समाचार
प्रदेश सरकारले चित्रे–घोडेपानी सडक स्तरोन्नति र घोडेपानी–उल्लेरी सडकले जोड्ने

घोडेपानी १६ मंसिर ः गण्डकी प्रदेश सरकारका मुुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले म्याग्दीको पर्यटकीय स्थल घोडेपानीलाई कास्कीसँग सडक सञ्जालले जोड्ने र चित्रे देखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गरिने बताउनुु भएको छ । भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको समिक्षा कार्यक्रममा सहभागी हुन शुक्रबार म्याग्दीको घोडेपानी आउनुुभएका मुुख्यमन्त्री पाण्डेले स्थानीयबासीले आयोजना गरेको स्वागत कार्यक्रममा पदमार्गको महत्व […]
गाउँपालिकाद्वारा अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दाबी

विकल्प न्यूज / बेनी मंसिर १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमाल आरोहणको रोयल्टी (सलामी) दस्तुरमा दाबी गरेको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल, आरोहीले प्रयोग गर्ने आधार शिविर र मार्ग म्याग्दीको भूगोलमा पर्ने तथ्यसहित रोयल्टी दाबी गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले राष्ट्रिय प्राकृतिक स्रोत तथा […]
‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धन गर्न पदयात्रा

नारच्याङ (म्याग्दी), मङ्सिर १२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि आजदेखि पदयात्रा सुरु भएको छ । म्याग्दीको नयाँ ‘भर्जिन’ गन्तव्यका रूपमा विकास हुनु थालेको उक्त पदमार्गमा पूर्वाधारको अवस्था र आवश्यकता पहिचान तथा प्रवर्द्धनका लागि चारदिने पदयात्रा सुरु भएको हो । अन्नपूर्ण गाउँपालिकाका प्रमुख […]
‘गाउँको डाक्टर’ को निधनले स्थानीय शोकमग्न

कालीकोट, मङ्सिर ११ गते । गाउँका डाक्टर उपाधि पाउनुभएका रास्कोट –१ का नमराज शाहीको निधनले गाउँ शोकमग्न बनेको छ । आइतवार उहाँको निधन भएपछि गाउँबासी शोकमग्न भएका हुन् । “हाम्रा डाक्टरको निधन भयो, रास्कोट क्षेत्रकै चिकित्सक गुमायौं” भन्दै स्थानीयहरु मलामीमा सहभागी भएका थिए । रास्कोट नगरपालिका भित्रका तीन वटै साविकका गाउँ बिकास समितिका नागरिकलाई शाहीले […]
मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलन्यास

विकल्प न्यूज/बेनी मंसिर ११ गते । म्याग्दीको मंगला गाउँपालिका–२,बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलन्यास गरिएको छ । सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले भवनको शिलन्यास गर्नुभएको हो । कुल ५५ लाख ९० हजार २२२ लागतमा मंगला कस्ट्रक्सनले निर्माण गर्न लागेको प्रशासनीक भवनमा सभाहल, प्रतिक्षा कक्ष सहित ३ कोठे हुने क्याम्पस […]
काम नगर्ने ठेकेदार पालेर राख्दैनौ–मन्त्री जुग्जाली

लामाखेत, ११ मंसिर ः गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले काम नगर्ने ठेकेदार पालिरहन जरुरी नरहेको बताउनुभएको छ । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी सडक आयोजनाको स्थलगत निरिक्षणका क्रममा मन्त्री जुग्जालीले अधुरा र अलपत्र बनेका सडक र मोटरेबल पुलको पहिचान गरि ठेकेदारलाई काममा फर्काउन पहल गरिएको जानकारी गराउनुभयो । सहजिकरण […]
पाहुना र पूर्वाधारको पर्खाइमा गाजनेको केभहिल

म्याग्दी, मङ्सिर ११ गते । धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका–५ स्थित ‘गाजने’ पाहुना र पूर्वाधारको पर्खाइमा छ । दृष्यावलोकन, धार्मिक र ऐतिहासिक स्थल गाजने प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको हो । पाँच सय वर्ष पुरानो नेपालकै पृथक शैलीको जगन्नाथ मन्दिर अवस्थित गाजने नजिकैको डाँडाबाट सूर्योदय, हिमशृङ्खला र पहाडी भूगोलको मनोरम […]
जगन्नाथ मन्दिरको उद्घाटन ः धार्मिक क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने मन्त्री जुग्जालीको भनाइ

विकल्प न्यूज/बेनी मंसिर १० गते । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको आज (आइतबार) उद्घाटन भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा एक समारोहबीच पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन गरिएको हो । जगन्नाथधाम गाजनेमा भगवान् जगन्नाथ, बलभद्र तथा सुभद्रादेवीको नवीन अर्चाविग्रहहरुको प्राणप्रतिष्ठा गरी पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन गरिएको […]
बेनी–गलेश्वर सडक खण्ड कालोपत्र सुरु

ठाकुरप्रसाद आचार्य मङ्सिर ९ गते । राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर सडक योजना अन्तर्गत बेनी–गलेश्वर सडक खण्डको कालोपत्र गर्न सुरु गरिएको छ । गत माघ महिना देखि सडक स्तरोन्नति सहित कालोपत्र योजना अगाडी बढाइएको थियो । बेनी–जोमसोम कोरला सडक आयोजनाले ठेक्का मार्फत सडक स्तरोन्नतिका सहित कालोपत्र गर्न जय धन्नजय÷मंगलादेवी सुवास कन्ट्रक्सन प्रा.लि जेभीसँग दुई वर्षभित्र […]
जलजलाको दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि विद्याज्योती माविलाई

विकल्प न्यूज/बेनी मंसिर ९ गते । पर्वतको जलजला गाउँपालिकामा सम्पन्न दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि विद्याज्योती मावि मल्लाजले हात पारेको छ । शनिवार सम्पन्न भएको प्रतियोगितामा २४ अंक प्राप्त गर्दै विद्याज्योतीले प्रथम स्थान हासिल ग¥यो । त्यस्तै २० अंक प्राप्त गर्दै जनकल्याण मावि जलजला ८ द्धितीय र ६ अंक सहित सालिजा मावि जलजला […]
उद्योग दिवसका अवसरमा म्याग्दीका उद्यमी पुरस्कृत

विकल्प न्यूज/बेनी मंसिर ९ गते । नवौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आज म्याग्दीमा उद्यामीलाई पुरस्कृत गरिएको छ । जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयले बुटिक व्यवसायी चन्द्रा घले र बाख्रापालक कृषक धनबहादुर श्रीसलाई नगद पाँच-पाँच हजारसहित पुरस्कृत गरेको हो । सोही अवसरमा चालु आर्थिक वर्षको प्रविधि हस्तान्तरण कार्यक्रममार्फत नौ लाख ७१ हजार मूल्य बराबरको सामग्री खरिदका […]
कुवेतमा फसेकी हिराकुमारीको छोराछोरीलाई जन्मदिनको अवसरमा सहयोग

विकल्प न्यूज/बेनी मंसिर ८ गते । आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गर्दै उत्सवको रुपमा मनाउनेहरूको बीचमा म्याग्दीका एक ब्यवसायीले खाडीमुलुक कुवेतमा अलपत्र परेकी ३३ बर्षिया हिराकुमारी चोखालको छोराछोरीको शिक्षादीक्षामा सहयोग गरेर जन्मदिन मनाएका छन् । म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष लिलाराम गौतमले कुवेतमा […]
एक महिनामै ८० हजार पर्यटक पुगे मुस्ताङमा

विकल्प न्यूज\बेनी मंसिर ८ गते । पछिल्लो एक महिनाको अवधिमा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । दसैँतिहार पर्व बिदाको अवसर पारेर गत कात्तिकमा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रह्यो । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कानुसार कात्तिकमा ७३ हजार आठ सय ७९ स्वदेशी र पाँच हजार पाँच सय चारजना विदेशी पर्यटकले भ्रमण […]
गरिमा विकास बैंकले १७ औं बार्षिकोत्सवमा गलेश्वरधाममा न्यानो कपडा वितरण

विकल्प न्यूज\बेनी मंसिर ७ गते । गरिमा विकास बैंकले बेनी नगरपालिका–९ स्थित गलेश्वरधामको आश्रममा बस्ने ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरेको छ । बैकले आफ्नो १७ औं बार्षिकोत्सवको अवसरमा बिहिबार एक कार्यक्रमका बिच ५५ बृद्धबृद्धालाई सुइटर वितरण गरेको हो। बैंकका पूर्व सञ्चालक समितिका सदस्य एवम् बेनी नगरपालिकाका प्रथम मेयर हरिकुमार श्रेष्ठले ९४ बर्षिया धनसरी पाइजालाई […]
जलजलामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु (फोटोसहित)

विकल्प न्यूज/बेनी मंसिर ७ गते । पर्वतको जलजला गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ३ मल्लाज स्थित विद्याज्योती माविमा विहिवार देखि गाउँपालिका स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको हो । जलजला गाउँपालिकाको आयोजनामा भएको खेलकुद प्रतियोगिता शुक्रबार सम्म संचालन हुनेछ । प्रतियोगिताको जिल्ला समन्वय समिति पर्वतका प्रमुख […]