बिजनेस

न्यू धौलागिरि सहकारीको २४औं वार्षिक साधारणसभा

विकल्प न्यूज/बेनी म्याग्दी, १० पुस । न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। पर्वत बेनीस्थित ज्ञान गौरी रिसोर्टमा मंगलबार सहकारीका एकाई प्रतिनिधिको उपस्थितमा भएको वार्षिक साधारणसभाको उद्घाटन सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजालले गर्नुभएको थियो । म्याग्दीको जेठो सहकारी रुपमा चिनिएको न्यू धौलागिरीमा ७ हजार १२३ जना […]

उद्योग दिवसका अवसरमा म्याग्दीका उद्यमी पुरस्कृत

विकल्प न्यूज/बेनी मंसिर ९ गते ।  नवौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आज म्याग्दीमा उद्यामीलाई पुरस्कृत गरिएको छ । जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयले बुटिक व्यवसायी चन्द्रा घले र बाख्रापालक कृषक धनबहादुर श्रीसलाई नगद पाँच-पाँच हजारसहित पुरस्कृत गरेको हो । सोही अवसरमा चालु आर्थिक वर्षको प्रविधि हस्तान्तरण कार्यक्रममार्फत नौ लाख ७१ हजार मूल्य बराबरको सामग्री खरिदका […]

गरिमा विकास बैंकले १७ औं बार्षिकोत्सवमा गलेश्वरधाममा न्यानो कपडा वितरण

विकल्प न्यूज\बेनी मंसिर ७ गते ।  गरिमा विकास बैंकले बेनी नगरपालिका–९ स्थित गलेश्वरधामको आश्रममा बस्ने ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरेको छ । बैकले आफ्नो १७ औं बार्षिकोत्सवको अवसरमा बिहिबार एक कार्यक्रमका बिच ५५ बृद्धबृद्धालाई सुइटर वितरण गरेको हो। बैंकका पूर्व सञ्चालक समितिका सदस्य एवम् बेनी नगरपालिकाका प्रथम मेयर हरिकुमार श्रेष्ठले ९४ बर्षिया धनसरी पाइजालाई […]

अफगानिस्तान नफापेर गाउँ फर्किएका हरि कृषिमा रमाउदै

विकल्प न्यूज\बेनी म्याग्दी,मङ्सिर ७ गते । बेनी नगरपालिका १० पात्लेखेतका युवा हरी गर्बुजालाई यतिखेर गोलभेडा विक्री गर्न भ्याईनभ्याई छ । स्थानीय एक व्यक्तिको १५ रोपनी जमिन भाडामा लिएर कृषि पेसा थाल्नुभएका गर्बुजाले तरकारी उत्पादन गरेर राम्रो आम्दानी लिन सफल हुनुभएको छ । दश वर्ष अघि वैदेशिक रोजगारीका लागि अफगानिस्तान पुग्नुभएका गर्बुजा ८ महिनामै स्वदेश फर्किएर […]

सिवाईसीको बेनी सेवा केन्द्रको १४ औ साधारणसभा सम्पन्न

बेनी, ६ मंसिर ।   सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको बेनी सेवा केन्द्र स्तरीय साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । बेनी सहित २५ वटा सेवा केन्द्र रहेको सहकारीको २५ हजार ७३ जना सेयर सदस्य रहेका छन । रु. नौ करोड ४४ लाख ४४ हजार शेयर पुँजी रहेको संस्थामा गत आर्थिक वर्ष २०७९\८० मा […]

बेनीमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम

 विकल्प न्यूज/बेनी मंसिर ४ गते । ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने मूल नारासहित आज (सोमबार) म्याग्दीको सदरमुकाम बेनीमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय कर दिवस–२०८० को अवसरमा बेनी नगरपालिकाको आयोजना, आन्तरिक राजश्व कार्यालय बागलुङको समन्वय र म्याग्दी उद्योग वाणिज्य संघको व्यवस्थापनमा कार्यक्रम […]

म्याग्दीमा जलविद्युतमा काम गर्ने २१ मजदुरको ज्यान गयो

म्याग्दी, कात्तिक २७ गते । जलविद्युत् उत्पादनका लागि पछिल्लो समय निकै महत्वपूर्ण देखिएको हिमाली जिल्ला म्याग्दीभित्र निर्माणाधीन जलविद्युत् आयोजनामा काम गर्ने २१ जना मजदुरको ज्यान गएको छ । पछिल्लो तथ्याङ्कअनुसार २०७६ यता मात्रै २१ मजदुरले जलविद्युत् निर्माणको काम गर्ने क्रममा ज्यान गुमाएका हुन् । २०८० कात्तिक ४ गते रघुगङ्गा गाउँपालिका –७ गौडामुनीमा निर्माणाधीन टुण्डी हाइड्रोपावरद्वारा […]

बोयर बाख्रपालनमा रमाएका भकिम्लीका धन श्रीस

ठाकुरप्रसाद आचार्य म्याग्दी,कात्तिक २० गते । बेनी नगरपालिका ३ भकिम्लीका धनबहादुर श्रीसले १२ वर्ष देखि व्यावसायिक बाख्रापालन गर्दै आउनुभएको छ । १५ वर्ष विदेशमा विताउनुभएका श्रीसले गाउँ फर्किएर बोयर जातका बाख्रा पाल्न थाल्नुभएको हो । अहिले उहाँले जिल्लाकै नमुना किसानको पहिचान बनाउनुभएको छ । उहाँले श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्म प्रा.लि मार्फत बोयर बाख्राको […]

भ्रमण संस्कृति : सहरका गाउँमा, गाउँका सहरमा

गलेश्वर (म्याग्दी), कात्तिक १६ गते । शारदीययामसँगै भ्रमणको मौसम सुरु भएको छ । चाडपर्वको रौनकसँगै गाउँघरतिर मेलापर्व चलिरहेका छन् । सहरबजारतिर व्यापार व्यसायको याम छ । आकास खुलेको छ । हिमाल टल्कीएका छन् । वर्षा हुन रोकिएको छ । यही मौकामा घुमफिर गर्न र रमाउन सहरतिरका युवायुवती म्याग्दीका पर्यटकीयस्थलमा उक्लिएका छन् भने गाउँका विद्यार्थी, युवा […]

बाँदुकमा झाडी फाँडेर सामूहिक सुन्तला खेती

विकल्प न्यूज/बेनी कात्तिक १२ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ कल्लेरीमा २२ वर्षअघिसम्म छ–सात घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँखेती गर्ने बारी थियो । विसं २०५८ को बर्खामा पहिरोले कल्लेरीको पाखोबारी मात्र पुरिएन त्यहाँको बस्ती नै विस्थापित भयो । पहिरोपछि कल्लेरीको पाखो उत्तीस, अ‍ैसेलु, वनमारा उम्रिएर झाडीमा परिणत भयो । बादुकमा जन्मिएर हाल बेलायतमा […]

धार्मिक पर्यटकीय स्थल गलेश्वरबाट होटल याकको सेवा सुरु

विकल्प न्यूज/बेनी कात्तिक १२ गते । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक पर्यटकीय स्थल गलेश्वरमा सुविधायुक्त होटल सञ्चालन भएको छ । बेनीको अस्पतालचोकमा रहेको होटल याकले गलेश्वरमा आफ्नै भवन लगायतका पूर्वाधार बनाएर गत हप्तादेखि सेवा शुरु गरेको हो । याक होटलका प्रबन्धक बासुदेव सुवेदीले निर्माणको अन्तिम चरणमा रहेको भवनका ४० वटा मध्य २६ वटा कोठा प्रयोगमा […]

उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै बेलढुङ्गा

कात्तिक १० गते ।  बेलढुङ्गा बागलुङ र म्याग्दीको सिमानामा पर्छ । उच्च पहाडी क्षेत्रमा रहेको बेलढुङ्गा सिमाना मात्रै नभएर पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । स्वच्छ हावापानी, मनोरम वातावरण र यहाँबाट देखिने अनगिन्ती हिमालले धेरैलाई आकर्षित गरिरहेको छ । बाह्रै महिना बेलुङ्गामा पर्यटक आए पनि यस याममा अझ बढी आउने अपेक्षा […]

मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत वित्तीय लगानी सुनिश्चित

काठमाडौं, कात्तिक १ गते । विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत लगानी सुनिश्चित भएको छ । विश्वकै लामो मुक्तिनाथ केबलकार बनाउनका लागि भारतको के. एण्ड आर. इन्जिनियरिङ लिमिटेडले केबलकार परियोजना निर्माणका साथै लगानी गर्ने गरी इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउने भएको हो । इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) […]

बेनी बचतको अध्यक्षमा सञ्जय श्रेष्ठ चयन

बेनी, ३० असोज । म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सञ्जयकुमार श्रेष्ठ चयन हुनुभएको छ । बेनीमा सोमबार सम्पन्न औ वार्षिक साधारणसभाबाट ४ वर्षे कार्यकालको लागि श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । सञ्चालक समितिको उपाध्यक्षमा माधवप्रसाद रेग्मी, सचिवमा चन्द्रबहादुर घिमिरे, कोषाध्यक्षमा कमलप्रसाद श्रेष्ठ, सदस्यहरुमा यजनलाल […]

परिश्रमी खिम ः बङ्गुरपालनमा रमाउँदै (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य \बेनी असोज २२ गते । यहाँका एक युवाले सरकारी अनुदान पाएपछि व्यावसायिक बङगुरपालन थाल्नुभएको छ । पैसाको अभावमा खोर निर्माण र बंगुर खरिद गर्न समस्या भोग्दै आउनुभएका बेनी नगरपालिका ३ भकिम्ली राँखुका खिमबहादुर पुनले सरकार स्तरबाट अनुदान पाएपछि व्यवस्थित खोर निर्माण गरी व्यवसायिक रुपमा बङ्गुरपाल्न थाल्नुभएको हो । लगानी गर्ने पूँजीको अभावमा भौतारिनु […]