कालिगण्डकी कटानले अन्नपूर्णको घराप वस्ती जोखिममा

विकल्प नयूज/बेनी
साउन ३२ गते ।

कालिगण्डकी नदीको कटानका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित घराप वस्ती जोखिममा परेको छ । कालिगण्डकी नदीमा पानीको सतह बढेसँगै नदी किनारको जमिन कटान हुनथालेपछि वस्ती जोखिममा परेको हो । घराप वस्तीमा जाने सडक कटानका कारण खसेको छ ।
घराप जाने सडक नदी कटानले खसालेको छ अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले भन्नुभयो, ‘‘सडक खसेसँगै १५ घर बसोबास गर्ने घराप वस्ती नदी कटानको उच्च जोखिमा परेको छ । वस्ती संरक्षणका लागि नदी किनारमा तटबन्धन आवश्यक छ ।’’
उहाँका अनुसार नदी कटान र पहिरोका कारण ठारे स्वारामा ४५ घर र कोप्चेपानीमा २५ घर जोखिममा रहेका छन् । नदी कटानका कारण घराप,गाडपार,ठारेस्वारा र कोप्चेपानी सम्मको ग्रामिण सडक अवरुद्ध भएको वडाध्यक्ष फगामीले बताउनुभयो ।