समाचार
पोखरामा सम्पन्न फुटसलमा रिभर साइड बगरफाँट क्लवले जित्यो डेढ लाख पुरस्कार
ध्रुवसागर शर्मा \बेनी माघ १४ गते । पोखरामा शनिवार सम्पन्न दुईवटा फुटसल प्रतियोगितामा म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट स्थित रिभर साइड बगरफाँट युवा क्लवले प्रथम र द्धितीय स्थान प्राप्त गर्दै रु १ लाख ५० हजार पुरस्कार जितेको छ । शनिवार सम्पन्न अविनास तामाङ प्रसिडेन्ट दोस्रो केआइईसी पोखरा फुटसल टुर्नामेण्टमा रिभरसाइड बगरफाँट युवा क्लवले प्रथम स्थान […]
गण्डकीले जित्यो टाइगर कपको उपाधि
१४ माघ, पोखरा । पोखरामा सञ्चालित टाइगर कपको तेस्रो संस्करणको उपाधि गण्डकी प्रदेशले जितेको छ । घरेलु मैदानमा दर्शकको समर्थनमा गण्डकीले विभागीय टिम एपीएफलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि रक्षा गर्न सफल भयो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो । खेलको पहिलो सेटमा एपीएफले २५–१६ अन्तरले […]
प्रभा मावि नारच्याङलाई तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि
विकल्प न्यूज/बेनी माघ १४ गते । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तर मावि स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रभा माध्यमिक विद्यालय नारच्याङले जितेको छ । शनिबार वडा नम्बर १ दाेबामा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ३ कास्य पदक हात पार्दै प्रभा मावि नारच्याङ प्रथम हुन सफल भएको हो । त्यसैगरि प्रतियोगितामा […]
एपिएफलाई टाइगर कप भलिबलको उपाधि
विकल्प न्यूज/पोखरा माघ १४ गते । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कास्कीको पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’को महिलातर्फको उपाधि जितेको छ। पोखरा रङ्गशालामा शनिबार भएको खेलमा अर्को विभागीय त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पन्छाउँदै एपिएफले उपाधि जितेको हो। पहिलो सेट २५–२० ले […]
जलजलामा प्रथम ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता सुरु
म्याग्दी, १३ माघ । जलजला गाउँपालिकाको आयोजनामा अन्तर मावि स्तरिय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जलजलाको वडानम्वर ४ स्थित मोहनचोकमा शुक्रबार देखि संचालित विद्यालयस्तरको खेलकुद प्रतियोगिताको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले गाउँपालिकाले […]
म्याग्दीको पर्यटन विकासलाई प्राथमिकता ः मन्त्री जुग्जाली
विकल्प न्यूज/बेनी बेनी, १३ माघ । गण्डकी प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुदर जुग्जालीलाई गृहजिल्ला म्याग्दीमा स्वागत तथा सम्मान गरिएको छ । नेकपा ९माओवादी केन्द्र० म्याग्दीले नव नियुक्त मन्त्री जुग्जालीको स्वागत एवम् सम्मानमा शुक्रवार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री जुग्जालीले पर्यटनको विकास मार्फत समृद्धिको ढोका खुल्ने बताउनुभएको छ । ‘‘गण्डकी प्रदेश पर्यटनको […]
मंगलामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
विकल्प न्यूज/बेनी माघ १३ गते । म्याग्दीको मंगला गाउँपालिकामा अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबार देखि सुरु भएको छ । वडा नम्बर २ सहस्रधारा स्थित मालिका युवा क्बलको खेलमैदानमा भएको प्रतियोगितामा १० विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले पालिका स्तरमा हुने खेलकुद […]
अनेरास्ववियु म्याग्दीको अध्यक्षमा मिलन खत्री निर्वाचित
विकल्प न्यूज/बेनी माघ १३ गते । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन म्याग्दीको अध्यक्षमा मिलन खत्री निर्वाचित हुनुभएको छ । विहिवार बेनीमा सम्पन्न भएको २० औं जिल्ला अधिबेशनले खत्रीको नेतृत्वमा २७ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत निर्वाचित गरेको हो । कमिटिको उपाध्यक्षमा सुनिता बेल्बासे, सचिवमा खुमबहादुर किसान, उपसचिवमा उदयबहादुर दर्जी र कोषाध्यक्षमा सागर […]
अयोध्या लैजाने शिलाको भव्य कार्यक्रमकाबीच हस्तान्तरण (भिडियो\फोटोसहित)
ठाकुरप्रसाद आचार्य/बेनी माघ १२ गते । भारतको अयोध्यामा निर्माणधिन राममन्दिरमा राखिने मुर्ति बनाउनका लागि लैजाने शिलाको विशेष पूजाआजा सहित विहिवार हस्तान्तरण गरिएको छ । वसन्तपञ्चमीको अवसर पारेर गलेश्वर मन्दिरमा शिलाको पूजाआजा गरी शोभायात्रा सहित हस्तान्तरण गरिएको हो । विहिवार विहान ८ बजेको साइतमा बेनी नगरपालिका ९ स्थित गलेश्वरधाम मन्दिरमा पुजापाठ,भजनकृतन र विभिन्न जातजातिका झाँकी सहित […]
माघ १५ गते देखि वडास्तरमा राष्ट्रिय परिचयपत्र दर्ता अभियान
विकल्प न्यूज/बेनी माघ १२ गते । जिल्लामा आगमी माघ १५ गते देखि वडास्तरबाट राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालनको तयारी गरीएको छ । जिल्ला प्रशासन कार्यालयबाट मात्र परिचयपत्र दर्ता गर्दा सर्वसाधारणहरुलाई सास्ती भएको भन्दै सहजताका लागि वडास्तरमा टोली खटाइन लागेको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बेनी नगरपालिकाबाट […]
श्रीरामको मूर्ति बनाउन कालीगण्डकीबाट शिला निकालियो
विकल्प न्यूज\बेनी माघ ११ गते । भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउनका लागि आज कालीगण्डकी नदीबाट शिला निकालिएको छ । शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको शिलाबाट हिन्दूको प्रसिद्ध धार्मिकस्थल अयोध्यामा भगवान श्रीरामको बालरुपको मूर्ति निर्माण गरिनेछ । म्याग्दीको बेनी नगरपालिका-६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारमा रहेको शिला क्रेनमार्फत् निकालेर गलेश्वर […]
मालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
विकल्प न्यूज\बेनी माघ ११ गते । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बुधबार माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । मालिका गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले नगद ८० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । […]
पाँच वर्षभित्रमा पर्वतका ६१ वटै वडामा कालोपत्रे सडक ः स्वास्थ्यमन्त्री गिरी
अगन्धर तिवारी /पर्वत माघ ११ गते । स्वास्थ्यमन्त्री पदम गिरीले हरेक स्थानीय तहका पालिकास्तरीय अस्पतालमा शल्यक्रियासहितको जनशक्ति व्यवस्थापन गर्ने दाबी गरेका छन् । पर्वत उद्योग वाणिज्य संघले कुश्मामा बुधबारदेखि आयोजना गरेको सातौं पर्वत महोत्सवको उद्घाटनका अवसरमा मन्त्री गिरीले यस्तो बताएका हुन् । स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि पहिलोपटक गृहजिल्ला आएका गिरीले उपचार अभावकै कारण अब कोही नेपालीहरूले […]
सुझाव र गुनासो संकलन गर्न मालिकामा सार्वजनिक सुनुवाई(भिडियोसहित)
विकल्प न्यूज\बेनी माघ ११ गते । म्याग्दीको मालिका गाउँपालिकाको आयोजनामा मङ्गलवार दरबाङमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गएको आर्थिक वर्ष २०७८\०७९ मा भए गरेका कार्यक्रम तथा योजना र चालु आव ०७९\८० को पहिलो छ महिनाको अवधिमा सम्पादित कार्यक्रम एवं योजनाहरुको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको मालिका गाउँपालिकाले जनाएको छ । सार्वजनिक सेवा […]
कुस्मामा सातौं पर्वत महोत्सव शुरु
विकल्प न्यूज/पर्वत माघ ११ गते । पर्वतको कुस्मामा सातौं पर्वत महोत्सव शुरु भएको छ । माघ ११ गतेदेखि २१ गतेसम्म आयोजना गरिएको सातौ पर्वत महोत्सवको बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले उद्घाटन गर्नुभयो । पर्वत उद्योग वाणिज्य संघको आयोजनामा गण्डकी प्रदेश स्तरीय व्यापार मेला तथा सातौँ पर्वत महोत्सवको उद्घाटन गर्दै मन्त्री गिरीले पर्वतको महोत्सवले […]