विकल्प न्यूज/बेनी
माघ १३ गते ।
नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन म्याग्दीको अध्यक्षमा मिलन खत्री निर्वाचित हुनुभएको छ । विहिवार बेनीमा सम्पन्न भएको २० औं जिल्ला अधिबेशनले खत्रीको नेतृत्वमा २७ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत निर्वाचित गरेको हो ।
कमिटिको उपाध्यक्षमा सुनिता बेल्बासे, सचिवमा खुमबहादुर किसान, उपसचिवमा उदयबहादुर दर्जी र कोषाध्यक्षमा सागर शर्मा रहनुभएको छ । जिल्ला अधिवेशनमा अनेरास्ववियुका केन्द्रिय उपमहासचिव नरेश रोकाया, एमालेका जिल्लाअध्यक्ष देवेन्द्र बहादुर केसी, अनेरास्ववियु गण्डकी प्रदेश कमिटि अध्यक्ष प्रकाश पौडेल लगायतका नेता तथा पार्टीका जिल्लाका नेताहरुको उपस्थित रहेको थियो ।