म्याग्दी समाचार
बेनीमा श्रीकृष्णले लाखेको बध गरेपछि ..(भिडिओ सहित)

ठाकुरप्रसाद आचार्यम्याग्दी,भदौं २१ गते । बेनीका नेवार समुदायले एकमहिना अघि देखी सुरु गरेको बर्खे नाच हरितालिका तिजका दिन श्रीकृष्णले लाखेको बध गरेपछि समापन गरिएको छ । नेपाल भाषा मंकाःखलः र ल्यामः पुचःले संयुक्त रुपमा विभिन्न नाचहरु प्रदर्शन गरेका थिए । बेनीको संगमचोकमा तिजको साँझ श्रीकृष्ण र लाखेको नाच देखाइएको थियो । कृष्ण र लाखे बीचको […]
फोटो प्रतियोगितामा उत्साहजनक सहभागिता

ठाकुरप्रसाद आचार्य /बेनीभदौं २० गते । एकहप्ता यता म्याग्दीवासीहरुको फेसबुक पेजमा नयाँ नयाँ तस्विरहरु शेयर भइरहेका छन् । म्याग्दीको पर्यटन प्रवद्र्धनका लागि आयोजित फोटो प्रतियोगितामा समावेश भएका तस्विहरुले सामाजिक सञ्जाल फेसबुक भरिएको छ । प्रतियोगितामा भाग लिएकाहरुले फोटोलाई लाइक,कमेन्ट र शेयर गरिदिन अनुरोध गरेका छन् । यस्तो अवसर मोना अष्ट्रेलियाले जुराइदिएको हो । विभिन्न पेशा,व्यवसाय […]
म्याग्दीका नारायण जिसी नेपाल निर्माण उद्योग परिषदको उपाध्यक्षमा निर्वाचित

विकल्प न्युज/ बेनी भदौ २० गते ।
अनेमसंघ म्याग्दीको तिजगीत प्रतियोगिता सम्पन्न

विकल्प न्यूज/बेनीभदौं १९ गते । महिलाहरुको महान् पर्व हरितालिका तिज नजिकिँदै जाँदा तिजसम्बन्धी विशेष कार्यक्रमहरुले प्राथमिकता पाउँदै गएका छन् । यसैक्रममा हिजो (मङ्गलवार) म्याग्दी सदरमुकाम बेनीमा नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीको आयोजनामा खुल्ला तिजगीत प्रतियोगिता सम्पन्न भएको छ । समृद्ध नेपाल, सुखी नेपाली हाम्रो अभियान ः समान सहभागिताका लागि सुदृढ […]
मनमोहक सुन्दरताको उत्कृष्ट गन्तव्य म्याग्दीको पुनहिल

विकल्प न्यूज/बेनीभदौं १५ गते । फाइल तस्विर निलो आकाश । पृष्ठभूमिमा सेता हिमालको लामो लर्कन । चारैतिर हरियाली जङ्गलको बिचमा पहाडको टाकुरा । शान्त वातावरणमा सुनिने चरा र जङ्गली जनावरको आवाज । भूइँमा झुलेका लेकाली बुकी फूल । कुनै चित्रकारले मेहनतका साथ तयार पारेको क्यान्भास अवलोकन गरेको आभास दिलाउने यो दृष्य म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा […]
मुक्तिनाथमा प्रहरीलाई सुविधा सम्पन्न कार्यालय भवन

म्याग्दी, भदौ १३ गते । समुद्री सतहबाट तीन हजार मिटरभन्दा बढी उचाइमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्रस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको सुविधा सम्पन्न पक्की कार्यालय भवन निर्माण गरिएको छ । मुक्तिनाथ मन्दिर नजिकै रु तीन करोड ६० लाख ५२ हजार ८८ लागतमा भवन निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेश प्रहरी कार्यालयले […]
धवलागिरी गाउँपालिका ४ नाउरामा बेलिब्रिज जडान

विकल्प न्यूज/बेनीभदौं १३ गते । धवलागिरि गाउँपालिका–४ नाउरास्थित म्याग्दी नदीमा बेलिब्रिज जडान भएको छ। म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाले जडान गरेको बेलिब्रिजबाट स्थानीयवासी, धवलागिरि हिमाल आरोहण र चक्रीय धवलागिरि पदमार्गमा जाने पर्यटकलाई सुविधा पुगेको छ। हाइड्रो भिलेज प्रवर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला र हाइड्रो इम्पाएरले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दीखोला जलविद्युत् […]
अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माण सुरु

विकल्प न्यूज/बेनीभदौं १३ गते । म्याग्दीमा ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माण शुरु भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–४ छहरीमा बुधबारदेखि आयोजनाको अडिट (मुख्य सुरुङ जाने प्रवेशमार्ग) निर्माण थालिएको हो । गण्डकी प्रदेशसभा सदस्य तथा पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले बिस्फोट गराई सुरुङ निर्माण शुभारम्भ गर्नुभएको थियो […]
घोरेपानी हिँडेका दुईजना स्पेनिस पर्यटक बेपत्ता

म्याग्दी,भदौं ११ गते । चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुईजना स्पेनिस पर्यटक बेपत्ता भएका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए। भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई झोला […]
बेनीको जलेश्वरमा बस दुर्घटना हुँदा चार जना घाइते

भदौ १० गते । म्याग्दी सदरमुकाम बेनीबाट गलेश्वरतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–६ स्थित गलेश्वर नजिकै ठूलोबौरमा सोमबार साँझ ५:३० बजे ना ५ ख २८९८ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ […]
पुरस्कारको रकमबाट विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान

बेनी (म्याग्दी), भदौ १० गते । म्याग्दी सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट बोर्ड’बाट अध्यापन गराउन सुरुआत गरेको छ । विद्यालयमा सञ्चालित कक्षा ११ र १२ को विज्ञान विषयको पठनपाठनमा स्मार्ट बोर्डलाई प्रयोगमा ल्याइएको हो । विद्यालयले दुईवटा स्मार्ट बोर्ड र आवश्यक उपकरणको खरिद गरेर स्मार्ट बोर्डबाट पठनपाठन […]
उद्धार गर्न चिठी पठाउँदा…

म्याग्दी, भदौ १० गते । समुद्री सतहबाट चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको धार्मिकस्थल दामोदरकुण्डमा जनैपूर्णिमा पर्वका अवसरमा पूजाआजाका लागि यही भदौ २ गते त्यहाँ पुग्नुभएकी गण्डकी प्रदेशसभा सदस्य विमला गौचन लेक लागेर (अक्सिजन अभाव भएर) बिरामी पर्नुभयो । टाउको दुुखिरहने, शरीर गल्ने, खाना अरुचि हुनेजस्ता लक्षणसँगै हिँडडुल गर्न नसक्ने भएर दामोदरकुण्डकै धर्मशालामा […]
बेनीको प्रकाश माविमा स्मार्ट बोर्डबाट पठनपाठन

विकल्प न्यूज/बेनीभदौं ९ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयमा स्मार्ट बोर्डबाट पठनपाठन सुरु गरिएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानका क्रममा विद्यालयले एण्ड्रोइड १४.० भर्सनको आइओएस अपरेटिङ सिस्टम, फोर के रिजुलेसन सहितका २ वटा इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड जडान गरी अध्यापन थालेको विद्यालयले जनाएको छ । आइतबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीले […]
बेनी–बागलुङ सडकमा बाढीले गाडी बगायो,सडक अवरुद्ध

ठाकुरप्रसाद आचार्यम्याग्दी,भदौं ९ गते । शनिबार राती परेको अविरल वर्षाका कारण बेनी–बागलुङ सडक खण्ड अन्तर्गत बेनी नगरपालिका १ हुलाके भन्ने स्थानमा ठाडोखोलामा बाढी आउँदा गाडी सडक देखि करिब दश मिटर तल बगाएको छ । बाढीले करिब ६० मिटर सडक भत्किएको कारण सडक अवरुद्ध भएको छ । शनिबार पोखरा देखि बेनी आउँदै गरेको निजी नम्बर प्लेटको […]
मीना परियार हत्या प्रकरणः ‘न्यायका लागि हारगुहार’

म्याग्दी, भदौ ८ गते । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका फूलमाया र चन्द्रबहादुर परियारका आँखा ओभानो नभएको करिब आठ महिना भयो । विसं २०८० पुस १६ गते राति घरबाट बेपत्ता कान्छी छोरी मीना जिउँदो नभएको निष्कर्ष निकालेका परियार दम्पती न्यायको प्रतीक्षामा छन् । घर नजिकैको जङ्गलमा गत साउन २७ गते भेटिएको शव र सँगैका गहना तथा […]