म्याग्दी समाचार

बेनीमा डेंगु रोग नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम

विकल्प न्युज म्याग्दी, भदौ १७ गते । पछिल्लो समय देशका विभिन्न जिल्लामा डेंगु रोगको महामारी फैलिदै गएपछि यसको नियन्त्रणका लागि देशभर विभिन्न कार्यक्रम संचालन गरिएको छ । यसैगरी डेंगु संक्रमनको उच्च जोखिममा रहेको म्याग्दीमा डेंगु नियन्त्रणका लागि अन्तरक्रिया तथा सचेतनामुलक कार्यक्रम सचालन गरिएको छ । मंगलबार सदरमुकाम बेनी बजारमा जिल्ला प्रशासन, बेनी नगरपालिका, स्वास्थ्य कार्यालय, […]

खुल्ला तिज गीत प्रतियोगिताको उपाधि नवज्योति आमासमुहलाई

विकल्प न्युज बेनी,भदौ १७ गते । बेनीमा अन्तर आमा समुह स्तरिय खुल्ला तिज गित प्रतियोगिता सम्पन भएको छ । बेनी नगरपालिकाको र नगर स्तरिय आमा संजाल समुहको आर्थिक सहयोग तथा धौलागिरी नाट्य समुहको आयोजनामा शुक्रबार म्याग्दीको सदरमुकाम बेनीमा सो प्रतियोगिता सम्पन्न भएको हो । एक दिन सम्म ंचालन भएको प्रतियोगितामा मंगला गाउँपालिका ५ अर्मनको नवज्योति […]

बोलेरो जिप दुर्घटना हुँदा चार जना घाइते ,तीनजनालाई हेलिकप्टर मार्फत काठमाण्डौ पठाइयो

विकल्प न्युज बेनी, भदौ १७ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–३ बरखर्कमा मंगलवार दिउँसो भएको बोलेरो जिप दुर्घटनमा परि घाईते भएका तीन जनालाई उपचारको लागि काठमाण्डौ लगिएको छ । रघुगंगा हाइड्रो लिमिटेडद्धारा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको अडिट नम्बर २ बाट क्याम्प तर्फ जाँदै गरेको ग ३ च २२७ नम्बरको बोलेरो जिप दुर्घटनामा घाईते […]

अतिक्रमण गरिएका सार्वजनिक जग्गा खोज्दै जलजला

विकल्प न्यूज/बेनी भदौं १७ गते । पर्वतको उत्तरी जलजला गाउँपालिकाले गाउँपालिका भित्र रहेका सार्वजनिक जग्गाको खोजी गर्न थालेको छ । जिल्ला नापी कार्यालयको प्राविधिक सहयोगमा अतिक्रमण गरिएका सार्वजनिक जग्गाको पहिचान र व्यवस्थापन गर्न थालेको हो । अतिक्रमित सार्वजनिक जग्गाको पहिचान गर्ने र त्यस्ता जग्गालाई गाउँपालिकाको मातहत ल्याउनका लागि गाउँपालिकाले अभियान थालेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले […]

गृहमन्त्रालयले माग्यो २ हजार सुब्बा र खरिदार (विज्ञापनसहित)

भदौ १७, २०७६ काठमाडौं : नेपाल सरकारकाे गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण  आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि १९ सय ८९ पदका लागि दरखास्त आव्हान गरेको छ।   जसमध्ये एमआईएस अपरेटर ९९४ जनाको माग गरिएको छ भने फिल्ड सहायकका लागि […]

राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी अन्तक्र्रिया तथा अभिमुखिकरण

विकल्प न्युज बेनी भदौ १६ गते । बेनीमा राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी अन्तक्र्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय परिचय पत्र वितरण तथा पञ्जिकरण भिभाग सिंहदरबार काठमाण्डौँको आयोजनामा सोमबार जिल्लाका ६ वटै स्थानीय तहका जनप्रतिनिधि ,सरकारी कर्मचारी ,राजनितिक दल ,नागरिक अधिकारकर्मिलाई अन्तक्र्रिया मार्फत अभिमुखिकरण गराइएको हो । कार्यक्रममा निर्देशक चोमेन्द्र न्यौपानेले राष्ट्रिय परिचय […]

जापानको सेन्दाइमा तीज विशेष भेटघाट कार्यक्रम

धु्रबसागर शर्मा /विकल्प न्युज बेनी, भदौ १५ गते । वैदेशिक रोजगारी,अध्ययन वा अन्य कामको शिलशिलामा जापानको सेन्दाइमा रहेका म्याग्देलीहरुको साझा संस्था मोना सेन्दाइ क्षेत्रिय कमिटीको आयोजनामा आइतवार तीज विशेष भेटघाट कार्यक्रम सम्पन्न भएको छ । आफ्नो देश र घरपरिवाबाट टाढा रहेर पनि आफ्नो संस्कार,संस्कृतिको संरक्षण र आपसी सौहार्दता तथा अपनत्वबोध गराउने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा […]

खुल्ला छात्रा फुटबलको उपाधी माउन्ट एभरेष्टलाई

विकल्प न्युज बेनी, भदौ १४ गते । बेनीमा सम्पन्न अन्तरमावि स्तरिय खुल्ला छात्रा फुटबलको उपाधी माउण्ट एभरेष्ट आवासिय माविले हात पारेको छ । न्यु दोभान युवा क्लबले क्लब अधयक्ष स्वर्गिय अनन्त गिरीको स्मृतीमा आयोजना गरेको प्रथम अन्तर मावि स्तरिय खुल्ला छात्रा फुटबल प्रतियोगिताको उपाधि माउन्ट एभरेष्ट आवासीय मावि बेनीले हात पारेको हो । शनिबार बेनीको […]

ओमकुमारी शान्ति कोषको अध्यक्षमा पुनः राजेश शाक्य

विकल्प न्युज बेनी, भदौ १४ गते । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार सदरमुकाम बेनीमा सम्पन्न अधिवेशनबाट कोषको अध्यक्षमा राजेश शाक्य सर्वसम्मत रुपमा चयन हुनुभएको छ । अध्यक्ष शाक्य संगै कोषको नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा हरिकृष्ण गौतम ,द्धितिय उपाध्यक्षमा खम थापा मगर ,सचिवमा लोक बहादुर […]

विश्वमा नभएको कला, संस्कृति र विविधता नेपालमा छ ः पर्यटन मन्त्री लम्साल

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, भदौ १३ गते ।      गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले विश्वमा नभएको कला, संस्कृति र विविधता नेपालमा भएको बताएका छन् । गण्डकी गोपाल गौशाला जलजला–७, धाईरिङ पर्वतले शुक्रबार मिलनचोकमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल कला र संस्कृतिले धनी भएको बताएका हुन् । श्रीमद्भागवत महापुराण […]

मजदुरहरु आबद्ध क्युपेक महिलाको तीज विशेष कार्यक्रम

प्रताप बानियाँ /विकल्प न्युज म्याग्दी,भदौ १३ गते । ‘क्युपेक नेपालको सरोकार, सुरक्षित कार्यस्थल र मर्यादित रोजगार’ भन्ने मूल नारासहित बिहीबार क्युपेक नेपाल जिल्ला महिला कमिटी म्याग्दीको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले मजदुरहरुको पेशागत हकहित र सुरक्षाका लागि नगरपालिकामार्फत सबैखाले सहयोगहरु उपलब्ध गराइने बताइन् । […]

बहुविवाह गर्नेले सरकारी जागिर नपाउने

काठमाडौं :   बहुविवाह गर्ने व्यक्तिले सरकारी जागिर नपाउने कानुन बन्दै छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले बहुविवाहलाई अपराध मानेको छ। अन्य फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएका व्यक्ति पनि निजामती सेवामा अयोग्य हुनेछन्। जसमा भ्रष्टाचार, किर्ते, राष्ट्रविरुद्ध जासुसी, लागुऔषध करोबार, सम्पत्ति शुद्धीकरण, पुरातात्त्विक वस्तु बेचबिखन, मानव बेचबिखन, अपहरण, […]

कुश : वनस्पति एक, गुण र महत्त्व अनेक

विकल्प न्यूज/बेनी भदौं १३ गते ।  प्रत्येक वर्ष भाद्र महिनाको औंसीका दिन कुशे औंसी पर्व मनाइन्छ । आजका दिन हिन्दु धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउँछन् । कुश एक वनस्पति हो । यसलाई विभिन्न धार्मिक कार्यमा प्रयोग गरिन्छ । यसको आयुर्वेदिक तथा औषधीय महत्त्व पनि छ । व्राह्मणहरुद्वारा पूजा गरी […]

आज कुशे औँसी, पिताको आशीर्वाद लिइँदै

सरोज आचार्य/ यलु जोशी काठमाडौँ, भदौ १३ गते । ‘पितृदेवो भव’ अर्थात् पितालाई देवता समान मान्ने धार्मिक मान्यताका आधारमा शुक्रबार छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । भाद्र कृष्ण औँसीका दिन जन्म दिने बाबु वा धर्मपुत्र बनाएका सन्तानले स्वास्थ्य अनुकूलको मिठाई, फलफूल, वस्त्र तथा सक्नेले मणि माणिक्य प्रदान गरेर बाबुको अनुहार हेर्ने गरिन्छ । दिवङ्गत पिताप्रति […]

दिउँसो टोक्ने लामखुट्टेबाट सर्तक हुन आग्रह

बिबिसी । लामखुट्ट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग काठमाण्डू उपत्यकासहित मुलुकका विभिन्न स्थानमा देखा परेको छ। डेङ्गी भाइरसका कारण हुने उक्त रोग प्रकोपकै रूपमा फैलिन सक्ने हुँदा तत्काल सतर्कता अपनाइनुपर्ने धारणा जनस्वास्थ्यविज्ञहरूले राखेका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो विवरणअनुसार काठमाण्डूमा मात्र करिब एक दर्जन व्यक्ति उक्त रोगबाट सङ्क्रमित भएका छन्। तर यो विवरण राजधानीका केही […]