म्याग्दी समाचार

जेसीज सप्ताहमा बेनीमा आँखा परीक्षण

विकल्प न्यूज/बेनीजेठ १३ गते ।म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत सोमबार बेनीमा मेरो विद्यालय कार्यक्रम अन्तर्गत आँखा जाँच गरिएको छ । बेनी बोडिङ स्कुलमा सञ्चालित निशुल्क आँखा परिक्षणमा विद्यालयका विद्यार्थी र शिक्षकहरु समेत गरी ६ सय जनाको आँखा परिक्षण गरिएको छ । उक्त क्रममा ३६ जनामा आँखामा समस्या […]

म्याग्दीमा १८ औँ गणतन्त्र दिवस मनाईने

म्याग्दी, १२ जेठ । म्याग्दीमा यहि जेठ १५ गते विविध कार्यक्रमको आयोजना गरि १८ औँ गणतन्त्र दिवस मनाईने भएको छ । आईतवार जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख तथा गणतन्त्र दिवस–२०८२ मूल समारोह समितिका संयोजक डिल कुमारी खत्रीको अध्यक्षतामा वसेको वैठकले जेठ १४, १५ र १६ गते छुट्टाछुट्टै कार्यक्रम गरि दिवस मनाउने निर्णय गरेको हो […]

आशा जगाउदै बेनीको प्रकाश माध्यमिक विद्यालय

ठाकुरप्रसाद आचार्यम्याग्दी,जेठ ११ गते । सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शैक्षिक गुणस्तरमा वृद्धि,राम्रो व्यवस्थापन र पठनपाठनको शैलीमा सुधार गरेसँगै अभिभावकको रोजाईमा पर्न थालेको छ । विद्यालयले कक्षा ४ देखि १० सम्म अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन थाल्नुका साथै शैक्षिक गुणस्तरमा वृद्धि गरेपछि विद्यालयप्रति अभिभावकको आकर्षण बढेको हो । प्रकाश माविको प्रगति निजी विद्यालयका […]

म्याग्दी जेसीज र पत्रकारबीच मैत्रिपूर्ण फुटसल

विकल्प न्यूज/बेनीजेठ १० गते । युवाहरुको नेतृत्व र ब्यक्तित्व विकाससंगै सामाजिक क्षेत्रमा सक्रिय म्याग्दी जेसीजको २७ औं स्थापना दिवसको अवसरमा म्याग्दी जेसीज र पत्रकार महासंघ म्याग्दी बिच मैत्रिपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । शनिवार विहान म्याग्दी जेसीजका पदाधिकारी तथा पूर्व अध्यक्षहरु सहभागी टिम र नेपाल पत्रकार महासंघ म्याग्दीमा आबद्ध पत्रकारहरुबिच भएको मैत्रिपूर्ण फुटसलमा ७\७ […]

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

म्याग्दी,  जेठ १० गते । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयले पछिल्लो १० वर्षको अवधिमा भौतिक र शैक्षिक हिसाबले फड्को मारेको छ । दशकअघि विद्यार्थी नपाएर बन्द हुने अवस्थामा पुगेको यो सामुदायिक विद्यालयमा हाल निजी विद्यालय छोडेर पढ्न आउन थालेका छन् ।  अङ्ग्रेजी माध्यमबाट पठनपाठन, अभिभावक र समुदायको सुझावअनुसार तयार पारेको कार्ययोजना कार्यान्वयन, विद्यार्थीमैत्री […]

कृषक पाठशालाबाट दुई सय कृषकलाई दक्ष बनाउँदै बेनी नगरपालिका (फोटोसहित)

ठाकुरप्रसाद आचार्यम्याग्दी,जेठ ८ गते । बेनी नगरपालिकाले किसानहरुलाई तरकारी खेती सम्बन्धी ज्ञान,सिप,प्रविधि र रोगकिराको व्यवस्थापन लगायतका विषयमा सिकाउन आइपिएम कृषक पाठशाला संचालन गरेको छ । चालु आर्थिक वर्षमा दश लाख पाँचास हजार रुपियाँ बजेट विनियोजन गरेर ७ वटा समुहका करिब दुईसय किसानलाई तरकारी खेती सम्बन्धि प्राविधिक ज्ञान,विषादीको प्रयोग,बाली लगाउने तरिका लगायतका व्यवहारिक तथा सैद्धान्तिक विषयमा […]

आरोहणको ७५ वर्ष ः पाँचसय ३२ जना अन्नपूर्णको शिखरमा

ठाकुरप्रसाद आचार्य /बेनीजेठ ७ गते । जेठो हिमालको उपाधि हासिल गरेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्षको अवधिमा स्वदेशी र विदेशी गरेर पाँचसय ३२ जनाले सफल आरोहण गरेका छन् ।चालु वसन्तकालिनयाममा ६ समुहका ४९ पुरुष र १७ महिला गरी ६६ जनाले अनुमति लिएकोमा हाल सम्म ४४ जनाले सफल आरोहण गरेको […]

कान्छी गाउँ विजयी

म्याग्दी, जेठ ७ गते । सयौँ वर्षदेखि भूमी (भूमे) पुजन गरी प्रकृतिलाई खुसी बनाउने म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दग्नाम वासीको परम्पराअनुसार आज सम्पन्न भूमे पूजासहित लिङ्गो जुधाइ प्रतियोगितामा कान्छी गाउँ विजयी भएको छ । दग्नामको भूमेथानमा स्थानीय एकता युवा क्लबले आयोजनामा गरेको लिङ्गो जुधाउने प्रतियोगितामा गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिङ्गोहरु जुधाउँदा कान्छी गाउँ विजय […]

सगरमाथाको चुचुरोमा अनेरास्ववियुको झण्डा

काठमाडौं, ६ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथामा अनेरास्ववियुको झण्डा फहराइएको छ । आरोही मिङ्मा डेभिड शेर्पाले सोमबार सगरमाथामा अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको लोगोसहितको झण्डा फहराएका हुन् । अनेरास्ववियुका अध्यक्ष समिक बडालले विश्वको सर्वोच्च शिखर सगरमाथामा अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको लोगो र झण्डा फहरिनु संगठनको साझा गौरवको क्षण भएको बताए । ‘यो केवल […]

विद्यार्थी भर्ना नभएपछि बन्द भए बेनीका २ विद्यालय

५ जेठ, म्याग्दी । विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन् । बेनी–५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका हुन् । बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले नयाँ शैक्षिक सत्रमा कोही पनि विद्यार्थी भर्ना हुन नआएपछि दुई वटै विद्यालयका शिक्षकलाई नजिकको विद्यालयमा व्यवस्थापन गरिएको […]

म्याग्दीको समग्र विकास मेरो पहिलो प्राथमिकता हो : राज्यमन्त्री गर्बुजा

विकल्प न्यूज\बेनीजेठ ४ गते । नेपाल सरकारका नवनियुक्त उर्जा,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा (खम्बिर)ले जिल्लाको विकासलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बनाउनु भएको छ । आइतबार बेनी स्थित नेपाली कांग्रेस म्याग्दीले आयोजना गरेको स्वागत सहित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री गर्बुजाले यस्तो बताउनुभएको हो । बेनी–दरबाङ सडकखण्डअन्तर्गत पर्ने फापरखेत पहिरो क्षेत्रमा […]

हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा

मुस्ताङ, जेठ ४ गते।  पहिलो सरगमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टाँसी’को छायाङ्कन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा हुने भएको छ। सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर यहाँका तीन स्थानीय तहका विभिन्न स्थानमा फिल्म ‘टासी’को छायाङ्कन गरिन लागिएको हो। हलिउडदेखि बलिउड र नेपाली प्राविधिक तथा […]

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

विकल्प न्यूज\बेनीजेठ २ गते । म्याग्दी- सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्न थालेको छ । स्थापना भएको आठ वर्षपछि गाउँपालिकाको केन्द्र लामाखेतमा भवन बनाएर प्रशासनिक र विषयगत शाखाको एकीकृत सेवा प्रवाह थालेको हो । ‘कर्मचारी आवास तथा स्टोर’का लागि निर्माण गरिएको भवनबाट एकीकृत रूपमा सेवा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद […]

पूर्वाधारको अभावमा कोरला नाका सञ्चालनमा समस्या

विकल्प न्यूज\बेनीजेठ २ गते । चार हजार ६०० को उचाई रहेको नेपाल–चीन सीमास्थित कोरोला नाकाबाट देखिएको नेपालतर्फको दृश्य । तस्बिरः धर्मेन्द्र झा/रासस गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले कोरलानाकामा अध्यागमन कार्यालय उद्घाटन गर्दा स्थानीयवासी कोरलानाकामार्फत हुने आर्थिक गतिविधि बढ्नेमा आशावादी बनेका थिए । तर उद्घाटन भएपछि केही दिनमा नै बन्द भएको सेवा जेठ लाग्दा […]

म्याग्दीमा पुर्व जनमुक्ती सेना नेपाल गठन

बेनी, ३० वैशाख । म्याग्दीमा पुर्व जनमुक्ति सेनाहरु आवद्ध भएर संस्था गठन गरेका छन् । तत्कालीन नेकपा माओवादीको नेतृत्वमा वि.स. २०५२ देखि २०६२ सम्म नेपालमा सञ्चालन भएको जनयुद्धमा जनमुक्ती सेनामा रहेकाहरुको मंगलबार बेनीमा भएको भेलाले संस्था र तदर्थ समिति गठन गरेका हुन् । पूर्णबहादुर पुन (अशिम)को अध्यक्षतामा गठन भएको संस्थाको उपाध्यक्षमा भुपेन्द्र बुढाथोकी (मिलन), सचिवमा […]