ताजा समाचार:
Search

समाचार

साविक खाद्यय संस्थानको भवनबाट पत्रकार महासंघ म्याग्दीको कार्यालय संचालन

विकल्प न्यूज/बेनी भदौ,७ गते । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले आफ्नै भवनबाट कार्यालय संचालनमा ल्याएको छ । लामो समय देखि निजी घरमा कोठा भाडामा लिएर कार्यालय संचालन गर्दै आएको महासंघले भदौ १ गते देखि बेनीको विरेन्द्रचोक स्थित साविक खाद्यय संस्थानको भवनलाई मर्मत सम्भार गरेर कार्यालय संचालनमा ल्याएको हो । बेनी नगरपालिकाको नाममा रहेको साविक […]

ओभरटेक गर्ने क्रममा त्रिशूलीमा बस खसेको प्रहरी अनुमान

विकल्प न्यूज/बेनी भदौं,६ गते । काठमाडौंबाट म्याग्दी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२, चालिसेस्थित त्रिशूली नदीमा खस्दा आठजनाको मृत्यु भएको छ ।  प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ राजमार्गबाट करिब ४० मिटर तल खसेको धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवालले जानकारी दिए । साँधुरो र घुम्ती मोडमा ओभरटेक गर्ने क्रममा बस नदीमा […]

काठमाडौँबाट बेनी आउँदै गरेको बस दुर्घटनामा ८ जनाको मृत्यु

विकल्प न्यूज\बेनी भदौ,६ गते । काठमाडौंबाट म्याग्दी सदरमुकाम बेनी आउदै गरेको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । धादिङका जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको पुष्टी गर्नुभयो । मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन् । घाइते ८ जनाको उद्दार भइसकेको छ […]

काठमाडौँबाट बेनी आउँदै गरेको बस त्रिशुलीमा खस्यो

विकल्प न्यूज\बेनी भदौ,६ गते । काठमाण्डौं देखि बेनी आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा बुधवार विहान खसेको हो । काठमाडौंबाट म्याग्दीको बेनी आउँदै गरेको धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि बाट सञ्चालित म्याग्दी कोरलाको ९९५२ नम्बरको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो […]

पहिरोबाट विस्थापित दानाका सुवाबासीलाई आपतकालिन राहत

दाना, ५ भदौ । पहिरोबाट विस्थापित भएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुवाका बासिन्दाहरुलाई मंगलबार आपतकालिन राहत वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, म्याग्दीले २० घरपरिवारलाई रु. एक लाख दश हजार नगद वितरण गरेको हो । दानाका वडा अध्यक्ष रमेश पुर्जाले पहिरोबाट घर भत्किएका सतबिर पाईजालाई रु. १५ हजार र विस्थापित अन्य १९ जनालाई रु. […]

लोमान्थाङमा यार्तुङ पर्वको रौनक (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/बेनी भदौ,५ गते ।  हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङमा सास्कृतिक पर्व यार्तुङ सोमबार देखि सुरु भएको छ । सुन्दर एतिहासिक लोमान्थाङ मौलिक सस्कृतिको उद्गमस्थल पनि हो । यार्तुङ पर्वको धार्मिक एवम सांस्कृतिक महत्व छ । लोमान्थाङवासीहरुले सयौं वर्ष पुरानो यार्तुङ पर्वलाई अहिले पनि निरन्तरता दिँदै आएका छन् । वर्षमा एकपटक उनीहरुले धुमधाम सँग यो पर्व […]

बेनी–जोमसोम सडक खण्डमा वैकल्पिक मार्गको माग

विकल्प न्युज/ बेनी भदौ ५ गते । बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना खण्डमा पहिराले सडक क्षतविक्षत भएपछि यहाँका सरोकारवालाहरुले वैकल्पिक सडकको माग गरेका छन् ।  अविरल वर्षासँगै आएको बाढी र पहिराले अन्नपूर्ण गाउँपालिकाको नारच्याङ पुलदेखि दानासम्म करिब ५५ बढी ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । पहिरोग्रस्त क्षेत्रको विकल्पमा नारच्याङको गाडपार र […]

बेनीमा एकमहिने बर्खे नाच देखाउन सुरु

विकल्प न्यूज\बेनी ४ भदौ । म्याग्दीको सदरमुकाम बेनीमा नेपाल भाषा मंकाखल अन्तरगत ल्याम्हस् पूचस् हरुले ९युवा० बर्खे नाच देखाउन सुरु गरेका छन् । नागपञ्चमीको अवसरमा बर्खे नाच अन्तरगत युवाहरु मिलेर बेनीको पुरानोे लाखे नाच देखाएका हुन् । लाखे नाचलाई नेवार समुदायको पुरानो संस्कृतिको रुपमा लिने गरिन्छ । नेवार संस्कृतिमध्ये बर्खे नाच अन्तर्गत हरेक वर्षको नागपञ्चमीका […]

मन्त्री जुुग्जालीद्वारा एकसय दिनकाे प्रगति विवरण सार्वजनिक

विकल्प न्युज / पाेखरा भदौ ४ गते । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले रुग्न आयोजनाको संख्या घटाएको छ । गत वैशाख २९ गते पदभार सम्हालेका मन्त्री रेशमबहादुर जुुग्जालीले सोमबार एक सय दिनका कार्यप्रगति विवरण सार्वजनिक गर्दै निर्माण व्यवसायीहरुलाई काममा फर्काएर रुग्न आयोजनाको संख्या घटाएको जानकारी दिनुुभयो । “मैले पदभार सम्हाल्दा यस […]

अन्नपूर्णको सुवा गाउँ पहिरोको चपेटामा (भिडियो/तस्विर)

ठाकुरप्रसाद आचार्य/बेनी भदौं ४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुवा गाउँमा पहिरोले १० घरपरिवार विस्थापित भएका छन् । गत साउन ३२ गते रातिको अविरल वर्षाले गाउँको शिर र पुछारको कालीगण्डकी नदीतिरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि ती परिवार विस्थापित हुन पुगेका हुन् । पहिरोले सुवा गाउँमा एक घर पूर्णरुपमा क्षति भएको छ । स्थानीय […]

मोनाको नयाँ नेतृत्वका लागि घारका ददीवल खड्काको ः उम्मेदवारी

विकल्प न्यूज/बेनी भदौं २ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको आगामी असोज २६–२८ (अक्टोवर १३–१५)सम्म म्याग्दी सदरमुकाम बेनीमा आयोजना हुने पाँचौ महाधिवेशनमा बरिष्ठ उपाध्यक्ष ददीवल खड्काले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन । अन्नपूर्ण गाउँपालिका, ६ घार पुख्यौली थलो भै लोमो समयदेखी जापानलाई कर्मथलो बनाउँदै आएका सफल ब्यवसायी ददीवल खड्काले मोनाको […]

संस्कृत भाषा पढ्दै निजामती कर्मचारी

विकल्प न्यूज/पर्वत साउन ३२ गते ।  पर्वतका निजामती कर्मचारीले संस्कृत भाषा पढ्न थालेका छन् । विसं २०५६/५७ देखि विद्यालय तहका पाठ्यक्रमबाट हटाइएको संस्कृत भाषाको जगेर्ना गर्ने उद्देश्यले यहाँका निजामती कर्मचारीले संस्कृत भाषा सिक्न थालेका हुन् । पछिल्लो समय हरेक क्षेत्रमा संस्कृत भाषाको प्रयोग र महत्त्व बढ्दै जानुका साथै विभिन्न धार्मिक ग्रन्थ, लिपि र ऐतिहासिक दस्तावेजको […]

बेनीको मंगलाघाटमा सुख्खा पहिरो झ¥यो

विकल्प न्यूज/बेनी साउन ३२ गते । सदरमुकाम बेनी बजारको मंगलाघाटमा सुख्खा पहिरो खसेको छ । मंगलाघाट पारि रहेको बेनी नगरपालिका वडा नम्बर २ को भिरबाट विहिवार विहान साढे १० बजेतिर सुख्खा पहिरो म्याग्दी खोलामा खसेको हो । पहिरो खसेपछि बेनी– बगरफाँट, भकिम्ले सडक अवरुद्ध भएको छ । म्याग्दी खोलाको किनारमा बेनी खानेपानीले तथा सरसफाई उपभोक्ता […]

कालिगण्डकी कटानले अन्नपूर्णको घराप वस्ती जोखिममा

विकल्प नयूज/बेनी साउन ३२ गते । कालिगण्डकी नदीको कटानका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित घराप वस्ती जोखिममा परेको छ । कालिगण्डकी नदीमा पानीको सतह बढेसँगै नदी किनारको जमिन कटान हुनथालेपछि वस्ती जोखिममा परेको हो । घराप वस्तीमा जाने सडक कटानका कारण खसेको छ । घराप जाने सडक नदी कटानले खसालेको छ अन्नपूर्ण गाउँपालिका […]

बैंसरीमा पहिरो हटाएपछि बेनी–जोमसोम सडक खुल्यो

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ३१ गते । कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडक ११ दिनपछि खुलेको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाको २ र ३ नम्बर वडाको सीमानामा पर्ने बैंसरी खण्डमा पहिरो पन्छाएपछि बुधवार विहान देखि यातायात संचालनमा आएको हो । बैंसरीको अधेरीखोलाबाट खसेको पहिरोका कारण ११ दिनदेखि यातायात अवरुद्ध हुँदै आएको थियो । सडक संचालनमा आएसँगै रोकिएर […]