म्याग्दी समाचार

चिमखोलामा ब्यवस्थित खेलकुद मैदान निर्माण

विकल्प न्युज म्याग्दी, १२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलाको धमाखुमा ब्यवस्थित संरचनासहितको खेलकुद मैदान निर्माण गरिएको छ। चिमखोलामा संघ, प्रदेश, गाउँपालिकाको बजेट र स्थानीयको जनश्रमदानबाट खेलकुद मैदान निर्माण गरिएको हो । यस आर्थिक बर्षमा संघिय सांसद विकास कोषबाट ८ लाख र प्रदेश सांसद कोषबाट ७ लाख र स्थानीयहरुको आर्थिक सहयोग र जनश्रमदानबाट घेराबार, […]

उपत्यकाबाहिर पहिलो पटक चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण

विकल्प न्युज म्याग्दी चैत १२ काठमाडौं उपत्यकाबाहिर  पहिलोपटक कलेजोको सफल प्रत्यारोपण सम्पन्न भएको छ । चितवन मेडिकल कलेजमा राजधानी कलेजले बिहीबार बिहान भरतपुरमा पत्रकार सम्मेलन गरी भरतपुर महानगरपालिका वडा नम्बर १० निवासी ५४ वर्षीय धनकुमारी लामामा कलेजोको सफल प्रत्यारोपण गरिएको जानकारी दिएको हो । कलेजका अनुसार लामाकी ३४ वर्षीया छोरी उषा तामाङले प्रत्यारोपणका लागि आमालाई कलेजो […]

कोरोनाको जोखिम बढेको भन्दै साबधानी अपनाउन प्रशासनको अनुरोध

विकल्प न्यूज/बेनी चैत ११ गते ।  जिल्ला प्रशासन कार्यालय म्याग्दीले पछिल्लो समय पुनःकोरोना संक्रमणको जोखिम बढेको भन्दै साबधानी अपनाउन सवैमा अनुरोध गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसीको वैठकले छिमेकी मुलुक भारत लगायतका देशमा कोरोना संक्रमण बढेकाले थप सचेत हुन आवश्यक सर्तकता अपनाउन सर्वसाधरणहरुमा अनुरोध गरेको हो । कोरोनाको जोखिम बढेको भन्दै आवश्यक […]

म्याग्दीमा २४ जना क्षयरोगका विरामी

विकल्प न्यूज/बेनी चैत ११ गते । म्याग्दीमा यसा वर्ष २१ जना क्षयरोगका बिरामी फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चैत पहिलो सातासम्म सात २१ जना फेला परेका छन् भने ३ जना गतबर्षका रहेका छन् । गतवर्ष ४६ जना बिरामी फेला परेका थिए । गतबर्षकोे तुलनामा यस वर्ष क्षयरोगीको […]

होली पर्व घरमै मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

११ चैत, काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अपील गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । […]

देउवालाई किन छ डर ?

विकल्प न्यूज/बेनी चैत ११ गते ।   पाँच वर्ष पनि कुर्नै नपरी सत्ता घुमिफिरी हातमा आउन लाग्दा नेपाली कांग्रेस केपी ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन त चाहन्छ, तर उसलाई डर छ, जनता समाजवादी पार्टीको पनि पूर्वमधेसवादी समूहसँग । कारण हो, ०५३ सालको झस्काई । त्यसबेला एमालेले जसरी मधेसी नेताबाट धोका खायो, अहिले त्यो धोका आफूमा आउला […]

लकडाउनको एक वर्ष : फेरि सम्भावना कति ?

चैत ११, २०७७ ।  कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११ देखि एक साताका लागि लकडाउन गरेको थियो। तर, त्यसको अवधि थपिँदै लगिएको थियो। छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा त्रास बढेको छ। धेरैले प्रश्न गर्न थालेका छन्, ‘नेपालमा के […]

आमअनुमानभन्दा फरक मोड लिँदै देशको राजनीति

विकल्प न्यूज/बेनी चैत ११ गते । हिजो राजपा र उपेन्द्र यादवहरुले साकारलाई दिएको समर्थन फिर्ता लिँदा ओलीसँग १७४ सांसदको राम्रै बहुमत थियो । त्यसैले विश्वासको मत लिनुपर्ने कुरा उछालिएन । तर, अब त माओवादीको ढिक्कै अलग भयो  । अर्थात्, फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई ०७५ जेठ ३ अगाडिको अवस्थामा फर्किनु भन्दै यो सरकारलाई संविधानको […]

टर्दै वैकल्पिक सरकारको सम्भावना

विकल्प न्यूज/बेनी चैत ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन काँग्रेस, माओवादी र जसपा सबै एकै ठाउँमा उभिनुपर्छ । यी तिनै दलमध्ये कुनै एक दलमात्रै तयार नहुँदा वैकल्पिक सरकार बन्न सक्दैन । देउवाले अविश्वासको प्रस्ताव पनि नल्याउने र पार्टी सरकारमा पनि नजाने प्रष्ट बताइसकेका छन् । उनले विराटनगरमा त्यस्तो अभिव्यक्ति दिँदै गरेको बेला […]

कोरोनाको दोस्रो लहरको त्रास : ७७ वटै जिल्लामा क्वारेन्टिन तयार राख्न निर्देशन

विकल्प न्यूज/बेनी चैत ११ गते ।  सरकारले आइसोलेसन र क्वारेन्टिनलाई तयार राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । कोरोना महामारीको जोखिम बढेको भन्दै गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डसमेत अनिवार्य लागू गर्न निर्देशन दिएको छ । जिल्ला कोभिड व्यवस्थापन र रोकथाम तथा नियन्त्रणसम्बन्धी काम प्रमुख जिल्ला अधिकारी संयोजक रहेको […]

दरबाङ्गमा प्रथम मालिका महोत्सव हुने

विकल्प न्यूज/बेनी चैत १० गते ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा पहिलो पटक एतिहासिक प्रथम मालिका महोत्सव आयोजनमा हुने भएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मालिका बजार इकाई समितिको आयोजनामा यही चैत २७ गते देखी २०७८ बैशाख ३ गते सम्म महोत्सवको आयोजना गरिएको हो । मलिका गाउँपालिका भित्रका स्थानीय कला सास्कृतीको जर्गेना तथा […]

बेनीको मंगलाघाटबाट ठूलो परिमाणमा लागूऔषध सहित युवा पक्राउ

विकल्प न्यूज/बेनी चैत १० गते ।  प्रहरीले बेनीको मंगलाघाटबाट ठूलो परिमाणमा लागू औषध सहित एक युवालाई पक्राउ गरेको छ । रघुगंगा गाउँपालिका ६ कोट गाउँ स्थायी घर भई हाल बेनी नगरपालिका ७ मंगलाघाटमा भाडामा वस्ने साजन शेरपुञ्जालाई प्रहरीले लागू औषध सहित पक्राउ गरेको हो । लागू औषध लुकाई छिपाई राखेको प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा […]

फेरि बढ्दैछ कोरोना संक्रमण

९ चैत, काठमाडौं ।    कोभिडको महामारीलाई भुल्दै ‘न्यू नर्मल’मा फर्किन थालेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो कोभिड १९ तथ्यांकले खतराको घण्टी बजाएको छ । मन्त्रालयको अनुसार सोमबार ४ हजार ४७२ नमुना परीक्षण गर्दा १५० जनामा कोभिड-१९ को संक्रमण भेटिएको छ । गएको २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ । महामारीको पछिल्लो […]

पर्वत उद्योग वाणिज्य संघको अध्यक्षमा गोपी अधिकारी बिजयी

विकल्प न्यूज/पर्वत चैत १० गते ।  पर्वत उद्योग वाणिज्य संघको अध्यक्षमा गोपी अधिकारी फराकिलो मत अन्तरले बिजयी हुनुभएको छ । सोमबार सम्पन्न मतगणना अनुसार अधिकारीले एकहजार १६ मत प्राप्त गरी बिजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । उहाँको प्रतिस्पर्धी शिव पौडेलले ८ सय ९७ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी शिव पौडेल त्यसैगरी महिला सदस्यमा देवी […]

जलजलामा हात्तिपाइले रोग विरुद्धको अभियानलाई प्रभावकारी बनाइने

विकल्प न्यूज/जलजला चैत ९ गते ।  पर्वतको जलजला गाउँपालिकाले हात्तिपाइले रोग निवारणका लागि आम औषधि खुवाउने कार्यक्रमलाई प्रभावकारी बनाउन योजना तयार पारेको छ । हात्तिपाइले रोग न्युनीकरणका लागि चैत २० गते बाट गण्डकी प्रदेशका पर्वत लगायत ३ जिल्लामा सञ्चालन हुन लागेको औषधि खुबाउने कार्यक्रमलाई सफल बनाउन सोमबार गाउँपालिकाको मिलनचोकमा भएको गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीहरुको गोष्ठीले […]