जलजलाले ल्यायो ४१ करोड ६१ लाख रुपैयाको बजेट

विकल्प न्यूज/बेनी
असार २२ गते ।

पर्वतको जलजला गाउँपालिकाले आगमी आर्थिक वर्षका लागि ४१ करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आइतबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न आठौं गाउँसभामा उपाध्यक्ष सीमा पुन बजेट पेश गर्नुभएको थियो । कृषि उत्पादन,पूर्वाधार विकास,स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर बजेट ल्याइएको उपाध्यक्ष पुन बताउनुभयो ।

संघीय सरकार र प्रदेश सरकारवाट प्राप्त हुने ३८ करोड, ३३ लाख ८९ हजार चार सय ३० र आन्तरिक आम्दानी समावेश गरी बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

आगामी आर्थिक वर्षमा ३ करोड २९ लाख ३५ हजार ५ सय ७० रुपैयाँ आन्तरिक आम्दानी हुने प्रक्षेपण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।