म्याग्दी समाचार

मास्क नलगाई बेनीमा हिडडुल गर्ने ४५ जनालाई कारबाहि

विकल्प न्युज/ बेनी असार २५ गते । बेनी बजारमा आधारभूत स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्ने  ४५ जनालाई संक्रामक रोग ऐन २०२० बमोजिम प्रहरीले नियन्त्रणमा लिएर कारबाहि गरेकाे छ । विहिवार जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको टाेलिले मास्क नलगाई हिडेका, जाेरविजाेर प्रणालिकाे नियमलाई उल्ङ्घन गरेर सवारी चलाएका र सुरक्षा मापदण्ड पलना नगरि हिडडुल गरेका ४५ जनालाई नियन्त्रणमा लिएर कारवाहि […]

जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय

विकल्प न्युज/ बेनी असार २५ गते । सरकारले जिल्लाभित्र मात्र चल्न पाउने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । उपत्यकामा तीन जिल्लाभित्र तथा उपत्यका बाहिर जिल्लाभित्र मात्र सार्वजनिक यातायात चलाउने दिने निर्णय भएको हो । स्वास्थ्य मापदण्ड पालना गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको अर्थ तथा सञ्चार मन्त्री डा युवराज […]

म्याग्दीमा थप एक जनामा कोरोना पुष्टी

विकल्प न्यूज बेनी म्याग्दीमा बिहिबार थप एक  जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।   भारतबाट आई वेष्ट प्वाईन्ट मा वि को क्वारेनटवाईमा रहेका बेनी नगरपालिकाका २३ बर्षिय १ पूरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

बाढिले १५ घर बगायाे , १९ वेपत्ता, दुईको शव भेटियाे

काठमाडौं, असार २५ गते ।  सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ  । १९  भन्दा बढी सम्पक बाहिर छन् । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घर बगाएकाे हाे साे स्थानमा केही मान्छे वेपत्ता समेत भएका छन् । स्थानीय अनन्तप्रकाश श्रेष्ठका अनुसार बाह्रबिसेको गाती बजार बगाएको छ। टेलिफोन सम्पर्कमा उहाँले भन्न्ुभयो, गातीका १४ घरका […]

कोरोनाबाट विश्वमा ५ लाख ४७ हजारभन्दा बढीको मृत्यु

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४७ हजार ४१९ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १९ लाख ८४ हजार १०७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण […]

म्याग्दीमा थप २ युवामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी असार २४ गते । म्याग्दीमा थप २ जना युवामा  काेराेना पुष्टि भएकाे छ । पाेखरामा गरिएको पिसिअार परिक्षणमा मंगलबार  काेराेना पाेजेटिभ अाएकाे हाे । दूवैजना विदेशबाट फर्किएर क्वारेन्टाइन मा बसेका थिए । काेराेना पुष्टि हुनेमा कुवेतबाट फर्किएर म्याग्दी क्याम्पस काे क्वारेन्टाइन मा बसेका मंगला गाउँपालिका २ का ३५ वर्षिय पुरूष र भारतबाट अाई […]

हिदीको पूर्ण प्राङ्गारिक तरकारी बेनीमा खोसाखोस

असार २३ गते ।  हिदीमा रहेको फर्म कृषि ज्ञान केन्द्रको बागवानी विकास अधिकृत पदबाट अवकाश लिई म्याग्दीको उच्च लेकाली क्षेत्रमा पर्ने हिदीमा व्यावसायिकरूपमा पूर्ण प्राङ्गारिक तरकारी खेतीमा लाग्नुभएका भोजबहादुर थापाले उत्पादन गरेको जैविक तरकारी बेनी बजारमा खोसाखोस हुन थालेको छ । उहाँको अगुवाइमा म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीमा रु एक करोड २० लाखको लगानीमा शुरु गरिएको […]

सडकमा नाली नहुँदा जलजला ७ गुन्टेखेतको वस्ती र विद्यालय पहिरोको जोखिममा

विकल्प न्यूज/जलजला असार २२ गते ।  निर्माणधिन मिलनचोक– सल्यान– गुन्टेखेत,धारापानी सडकमा ठेकेदारले नालीको उचित व्यवस्था नगरेका कारण जलजला ७ गुन्टेखेतको वस्ती र विद्यालय पहिरोको जोखिममा परेको छ । सडक खन्दा नाली व्यवस्था र ग्यावियन झाली नहालेका कारण वर्षातका समयमा आउने पानीले पहिरोको जोखिम बढाएको हो । सोमबार आएको अविरल वर्षाका कारण सडक माथिबाट पहिरो खस्न थालेको […]

मास्क नलगाई घरबाहिर निस्किए प्रहरीले पक्राउ गर्ने

२२ असार, काठमाडौं । मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । कोरोना संक्रमणको […]

जलजलाले ल्यायो ४१ करोड ६१ लाख रुपैयाको बजेट

विकल्प न्यूज/बेनी असार २२ गते । पर्वतको जलजला गाउँपालिकाले आगमी आर्थिक वर्षका लागि ४१ करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आइतबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न आठौं गाउँसभामा उपाध्यक्ष सीमा पुन बजेट पेश गर्नुभएको थियो । कृषि उत्पादन,पूर्वाधार विकास,स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर बजेट ल्याइएको उपाध्यक्ष पुन बताउनुभयो । संघीय […]

नेकपा विवाद मिलाउन कार्यदल गठन

काठमाडौं ।  शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले आजका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक यही असार २४ गतेसम्मका लागि स्थगन भएको छ । आन्तरिक विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुँदा दोस्रो तहका चार नेतालाई […]

नेकपा स्थायी कमिटीको बैठक बुधबारसम्मका लागि स्थगित

२२ असार, काठमाडौं । आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित गरिएको छ । नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आगामी बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो । यसअघि पनि दुई दिनसम्म स्थायी कमिटी बैठक स्थगित गरेर सहमति प्रयास गरिएको थियो । तर ठोस सहमति नभएपछि फेरि पनि बैठक पछि सारिएको हो । प्रधानमन्त्रीका प्रेस […]

‘बालबालिकालाई भिटामिन ए खुवाउने बेला ख्याल गरौँ’

विकल्प न्यूज/बेनी असार २२ गते ।  बेनीको विरेन्द्रचोकमा बच्चालाई भिटामिन खुवाउदै महिला स्वास्थ्यकर्मी   । बालबालिकालाई भिटामिन ए खुवाउन लैजाँदा विभिन्न सुरक्षाका उपाय अपनाउन विज्ञले सुझाव दिएका छन् । विषेशगरी स्वास्थ्यकर्मी र अभिभावकले सुरक्षाको उपायमा ध्यान दिन स्वास्थ्य सेवा विभाग अन्तर्गत पोषण शाखाका प्रमुख केदार पराजुलीले सुझाव दिनुभएको छ ।  भिटामिन ए  खुवाउन लैजाँदा  भौतिक दूरी […]

तोरीपानीका रिजालको रहरलाग्दो किबी खेती हेर्नुहोस भिडियो

विकल्प न्यूज/बेनी असार २१ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित तोरीपानीका बामदेब रिजालले पाखोबारीमा व्यवसायिक रुपमा किबी खेती गर्नुभएको छ । ७ वर्ष अघि करिब २२ देखि २५ रोपनी जग्गामा किबीका विरुवा ४०० विरुवा रोप्नुभएको थियो ।  तिनवर्ष देखि फल दिन थालेको उहाँले बताउनुभयो । एक बोटमा पचास देखि ९० केजी सम्म किबी फल्ने रिजालले […]

रिपोर्ट नआउँदै घर पठाइएका बागलुङका एक युवकको मृत्यु

बागलुङ असार २१ गते । कोरोना परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट घर पठाइएका बागलुङका एक युवकको शनिबार राति मृत्यु भएको छ । लामो समयदेखि फोक्सोको समस्या भएका निसीखोला गाउँपालिका २ का २९ वर्षीय युवकको मृत्यु भएको हो । निसीखोला घर भए पनि उनलाई ससुराली रहेको ढोरपाटन नगरपालिका वडा नं. ४ पठाइएको थियो । उनी केही दिन ससुरालीस्थित घरमै […]