विकल्प न्यूज\बेनी
असार १७ गते ।

पर्वतको जलजला गाउँपालिका भित्रका आधारभूत विद्यालय तहका शिक्षकहरुलाई पाँच दिने आईसिटी तालिम प्रदान गरिएको छ ।
विद्यालयहरुलाई प्रविधिमैत्रि बनाउन आधारभूत तहका शिक्षकहरुलाई ईमिस, माईक्रोसफ्ट वर्ड, एक्सेल, पावरपोइन्ट, शिक्षका लागि एआई, साईवर सेक्युरिटी, शिक्षा एलएमएस प्राणाली, गुगल क्यासरुम प्रणाली संगै अन्य प्रविधिहरुको विषयमा तालिम प्रदान गरिएको छ ।
तालिमका प्रशिक्षक गाउँपालिका सूचना प्रविधि अधिकृत सुदिप पौडेलले शिक्षकहरुलाई नयाँ प्रविधिका बारेमा दक्ष बनाउन तालिम संचालन गरिएको बताउनुभयो ।
२५ जना शिक्षकहरु सहभागी रहेको तालिममा शिक्षकहरुलाई आवश्यक पर्ने प्रविधियुक्त सिपलाई समेत प्राथमिकता राखेर तालिम संचालन भैरहेको सहजिकरण गरिरहुनु भएका ज्योति मण्डल माविका शिक्षक लेथ बहादुर कार्कीले जानकारी दिनुभयो ।
आगामी आर्थिक बर्षका लागि स्मार्ट विद्यालय कार्यक्रम मार्फत सामुदायिक विद्यालयमा सूचना र प्रबिधिको प्रयोग मार्फत पठनपाठन गराउन दुई करोड ७० लाख बिनियोजन भएको गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँले सामुदायिक विद्यालयको शिक्षालाई सुधारका लागि एकिकृत परिक्षा प्रणाली र लिडर विद्यालयको नीति लिएको छ ।