खेलकुद

बेनीमा १६ औ जेसीजकप फुटवल प्रतियोगिताको उद्घाटने

 विकल्प न्यूज/बेनी म्याग्दी, १४ पुस । जेसिजकप प्रतियोगितालाई उद्घाटन गर्दै  मेयर हरिकुमार श्रेष्ठले म्याग्दीमा फुटवल खेलको विकासमा जेसीजले विगत १६ बर्षदेखि निरन्तर आयोजना गर्दै आएको यस प्रतियोगिताले ठुलो भूमिका खेलेको बताउनुभयो । युवाहरुको क्षमता र नेतृत्व विकासमा क्रियाशिल जेसीजले म्याग्दीको सामाजिक क्षेत्रमा पु¥याएको योगदाना प्रसंनिय रहेको बताउँदै मेयर श्रेष्ठले जेसीज कपको निरन्तरताको लागि सबैक्षेत्रबाट सहयोग […]

शुक्रवार देखी बेनीमा १६ औं जेसीज कप फुटवल प्रतियोगिता

विकल्प न्यूज/बेनी म्याग्दी, १३ पुस । म्याग्दी जेसीजको आयोजनामा सदरमुकाम बेनीमा शुक्रवारदेखि सुरु हुन लागेको जिल्ला स्तरीय अन्तर मावि १६ औँ जेसीजकप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । १६ औँ जेसीजकप फुटवल प्रतियोगिता व्यवस्थापन समितिले विहिवार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिता सञ्चालनको लागि आबश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिईएको थियो । […]

प्रथम उत्साहित कपको उपाधी एभरग्रिनलाई

विकल्प न्यूज/बेनी कार्तिक १२ गते । जलजला गाउँपालीका ३ पर्वत बेनीमा आयोजित प्रथम उत्साही कप फाइभ ए साईड खुल्ला फुटबल प्रतियोगिता को उपाधी बेनीको एभरग्रिन युथ क्लबले जितेको छ । प्रतियोगिताको शनिबार भएको फाइनलमा बेनीकै लभर्स समुहलाई २ का विरुद्ध ४ गोल प्रहार गदै उपाधी जितेको हो । प्रतियोगितामा प्रथम हुनेले नगद ४४ हजार ४४४ […]

पर्वत बेनीमा प्रथम उत्साही कप फुटबल प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी कार्तिक ८ गते ।    जलजला ३ पर्वत बेनीमा बुधवार देखि प्रथम उत्साही कप फाइभ ए साईड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । पर्वत बेनीको उत्साही समुह मूख्य आयोजक र न्यू होराइजन आवशिय मावि सहआयोजक रहेको प्रतियोगितामा ३५ टिमले सहभागिता जनाएका छन् । कार्तिक ८ देखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता र […]

वौद्ध कपको सेमी फाईनलमा प्रहरी र कालीपुल, वौद्ध र एभरग्रिन भिड्ने

विकल्प न्यूज/बेनी असोज ४ गते । बेनीमा जारी धौलागिरीमै सर्वाधीक बढी पुरस्कार राशीको फुटबल प्रतियोगिता तेस्रो वौद्ध कप २०७४ को सेमीफाईनलमा चार टिम प्रवेश गरेका छन् । बिहीबार जिल्ला प्रहरी कार्यालय र कालीपुल युनाईटेड तथा आयोजक वौद्ध युवा क्लब एल्लो र एभरग्रिन युवा क्लब बल्याकबीच सेमीफाईनल हुने भएको हो । बुधबार भएको क्वाटर फाईनलमा जिल्ला […]

तेस्रो वौद्ध कपको बुधबारदेखि क्वाटर फाईनल

विकल्प न्यूज/बेनी बेनी ३ असोज । बेनीमा जारी तेस्रो वौद्ध कप फुटबल प्रतियोगिता अन्तरगत बुधबारदेखि क्वाटर फाईनलको खेल हुने भएको छ । बुधबार बिहान बागलुङ जिल्ला फुटबल संघ र वौद्ध सेतोबीचको खेलपछि प्रि क्वाटर फाईनल सकिने र क्वाटर फाईनल सुरु हुने आयोजक वौद्ध युवा क्लबले जनाएको छ । दसै पर्वको अवसरमा आईतबारदेखि सुरु भएको प्रतियोगिताको […]

तेस्रो वौद्ध कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

सन्तोष गौतम\विकल्प न्युज बेनी २९ भदौ । बेनीमा असोज १ गतेदेखि सुरु हुने तेस्रो वौद्ध कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । दसै तिहार पर्वको अवसरमा बेनपा ७ मंगलाघाटको वौद्ध युवा क्लबले आयोजना गरेको सर्वाधीक पुरस्कार राशीको तयारी अन्तिम चरणमा पुगेको हो । मंगला आमा समूह प्रतियोगिताको सहआयोजक रहेको छ । असोज ५ […]

रत्नेचौर फुटबल क्लवद्धारा सहयोगीहरुलाई सम्मान

विकल्प न्यूज/बेनी भदौ १८ गते । बेनी नगरपालिका १ रत्नेचौरमा रहेको रत्नेचौर फुटबल क्लबले सहयोगीहरुलाई सम्मान गरेको छ । हालै सम्पन्न भएको फुटबल प्रतियोगिताका सहयोगदाताहरुलाई शनिवार क्लबले सम्मान गरेको हो । सम्मान कार्यक्रममा क्लबले आयोजना गरेको प्रतियोगिताको आम्दानी र खर्च विवरणको सार्वजनिक गरेको क्लबले जनाएको छ । बेनी नगरपालिका–१ का वडा अध्यक्ष टेक बहादुर रावलको […]

‘आमाहरु’को आयोजनामा फुटबल प्रतियोगिता हुँदै

घनश्याम खड्का /म्याग्दी भदौ १७ गते ।   आगामी असोजको पहिलो साता म्याग्दीको बेनीमा मंगला आमा समूह र स्थानीय बौद्ध युवा क्लबको आयोजनामा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । एकलाख २५ हजार नगद पुरस्कार सहितको प्रतियोगितामा विभिन्न क्लब सहभागी हुनेछन् । अघिल्लो वर्ष पनि आमा समूह र युवा क्लबको सहकार्यमा फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । […]

सेभेन ए साईड कप फुटबल प्रतियोगिताको उपाधी उत्साही समुहलाई

विकल्प न्यूज/बेनी भदौ ११ गते । बेनी नगरपालिका १ रत्नेचौरमा आइतवार सम्पन्न सेभेन ए साईड कप फुटबल प्रतियोगिताको उपाधी पर्वत बेनीको उत्साही समुहले हात पारेको छ । रत्नेचौर फुटबल क्लब ए लाई एक का विरुद्ध दुई गोलले हराउँदै उत्साही समुहले उपाधी जितेको हो । सेमी फाईनलमा रत्नेचौर फुटबल क्लबले आरवाइसी टिमलाई ० का विरुद्ध ५ […]

तेस्रो एभरग्रीन कपको आम्दानी सामाजिक कार्यमा खर्चिने घोषणा

विकल्प न्यूज/बेनी भदौं १० गते । म्याग्दी सदरमुकाम बेनीमा खुल्ला संचालित तेस्रो एभरग्रीन कप सेभेन ए साईड कप फुटवल प्रतियोगिताको आयब्यय सार्वजनिक गरिएको छ । गत साउन १७ गतेदेखि २१ गतेसम्म बेनी स्थित खुलामञ्चमा सम्पन्न भएको प्रतियोगितामा कुल ११ लाख ९८ हजार ८७८ रुपैयाँ आम्दानी भएको थियो ।  प्रतियोगितामा दर्ता शुल्कबाट २ लाख ३० हजार, […]

उत्कृष्ट खेलाडीलाई सम्मान

विकल्प न्यूज/बेनी भदौं ८ गते । प्रथम छात्रा फुटबल प्रतियोगिताको अवसरमा जिल्ला खेलकुद विकास समिति म्याग्दीले खेलाडीहरुलाई सम्मान गरेको छ ।  राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलमा उत्कृष्ट घोषित विभिन्न विधाका खेलाडीलाई सम्मान गरिएको थियो । बेनपा–५ बगुवाखोलाको बालजागृति आधारभुत विद्यालयकी बौद्धिक अपाङ्गता कमला बरुवाल, आर्चरी खेलाडी राज पुर्जा, बंगलादेशमा आयोजित कराँते खेलमा स्वर्ण पदक विजेता चन्द्र […]

प्रथम छात्रा फुटबलको उपाधी वेष्ट प्वाइन्टलाई

विकल्प न्यूज/बेनी भदौं ८ गते । सदरमुकाम बेनी बजारमा आयोजित अन्तर विद्यालयस्तरीय प्रथम छात्रा फुटबलको उपाधी बेनीको न्यू वेष्ट प्वाइन्टले जितेको छ । जिल्ला खेलकुद विकास समितिद्धारा आयोजित प्रतियोगितामा बेनी सामुदायिक माविलाई एकका विरुद्ध दुइ गोल गर्दै वेष्ट प्वाइन्टले उपाधी जितेको हो । महिलाहरुको हरितालिका तीजको अवसरमा ‘हामी पनि सक्छौं’ भन्ने मुल नारासहित आयोजित प्रतियोगितामा […]

रत्नेचौरमा सेभेन ए साईड कप फुटबल प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी भदौ ७ गते । बेनी नगरपालिका १ रत्नेचौरमा बुधबारदेखि सेभेन ए साईड कप फुटबल प्रतियोगिता सुरु भएको छ ।रत्नेचौर फुटबल कल्वले आयोजना गरेको प्रतियोगिताको वडा अध्यक्ष टेकबहादुर रावलले उद्घाटन गर्नुभयो । उहाँले रत्नेचौर खेलमैदानलाई थप व्यवस्थित र पूर्वाधार निर्माण गरेर नियमित खेलकुद गतिबिधि सञ्चालन गर्न पहल गरेको बताउनुभयो । तिन दिनसम्म सञ्चालन हुने […]

बेनीमा प्रथम विद्यालयस्तरीय छात्रा फुटबल सुरू

विकल्प न्यूज/बेनी भदौ ७ गते । बेनीमा आज देखि अन्तर विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ ।  हरितालिका पर्व तिजका अवसरमा सो प्रतियोगिता सुरु गरिएको हो ।जिल्ला खेलकुद विकास समितिले आयोजनाको प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालय गरि १० टिमले सहभागिता जनाएको आयोजकले जनाएका छन् । प्रतियोगिताको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटनगर्नुभएको हो । उहाँले […]