भिडियो
कोरोना रोकथाममा खटिएका स्थानीय तहका स्वास्थ्यकर्मीलाई जिसीको साथ (भिडियो सहित)
विकल्प न्यूज/बेनी बैशाख १० गते । कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका म्याग्दीका स्वास्थ्यकर्मीहरुलाई युवा व्यवसायी नारायण जिसीले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रत्यक्ष रुपमा खटिएका स्वास्थ्यकर्मीहरुलाई जिसीले मास्क र स्यानीटाइजर सहयोग गर्नुभएको हो । मंगलबार मंगला,मालिका र धौलागिरि गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि गाउँपालिकामै पुगेर जिसीले सो सामग्रीहरु सहयोग गर्नुभएको […]
बेनी नगरले कोरोना रोकथाम कोषमा एककरोड पु¥यो, १० बेडको आइसोलेसन वार्ड बनाउने (भिडियो)
विकल्प न्यूज/बनी बैशाख ७ गते । बेनी नगरपालिकाले कोरोना रोकथाम,नियन्त्रण तथा राहत कोषमा एक करोड रुपैयाँ पु¥याउने भएको छ । आइतबार बेनीमा बसेको नगर कार्यपालिकाको ५७ औं वैठकले कोषमा पचास लाख थप्दै एककरोड पु¥याउने निर्णय गरेको प्रवक्त रामकृष्ण बराइलीले बताउनुभयो । यस अघि नगरले पचास लाख रुपैयाँको कोष बनाएको थियो । बैठकका निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार […]
कृषिमा लकडाउनको प्रभाव ः उत्पादीत तरकारी बारीमै सड्न थाल्यो (भिडियो)
विकल्प न्यूज/बेनी बैशाख ६ गते । जारी लकडाउनका कारण किसानले उत्पादन गरेको तरकारी बारीमै सड्न थालेको छ । लकडाउनका कारण बजार बन्द भएपछि बेनी नगरपालिका १ रत्नेचौर भुवानेका कृषकहरुले फलाएको तरकारीले बजार पाउन सकेको छैन । तरकारी बारीमा विग्रीन थालेपछि किसानहरु निराश भएका छन् । लकडाउनका कारण मल,विषाधी र बिउको अभाव भएको किसानहरुले बताएका छन् । उत्पादीत […]
म्याग्दीमा पहिलो चरणमा ३३ जनाको ¥यापीड टेष्ट, सबै नेगेटिभ
विकल्प न्यूज/बेनी चैत २९ गते । म्याग्दीमा शनिबार देखि बेनी नगरपालिकाबाट ¥यापीड टेष्ट सुरु गरिएको छ । चैत महिना यता विदेशबाट आएका व्यक्तिहरुको द्रुत परिक्षण (¥यापीड डाइगोनिष्टिक टेष्ट) लिन थालिएको छ । विश्वभरी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई रोकथाम गर्न विदेशबाट आएका सर्वसाधरणहरुको ¥यापीड टेष्ट लिन थालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य […]
उच्च मनोबलका साथ कोरोना भाइरस विरुद्धको लडाईमा जुट्नुहोस ः मुख्यमन्त्री गुरुङ (भिडियो)
विकल्प न्यूज/बेनी चैत २८ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उच्च मनोबलका साथ कोरोना भाइरसका विरुद्ध जुट्न अनुरोध गर्नुभएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउनलाई पूर्णरुपमा पालना गर्न उहाँले अनुरोध गर्नुभएको छ । शुक्रबार कोरोना भाइरस रोकथामका लागि भइरहेका प्रयासहरुको जानकारी लिन बेनी आउनुभएका मुख्यमन्त्री गुरुङले जिल्ला […]
नमुना काम ः बेनीका सडकमा गाई भोकभोकै मर्न थालेपछि लायन्सले खुबायो दानापानी (भिडियो /तस्विर)
विकल्प न्यूज/बेनी चैत २६ गते । https://www.youtube.com/watch?v=SQzpcPpfvOI लकडाउनको प्रभाव बेनीका सडकमा छाडा रुपमा छाडिएका पशुचौपायामा पर्न थालेको छ । लकडाउनका कारण बेनीका होटल र पसलहरु बन्द भएका छन् । तिनै होटल र पसलहरुबाट निस्केका पदार्थहरु खाएर बाँचेका गाईहरु यतिखेर खान नपाएर भोकभोकै मर्न थालेका छन् । मंगलबार र बुधवार २ वटा गाई मरेका छन् […]
कोरोना भाइरस नष्ट गर्न बेनी बजारमा क्लोरिन छरियो (भिडियो/तस्विर)
विकल्प न्यूज/बेनी चैत १५ गते । https://www.youtube.com/watch?v=pUJFIhkw9to विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसको जोखिमलाई कम गर्न बेनीका सडकहरुमा क्लोरिन छरिएका छ । शनिबार विहान प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको नेतृत्वमा प्रहरी नायव उपरिक्षक,शसस्त्र प्रहरी र नेपाल प्रहरीहरुको संयुक्त टोलीले दमकलबाट क्लोरिन छरिएको हो । कोरोना भाइरसको प्रकोपलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत बेनी बजारका सडकमा क्लोरिन मिसाइएको […]
दैनिक उपभोग्य वस्तुहरुको पर्याप्त स्टक छ, आत्तिनु पर्दैन ः प्रजिअ ढकाल (भिडियो)
विकल्प न्यूज/बेनी चैत ८ गते । म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले विश्वभरी रुपमा फैलिएको कोरोना भाइरस सँग जुद्ध्न सजगता अपनाउनुका साथै सर्तक हुन म्याग्दीवासीहरुलाई अपिल गर्नुभएको छ । त्रसित हुनुपर्ने अवस्था छैन तर सर्तकता अपनाउनुका साथै सजग हुनुपर्दछ उहाँले भन्नुभयो । दैनिक उपभोग्य वस्तुहरुको पर्याप्त स्टक भएकाले नआत्तिन अनुरोध गर्नुभएको छ । ग्यास,डिजिल,पेट्रोल र दैनिक […]
बेनपा १ सारेमारेका एकेन्द्र थापाको रहर लाग्दो बंगुरपालन (भिडियो)
विकल्प न्यूज/बेनी माघ १४ गते । बेनी नगरपालिका १ सारेमारेमा एकेन्द्र थापामगरले व्यवसायीक रुपमा बंगुर पालन गर्नुभएको छ । रोजगारीको शिलशिलामा विदेश जानुभएको थापामगर गाउँफर्किएर व्यवसायीक रुपमा बंगुरपालन व्यवसाय सुरु गर्नुभएको हो । उत्पादीत बंगुर पोखरा,म्याग्दीको बेनी,बागलुङ र पर्वत सम्म विक्री हुने उहाँ बताउनुहुन्छ । बंगुरपालनबाट मनग्गे आम्दानी हुने उहाँले बताउनुभयो । बंगुर पालन गर्न […]
हेर्नुहोस् परिश्रमी नरबहादुर थापाको बाख्रापालन व्यवसाय (भिडियो)
विकल्प न्यूज/बेनी माघ १३ गते । बेनी नगरपालिका १ हुलाकेका नरबहादुर थापा मगरले बोयर जातको बाख्रापालन गर्नुभएको छ । निसान बोयर बाख्रा फार्म दर्ता गरी थापाले व्यवस्थित रुपमा बाख्रापालन व्यवसाय सुरु गर्नुभएको छ । ३९ वर्षीय थापा इराकमा पाँचवर्ष विताई नेपाल फर्किएर बाख्रापालन व्यवसाय सुरु गर्नुभएको हो । पहिला खरिजातका बाख्रा पाल्नुभएका थापाले दुइवर्ष अगाडिबाट […]
बेनी नगरपालिका १ रत्नेचौरका वडा अध्यक्षद्धरा विकास गतिविधिका वारेमा जानकारी गराउँदै (भिडियो)
विकल्प न्यूज/बेनी माघ ७ गते । बेनी नगरपालिका १ रत्नेचौरका वडा अध्यक्ष टेक बहादुर रावल वडामा भएका विकास गतिविधिका वारेमा जानकारी गराउनुहुँदै । हेर्नुहोस भिडियो
बेनीमा माघेसंक्रान्ति मेला ः २५ तस्विर र भिडियोमा हेर्नुहोस
विकल्प न्यूज/बेनी पुस २९ गते । बेनीमा मंगलबार देखि माघे संक्रान्ति मेलाको आयोजना गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले बेनीको खुल्ला मञ्चमा दुईदिने मेलाको आयोजना गरेको हो । मेलाको गण्डकी प्रदेश सभाका सांसद विनोद केसीले उद्घाटन गर्नुभएको छ । मेलाको उद्घाटन पूर्व विभिन्न जातजातिका झाँकी,बाजागाजा र भेषभुषा […]
बेनी–जोमसोम सडकका मजदुरले पारिश्रमिक नपाएपछि आन्दोलित (भिडियोसहित)
विकल्प न्यूज/बेनी पुस १६ गते । राष्ट्रिय गौरबको आयोजना बेनी–जोमसोम–कोरला सडकमा काम गर्ने मजदुरहरुले लामो सयमदेखि पारिश्रमिक नपाएपछि आन्दोलित भएका छन् । मजदुरहरुले तलबको माग गर्दै बुधवार जिल्ला प्रशासन कार्यालय म्याग्दी अगाडि प्यालेकार्ड सहित शान्तिपूर्ण धर्नामा बसेका हुन । बेनी जोमसोम सडक खण्ड अन्र्तगत गलेश्वर देखि तातोपानी सम्मको सडक स्तरउन्नतीको ठेक्का लिएको ठेकेदार कम्पनी शर्मा एण्ड […]
जन्मथलोमा महिला भलिबल कप्तान अरुणा शाहीलाई सम्मान (भिडियो\फोटोसहित)
विकल्प न्यूज/बेनी पुस ११ गते । गाउँपालिका, वडा कार्यालय, आमासमुह लगायतका स्थानीयबासीहरुले बाजागाजासहित भब्य सम्मान गरेका हुन् । गाउँपालिकाको २ नम्वर वडा कार्यालयमा आयोजना गरिएको सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, वडा अध्यक्ष जीवन मल्ल, प्रमुख प्रशासकिय अधिकृत दिपक रेग्मी, नेकपाका गाउँपालिका अध्यक्ष दिपक कार्की र नेपाली काँग्रेस जिल्ला कमिटि सदस्य केवी […]