म्याग्दी समाचार

मिलनचोकको स्वास्थ्य शिविरबाट दुईसयले सेवा लिए

विकल्प न्यूज/बेनी फागुन १४ गते ।    पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरबाट करिब दुईसय भन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखा सँगको सहकार्यमा अन्तराष्ट्रिय पर्वत समाजले शनिबार एकदिने विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । शिविरमा स्त्रीरोग विशेषज्ञ धर्मदेव ढकाल,अनु हिराचन,दन्तरोग विशेषज्ञ कृष्ण सुवेदी […]

गुप्तेश्वर क्याम्पसमा बिदाई कार्यक्रम

विकल्प न्यूज\पर्वत फागुन १२ गते ।   पर्वतको कुश्मास्थीत गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहको व्यवस्थापन संकायतर्फका विद्यँर्थीहरुलाई बिदाई गरिएको छ । चार वर्षे व्यवस्थापन संकाय अन्तर्गत अन्तिम वर्षको परिक्षा सम्पन्न गरेका विद्यँर्थीहरुलाई बिहिबार एक कार्यक्रमको आयोजना गरेर क्याम्पसले हार्दिकताका साथ बिदाई गरेको हो । स्नातक तहमा अध्ययनरत २५ जना विद्यार्थीहरुलाई सामुहिक भेला गराएर क्याम्पसले चार […]

धाइरिङका माओवादी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश

विकल्प न्यूज/जलजला फागुन १२ गते । पर्वतको जलजला ७ धाइरिङ सल्यानका स्थानीय माओवादीका नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीका तर्फबाट गत स्थानीय तहको निर्वाचनमा वडा सदस्यका उम्मेदवार बन्नुभएका दलित अगुवा तथा माओवादीका स्थानीय नेता मनबहादुर नेपालीको नेतृत्वमा २५ जनाभन्दा बढी सो पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन […]

मालढुङ्गा – बेनी सडक धमाधम निर्माण हुँदै

ठाकुरप्रसाद आचार्य/बेनी फागुन १० गते । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण कतिपय पूर्वाधार विकास योजनाहरु अलपत्र परेका धेरै उदाहरणहरु छन् । तर यहाँको एक योजनामा भने निर्माण व्यवसायी सम्झौता समयअवधि भित्रै काम सम्पन्न गर्ने लक्ष्य सहित निर्माणमा जुटेका छन् । आवश्यक संख्यामा मजदुर र उपकरण परिचालन गरेर निर्माणलाई तिव्रता दिएका छन् । राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर […]

विपन्न विद्यार्थीको शैक्षिक अभिभावकत्व ग्रहण

विकल्प न्यूज\बेनी फागुन ९ गते । बेनी नगरपालिका–४,सिङ्गाकी मेधावी विद्यार्थी सोनी थापाको अमेरिकामा बसोबास गर्ने एक दम्पत्तीले उच्च शिक्षासम्मको शैक्षिक अभिभावकत्व ग्रहण गर्नुभएको छ । स्थानीय धौलागिरी माविमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीया थापालाई बेनपा–४ सुर्केमेला घर भई हाल अमेरिकामा रहनुभएका इन्द्र थापा, सबी थापाले घर खर्च सहित कक्षा १२ सम्मको पठनपाठनका लागि सहयोग […]

सामाजिक विकास कार्यालयद्धारा पश्चिम म्याग्दी युथक्लबलाई खेलकुद सामाग्री सहयोग

विकल्प न्यूज/बेनी म्याग्दी ९ फागुन । सामाजिक विकास कार्यालयद्धारा पश्चिम म्याग्दी दरबाङ युथक्लबलाई रु चार लाख रुपैयाँ बराबरको खेलकुद र फर्निचरका सामाग्री सहयोग गरिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट स्विकृत भएर आएको बार्षिक कार्यक्रम अन्तर्गत मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा रहेको उक्त क्लबलाई खेलकुद र फर्निचरका सामाग्री सहयोग गरिएको हो । कार्यालय प्रमुख […]

रघुगंगा गाउँपालिकाले भगवतीमा कोल्डस्टोर्स बनाउने

विकल्प न्यूज/बेनी फागुन ८ गते । जिल्लाको रघुगंगा गाउँपालिका २ भगवतीमा कोल्डस्टोर्स बनाइने भएको छ । रघुगंगा गाउँपालिकाले संघीय सरकारसँग सहकार्य गरेर एककरोड रुपैयाँ लागतमा कोल्डस्टोर्स बनाउन लागेको हो । कोल्डस्टोर्स बनाउन संघीय सरकारले ५० लाख र गाउँपालिकाले ५० लाख गरी एककरोड रुपैयाँ लागतमा कोल्डस्टोर्स निर्माणको आवश्यक प्रक्रिया थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले […]

ढोल्ठानमा जेसिजको पर्यटन प्रवद्र्धन कार्यक्रम

विकल्प न्यूज/बेनी फागुन ८ गते । पर्यटकीय सम्भावना बोकेको १४ औं  शताब्दीताको ऐतिहासिक ढोल्ठान राजदरबारको पर्यटन प्रवद्र्धनमा म्याग्दी जेसिज जुटेको छ । बेनी नगरपालिका–९,ढोल्ठानमा पर्ने बाईसे–चौबीसे राज्यका पालामा तत्कालीन पर्वत राज्यको राजधानी समेत रहेको ढोल्ठान राजदरबार ओझेलमा परेपछि जेसीजले स्थानीय संघसंस्था र जनप्रतिनितिसँगको सहकार्यमा विभिन्न कार्यक्रम गर्ने भएको छ । यूवाको नेतृत्व तथा ब्यक्तित्व विकास […]

‘म्याग्दी प्रेस’ दैनिकको लोकापर्ण (फोटोसहित)

विकल्प न्यूज/बेनी फागुन ७ गते ।   म्याग्दीको सदरमुकाम बेनीबाट प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार देखि ‘म्याग्दी प्रेस’ देनिकको प्रकाशन शुभारम्भ भएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्दबहादुर केसीले पत्रिकाको लोकापर्ण गर्नुभएको हो । विगत एकदशक भन्दा वढी रेडियो र कलाकारिता क्षेत्रमा क्रियाशिल संचारकर्मी अमित विश्वकर्माले पत्रिकाको प्रकाशन गर्नुभएको हो । पत्रिकाको लोकापर्ण गर्नुहुँदै […]

अनेमसंघ बेनी नगर कमिटिको अध्यक्षमा मिना राम्जाली चयन

विकल्प न्युज/बेनी फागुन ५ गते । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ बेनी नगर कमिटिको अध्यक्षमा मिना राम्जाली मगर चयन हुनुभएको छ । बिहिबार पार्टी कार्यालय हाँडेभिरमा आयोजित अनेमसंघ बेनी नगरको भेलाबाट राम्जालीको अध्यक्षतामा ४९ सदस्यीय नगर कमिटि गठन गरिएको हो । कमिटिको उपाध्यक्षमा बिष्णु गुरुङ, सचिवमा उषा किसान, उपसचिवमा सिता घिमिरे र कोषाध्यक्षमा साधना […]

शिक्षा र मानविकी बिषयमा स्नातकोत्तर तह अध्यापनको तयारीमा छौं ः अध्यक्ष ढुंगाना

विकल्प न्यूज/बेनी फागुन ५ गते ।  म्याग्दी बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष सोमनाथ ढुंगानाले निकट भविस्यमै क्याम्पसमा शिक्षा र मानविकी बिषयमा पनि स्नातकोत्तर तहको अध्यापन हुने बताउनुभएको छ । बिहिबार क्याम्पसमा गठन गरिएको सूचना र प्रविधि एकाईले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढुंगानाले यी दुई बिषयमा स्नातकोत्तर तह अध्यापनका लागि त्रिविको आवेदन मागको सूचना बमोजिम निवेदन […]

जलजलामा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता

विकल्प न्यूज/जलजला फागुन ५ गते । पर्वतको जलजला गाउँपालिकामा विहिवार अन्तर विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले वडा नम्बर ४ स्थित लुङ्दी आधारभूत विद्यालयमा ‘‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन’’ विषयक वक्तृत्वकला प्रतियोगिता गरेको हो । प्रतियोगितामा जलजला वडा नम्बर ३ माझफाँटको अमृत आदर्श प्याराइडाइज एकेडेमीकी छात्रा गरिमा विक […]

अधिकारकर्मी किसान मुटुरोगबाट ग्रसितः उपचारमा आर्थिक अभाव

फागुन २ गते । म्याग्दी ।  म्याग्दीको बेनी नगरपालिका १० पात्लेखेत घर भई हाल बेनीमा बस्दै आउनुभएका दलित अगुवा याम किसान मुटु रोगबाट ग्रसित हुनुभएको छ । मुटुको ३ वटा भल्बमा समस्या देखिएका किसानको उपचारमा आर्थिक समस्या भएको छ । सानै उमेर देखि मुटुमा सामान्य समस्या देखिएको किसानले स्वास्थ्य समस्या बढ्दै गएपछि २०७५ सालमा मुटुरोग […]

परियोजना पुननिर्माण पछि लुलाङमा बत्ति बल्यो

विकल्प न्यूज/बेनी फागुन १ गते ।   पाँचमहिना अघि बाढीले क्षति पु¥याएको धबलागिरि गाउँपालिका २ लुलाङको लघु जलविद्युत परियोजना पुननिर्माण पछि आइतबारबाट गाउँमा बत्ति बलेको छ । गाउँपालिका र स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट बजेट विनियोजन गरी परियोजना पुननिर्माण तथा मर्मतसम्भार गरिएको हो । भदौं २० गते दरखोलामा आएको वाढीले ४३ किलोवाट क्षमताकोे दरखोला दोस्रो लघुजलविद्युत […]

सुदिप स्मृति कोषद्वारा उच्च माविमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत 

विकल्प न्युज/बेनी फागुन १ गते ।  सुदिप रावल स्मृति कोषले आइतबार १३ औ स्मृति दिवस विविधि कार्यक्रम गरी मनाएको छ । गतबर्षको दश जोड दुईको परीक्षामा म्याग्दी जिल्लामा सर्वोकृष्ट अंक प्राप्त गर्ने तिन जना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत, आगलागी पीडित र यूवा क्लवलाई खेलकुद साम्रागी वितरण गरेको हो । जिल्ला प्रथम हुने माउण्ट एभरेष्ट आवासीय […]