विकल्प न्यूज/बेनी
असार १४ गते ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको एसईईको नतिजामा पर्वतको जलजला गाउँपालिकाको नतिजामा सुधार देखिएको छ । गतवर्षको नतिजा भन्दा यसपाली २३.२७ प्रतिशत वृद्धि भएर ८५.२० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । अघिल्लो वर्ष ६१.९३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि जलजला गाउँपालिकाले थालेको अभियानका कारण यस वर्ष एसईई नतिजामा सुधार देखिएको हो । गाउँपालिकाले विगत दुई वर्ष देखि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
विद्यालयको भौतिक पूर्वाधार विकास,अभिभावक शिक्षा,एकिकृत परीक्षा प्रणाली,कमजोर विद्यार्थीका लागि विशेष कक्षा संचालन लगायतका कार्यक्रमहरुका कारण नतिजामा सुधार आउन थालेको पालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । यसपालीको एसईई नतिजाले उत्साहित बनाएको उहाँले बताउनुभयो ।

विद्यालयको अनुगमनमा जलजलाका अध्यक्ष राजुप्रसाद आचार्य /फाइल तस्बिर ठाकुरप्रसाद आचार्य
उहाँले भन्नुभयो, ‘‘दोस्रो कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भएर आएपछि पालिकाका विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि नीति तथा कार्यक्रम र बजेटलाई प्राथमिकता दिएर काम गरेका थियौं । त्यसको नतिजा अब देखिन थालेको छ ।’’ पालिकाले आगामी आर्थिक वर्षका लागि पनि नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेर बजेटको व्यवस्थापन गरेको उहाँले बताउनुभयो ।
‘‘गएको वर्षको तुलनामा यस वर्षको नतिजा अझ सकारात्मक देखिएको छ । यो वर्षको नतिजामा धेरै सुधार आएको छ । शिक्षाको गुणस्तर सुधारमा सबैको संयुक्त प्रयास र मेहनत सफल बन्दै गएको संकेत हो । आगामी वर्षहरुमा अझै उत्तीर्ण प्रतिशत बढाउँदै शतप्रतिशत पु¥याउने लक्ष्य पालिकाको छ,’’ उहाँले भन्नुभयो ।
#जलजलाको आगामी वर्षको शैक्षिक नीति पढ्नुहोस्
पालिकाको लगानी र परिश्रम अनुसार अझै पूर्ण सन्तुष्टि हुने आधारहरु भने तयार नभइसकेको उहाँको भनाई छ । शिक्षा क्षेत्रको सुधारलाई नै मूल विकासको आधार मानेको गाउँपालिकाको अभियानमा योगदान पु¥याउने सम्पूर्ण शिक्षक, विद्यालय परिवार, अभिभावक तथा सहयोगी संस्थाहरूलाई पालिकाको तर्फबाट अध्यक्ष आचार्यले धन्यवाद व्यक्त गर्नुभएको छ ।
जलजला गाउँपालिका अन्तर्गतका विद्यालयहरूको SEE नतिजामा भएको सुधार (सुधार सूचकांक) तालिकाको रूपमा प्रस्तुत गरिएको छ :
SN | विद्यालयको नाम | २०८० को उत्तीर्ण प्रतिशत | २०८१ को उत्तीर्ण प्रतिशत | सुधार सूचकांक (%) |
---|---|---|---|---|
1 | श्री ज्योति मण्डल मावि | 0.00% | 83.34% | +83.34 |
2 | श्री शिव मावि | 17.65% | 75.00% | +57.35 |
3 | श्री कृष्ण भवन धर्म मावि | 41.67% | 85.71% | +44.04 |
4 | श्री ग्रामप्रकाश मावि | 47.37% | 90.32% | +42.95 |
5 | श्री फर्से धाइरिङ मावि | 55.56% | 85.71% | +30.15 |
6 | श्री विद्याज्योति मावि | 68.97% | 97.80% | +28.83 |
7 | श्री जनकल्याण मावि | 78.95% | 100.00% | +21.05 |
8 | न्यू होराइजन EBS | 86.67% | 95.00% | +8.33 |
9 | श्री शालिजा मावि | 46.15% | 53.44% | +7.29 |
10 | अमृत आदर्श प्रा. एकेडेमी | 100.00% | 100.00% | 0.00 |
11 | श्री बनाउ मावि | 85.71% | 63.63% | –22.08 |
12 | श्री ज्योति मावि | 64.28% | 0.00% | –64.28 |
श्री ज्योति मण्डल मावि (+83.34%)
⚠️ अत्यधिक गिरावट:
श्री ज्योति मावि (–64.28%)
श्री बनाउ मावि (–22.08%)

गत बैशाखमा प्रकाशित कक्षा ८ को नतिजा सम्बन्धी समाचार पढ्नुहोस्