहादुर रोका मगरको संयोजकत्वमा युकेमा कार्यरत नेपालीहरुबाट संकलित दुई लाख ४६ हजार ८ […]

गलेश्वर शिवालयमा भक्तजनको घुइँचो, ५० हजार भक्तजनहरुले मन्दिरको दर्शन गरे ः क्षेत्र विकास कोष

विकल्प न्युज म्याग्दी, फागुन २० गते । ्म्याग्दीको बेनी नगरपालिका–९, मा अवस्थित प्रसिद्ध गलेश्वरधाम मन्दिरमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । महाशिवरात्री पर्वको अवसरमा आज गलेश्वरधाममा म्याग्दी जिल्लासहित देशका विभिन्न स्थानहरुबाट पुजाअर्चना गर्न भक्तजनको भीड लागेको हो । १८ वर्षपछि पहिलोपटक सोमबारकै दिन महाशिवरात्री पर्व परेको हुँदा शिवालय मन्दिरमा पुजाआजा गर्नका लागि श्रद्धालु तथा भक्तजनहरुको […]

नेकपाका स्वर्गीय नेताद्वयको सम्झनामा श्रद्धाञ्जली–सभा

प्रताप बानियाँ/ विकल्प न्यु्ज म्याग्दी, फागुन २० गते । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) म्याग्दीको आयोजनामा आइतबार सदरमुकाम बेनीमा श्रद्धाञ्जली–सभा सम्पन्न भएको छ । नेकपा नेता भरतमोहन अधिकारी तथा वर्तमान सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो । स्वर्गीय नेताद्वयको तस्विरमा माल्यार्पण गर्दै नेकपाका गण्डकी प्रदेश कमिटी […]

मुनामा मेलमिलाप तालिम

विकल्प न्युज बेनीफागुन २० गते । धवलागिरी गाउँपालिका अन्तरगतको न्यायिक समितिको आयोजनामा मुनामा आइतबार मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम सम्पन्न भएको छ । न्यायिक समितिको काम कारबाहीलाई प्रभावकारी बनाउन बस्ती स्तरमा मेलमिलापकर्ता तयार पार्ने र उनिहरुको क्षमता विकास गर्ने उद्देश्यले सञ्चालित तालिमको अधिवत्ता ममतादेवी शर्माले सहजिकरण गर्नुभएको थियो । तालिममा २९ जना जनप्रतिनिधि र […]

शान्तिकोषको अक्षयकोषका लागि घर्तीद्धारा पाँच लाख सहयोग

विकल्प न्यूज/बेनी फागुन १९ गते । विपन्न म्याग्देलीको उपचारमा सघाउन परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोड रुपैयाँको अक्षयकोषका लागि एक व्यक्तिले पाँच लाख रुपैयाँ सहयोग गर्नुभएको छ । मंगला गाउँपालिकाको बरंजा घर भई हङकङमा बस्दै आउनुभएका मोना हङकङका संरक्षक समेत रहनुभएका घर्तीको आइतबार बेनीमा कोषका अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुनमगरसँगको […]

बालमन्दिर आधारभूत विद्यालयमा नवनिर्मित १० कोठे भवनको उद्घाटन (फोटोफिचर)

प्रताप बानियाँ /विकल्प न्युज म्याग्दी, फागुन १९ गते । म्याग्दीको बेनी नगरपालिका–४, डाँडाखेतमा सञ्चालित बालमन्दिर आधारभूत विद्यालयमा हालै बनाइएको १० कोठे विद्यालय भवनको आइतबार उद्घाटन भएको छ । ग्लोबल एजुकेशन फर अल फाउण्डेशन दक्षिण कोरिया, स्थानीयवासी, बेनी नगरपालिका र वडा कार्यालयको सहयोगमा नवनिर्मित भवनको उद्घाटन गरिएको हो । भवनको उद्घाटन गर्दै ग्लोबल एजुकेशन फर अल […]

शिक्षक संघ म्याग्दीको २१ औँ प्रतिनिधि सभा सम्पन्न

साधन राम्जाली/ विकल्प न्युज बेनी फागुन १९ गते । नेपाल शिक्षक संघ म्याग्दीको २१ औँ प्रतिनिधि सभा सम्पन्न भएको छ । शनिबार सदरमुकाम बेनीमा एक कार्यक्रमका विच कार्यक्रम सम्पन्न भएको हो । सभाको उद्घाटन गदै प्रमुख अतिथि नेपाल शिक्षक संघका उपाध्यक्ष एम पी भुसालले शिक्षकहरु आफ्नो पेशामा जिम्मेवार रहनुपर्ने बताउनुभएको छ । उहाँले शिक्षकहरुको आस्था […]

म्याग्दीले पायो हिमाली जिल्लाको मान्यता

विकल्प न्यूज/बेनी फागुन १८ गते । म्याग्दीको भौगोलिक पहिचान स्थापित हुने भएको छ । संसारको सातौ अग्लो धौलागिरी हिमाल (८,१६७ मिटर) सहित दर्जनौ हिमशृङ्खला भएको म्याग्दी हिमाली जिल्लाको रुपमा कायम हुने निश्चित भएको हो । म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्ने प्रस्ताव समेटिएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ शनिबार राष्ट्रियसभाले स्वीकृत गरेपछि हिमाली जिल्लाको […]

ओखरबोटको सिस्नेरी र खवाङमा खानेपानी आयोजना निर्माण

विकल्प न्यूज/बेनी फागुन १८ गते ।  म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मालिका गाउँपालिका ४ सिस्नेरी र खवाङका घरघरमा खानेपानी सुबिधा पुगेको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत बन्दरमुल खानेपानी तथा सरसफाई आयोजना निर्माण गरेर स्थानीयबासीलाई निजी धारा मार्फत खानेपानी सुबिधा उपलब्ध गराइएको हो । ६५ लाख रुपैयाँको लागतमा निर्माण […]

राखुपिप्ले स्वास्थ्यचौकीमा बहिरङ्ग उपचार केन्द्र स्थापना

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, फागुन १८ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–३, स्थित राखुपिप्ले स्वास्थ्यचौकीमा शुक्रबार बहिरङ्ग उपचार केन्द्र स्थापना भएको छ । रघुगंगा गाउँपालिका र वडा कार्यालयको पहलमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा बहिरङ्ग उपचार केन्द्रको स्थापना गरिएको हो । बहिरङ्ग उपचार केन्द्र स्थापना कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिका भित्रका […]

दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनामा लगानीको आह्वान

विकल्प न्यूज/बेनी फागुन १८ गते । म्याग्दीको मालिका गाउँपालिकामा निर्माण सुरु भएको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजना यस क्षेत्रको लागि विकासको आधार र लगानीको अवसर रहेकोमा जोड दिईएको छ । आयोजनाको प्रवद्र्धक धौलागिरि कालिका हाईड्रो लिमिटेड कम्पनीले शनिवार बेनीमा आयोजना गरेको ‘सामुहिक लगानी सेमिनार’ मा सहभागी सरोकारवालाहरुले सो कुरा बताएका हुन् । सेमिनारको […]

म्याग्दीमा पर्यापर्यटन कार्यक्रम प्रबद्र्धन गर्न ७ समुह छनौट

विकल्प न्यूज/बेनी फागुन १७ गते । म्याग्दीमा पर्यापर्यटन कार्यक्रम प्रबद्र्धन गर्न सात वटा सामुदायिक वन उपभोक्ता समुह छनौट गरिएको छ । शुक्रवार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा बसेको जिल्ला वन क्षेत्र समन्वय समितिको वैठकले प्राप्त प्रस्तावका वारेमा छलफल गरी पर्यापर्यटक कार्यक्रम सञ्चालन गर्न योजना छनौंट गरेको हो । सामुदायिक वनमा आधारित रहेर पर्यापर्यटक प्रबद्र्धन कार्यक्रमका […]