बिजनेस
परिश्रमी पवित्रा कार्की, जसले दैनिक बेनीमा डोकामा साग विक्री गर्नुहुन्छ

ठाकुरप्रसाद आचार्य/म्याग्दी फागुन २४ गते । आज मार्च ८ ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रमहरु गरेर मनाईदै छ । महिला अधिकारकर्मीहरुले अन्तरक्रिया,विचारगोष्ठी र सभासमारोहको आयोजना गरेका छन् । तर बेनी नगरपालिका २ खबरा लभ्लीहिलकी पवित्रा कार्की भने डोका साग बोकेर बेनी बजारमा घुम्दै हुनुहुन्छ । कार्कीलाई महिला दिवसका वारेमा केही थाहा छैन । कार्कीले […]
तालिम लिएपछि महिलाहरुले बनाए स्वादिष्ट अचार

विकल्प न्यूज/बेनी म्याग्दी, ५ फागुन । बेनीमा महिला उद्यमीहरुलाई ५ दिने अचार बनाउने तालिम दिईएको छ। म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिले महिलाहरुको आर्यआर्जन बढाउने उद्देश्यले उक्त तालिम संचालन गरेका हुन् । ५ दिनसम्म संचालन भएको तालिममा सहभागि ८० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुलाई स्थानीय उत्पादीत बस्तुहरुबाट अचारको परिकार […]
निर्माण व्यवसायी संघ म्याग्दीको ११ औँ एकता अधिवेशन फागुन अन्तिममा हुने

विकल्प न्यूज\बेनी माघ १७ गते । निर्माण व्यवसायी संघ म्याग्दीको २२ औँ साधारणसभा तथा ११ औँ एकता अधिवेशन आगामी फागुन २७ गते आयोजना हुने भएको छ ।मंगलबार बसेको संघको कार्यसमितिको बैठकले आगामी फागुन २७ गते जिल्ला सदरमुकाम बेनीमा रहेको संघको सभाहलमा अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो । यसअघि नारायण जिसी र गोपाल भट्टचनको अध्यक्षतामा […]
पहिचान बनाउँदै रत्नेचौरको ‘चिता हाउस’

म्याग्दी, माघ १५ गते । पछिल्लो समय भाइरल बस्ती भनेर चिनिने बेनी नगरपालिका –१ रत्नेचौरको तोरीको फाँटनजिकै रहेको चिता हाउस सञ्चालनको छोटो अवधिमै पहिचान बनाउन सफल भएको छ । दुई दाजुभाइले सुरु गरेको चिता हाउस सञ्चालनको दुई वर्षको अवधिमा आफ्नो पहिचान बनाउन सफल भएको हो । कुनै समय स्याल र चितुवाको बासस्थान मानिने तल्लो रत्नेचौरमा […]
ग्लोवल आइएमईको तातोपानीमा एक्सटेन्सन काउण्टर

विकल्प न्यूज/बेनी माघ ११ गते । म्याग्दीको बेनी नगरपालिका–४,तातोपानीमा ग्लोवल आइएमई बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउण्टर संचालन गरेको छ । बेनी नगरपालिका र छिमेकी मंगला गाउँपालिकाका बासिन्दालाई लक्षित गरी तातोपानी बजारमा बुधबार ६३ औं एक्सटेन्सन काउण्टर उद्घाटन गरि औपचारिक रुपमा संचालनमा ल्याईएको हो । काउण्टरको उदघाट्न गदैं बेनी नगरपालिकाका मेयर सुरत केसीले वित्तिय संस्थाको पहुँचले […]
मिलन सहकारीको प्रथम साधारणसभा, अध्यक्षमा राना

प्रताप बानियाँ/म्याग्दी पुस २७ गते । मिलन महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनी म्याग्दीको बुधवार सदरमुकाम बेनीमा प्रथम साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले तिलकुमारी रानाको अध्यक्षतामा सहकारीको ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा ज्ञानुकुमारी केसी, सचिवमा कमला शर्मा, कोषाध्यक्षमा सङ्गीता अधिकारी र सहसचिवमा हिरा जिसी बानियाँ […]
रघुगंगामा धमाधम निर्माण हुँदै तुन्डी पावरका जलविद्युत आयोजना

ठाकुरप्रसाद आचार्य/म्याग्दी पुस २५ गते । अपर राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह निर्माणका लागि एक्साभेटरले पहरा काट्दै । तस्विर ठाकुरप्रसाद आचार्य /म्याग्दी म्याग्दीको रघुगंगा गाउँपालिकाको माथिल्लो भेग हुँदै बग्ने राहुघाट नदीमा निर्माणधिन दुई जलविद्युत आयोजनाको निर्माण तीव्र पारिएको छ । तुन्डी पावर कम्पनीले दुई वर्षअघि ३७.५ मेगावाट क्षमताको राहुघाट मंगले र यसैको क्यसकेट आयोजना ४८.५ मेगावाट […]
सहकारीको रकम सिमित व्यक्तीले गलत रुपमा प्रयोग गर्दा तरलता अभावको समस्या

न्यूज/बेनी पुस २४ गते । म्याग्दी सदरमुकाम बेनीमा सहकारी सम्वन्धी समसामयिक विषयमा अन्तरक्रिया तथा समन्वय गोष्ठी सम्पन्न भएको छ । जिल्ला सहकारी संघ म्याग्दीको समन्वय तथा सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको आयोजनामा आइतवार बेनी नगरपालिकाको सभाहलमा कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा जिल्ला स्थित सम्पूर्ण सहकारी संस्थाका संचालक पदाधिकारी तथा प्रवन्धकहरुको सहभागिता रहेको कार्यक्रमको उद्घाटन […]
सौगात बहुउद्देश्यीय सहकारीको १३ औं वार्षिक साधारणसभा सम्पन्न

प्रताप बानियाँ/म्याग्दी पुस २४ गते । सौगात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको हिँजो (शनिवार) सदरमुकाम बेनीमा १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल बाल सङ्गठन म्याग्दीमा छ हजार आठसय ६५ रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेको जनाएको छ । साधारणसभामा सहकारीका कोषाध्यक्ष नेत्रराज सुवेदीले आर्थिक र कार्यसमिति सदस्य सीता गुरुङले […]
न्यू धौलागिरि सहकारीको २३औं वार्षिक साधारणसभा

प्रताप बानियाँ/म्याग्दी पुस २४ गते । ‘सक्षम सदस्य, प्रतिस्पर्धी र उत्कृष्ट साकोस’ भन्ने मूल नारासहित न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारी संस्थाको शनिवार सदरमुकाम बेनीमा एकाई प्रतिनिधिस्तरीय वार्षिक साधारणसभा आयोजना गरिएको हो । कुल ६ हजार ४ सय ६३ जना शेयर सदस्यबाट आठ करोड २३ […]
अन्नपूर्णको दानामा म्याद नाघेका सामानहरु छ्यापछ्याप्ती भेटिए

प्रताप बानियाँ/म्याग्दी पुस २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भूरुङ–तातोपानी, ३ नम्बर वडा दाना र ६ नम्बर वडाको पोखरेबगर क्षेत्रमा बजार अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा हिँजो (मङ्गलवार) अन्नपूर्णको तीन ठाउँमा सञ्चालित पसलहरुको अनुगमन गरिएको हो । दानामा ८ ओटा, भूरुङ–तातोपानीमा ४ र पोखरेबगर तथा रातोपानी क्षेत्रमा […]
होटल व्यवसायी महासंघको सचिबमा आचार्य र केन्द्रीय सदस्यमा बरुवाल चयन

विकल्प न्यूज\बेनी पुस २० गते । चितवनमा बुधवार सम्पन्न भएको होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय सचिबमा म्याग्दीका होटल व्यवसायी ताराप्रसाद आचार्य(बाबुराम) निर्वाचित हुनुभएको छ । चितवनको सौराहमा सम्पन्न महासंघको दशौं साधारणसभा तथा चौथो अधिवेशनबाट सचिवमा आचार्य र केन्द्रीय सदस्यमा म्याग्दीकै युवा होटल व्यवसायी सागर बरुवाल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो । आचार्य बेनीमा होटल याक […]
सिंगाका किसानले फलाए एककरोडका सुन्तला

ठाकुरप्रसाद आचार्य/म्याग्दी पुस २० गते । म्याग्दीको बेनी नगरपालिका ४ बास्कुनाकी देवी क्षेत्रीको सुन्तला बगैँचा गत असोजको पहिलो हप्तामानै बिक्री भयो । बास्कुनाकै दिर्घबहादुर खत्रीको बगैँचा पनि असोजमै विक्री भयो । असोजमा पेश्कीवापतको रकम बुझाएका पोखरा,काठमाण्डौं,चितवनका सुन्तला व्यापारीहरु यतिखेर वाँकी पैसा बुझाएर सुन्तला टिप्न आएका छन् । बेनी नगरपालिका ४ सिंगाका किसानहरुले यो वर्ष मात्र […]
कालिगण्डकीमा ¥याफ्टिङ सुविधा सहितको होटल सञ्चालन

विकल्प न्यूज/बेनी पुस १८ गते । सदरमुकाम बेनी बजारको कालिपुल स्थित वसपार्कमा कालिगण्डकी नदीमा ¥याफ्टिङ सुविधा सहितको होटल सञ्चालनमा आएको छ । रघुगंगा गाउँपालिका ७ चिमखोलाका गमबहादुर पुनले कालिगण्डकी नदी किनारमा सञ्चालनमा ल्याउनुभएको होटल गण्डकी एण्ड रेष्टुरेण्टको आइतबार म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले उद्घाटन गर्नुभयो । बेनी जोमसोम कोरला सडकको प्रवेशद्धारका […]
सातौं म्याग्दी महोत्सवको तयारी तीव्र

विकल्प न्यूज/बेनी पुस १७ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गर्ने सातौं म्याग्दी महोत्सवको तयारी तीव्र पारिएको छ । आगमी पुस २८ गते देखि माघ ७ गते सम्म बेनीमा आयोजना हुने प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ सञ्चालन गर्न लागिएको हो । बेनीमा माघे संक्रान्ति पर्वको अवसरमा लाग्दै आएको […]