समाचार

घाइतेलाई आर्थिक सहयोग

विकल्प न्यूज/बेनी पुस १५ गते । अमेरीकामा दुर्घटनामा परेर घाईते भएका एक म्याग्देलीलाई त्यहाँ रहेको म्याग्दी समाजले आर्थिक सहयोग गरेको छ । केही समयअघि सवारी दुर्घटनामा परेर घाईते भएका ज्यामरुककोट बगरफाँटका सुर्य थापा(टिका)लाई समाजले तिन लाख पचास हजार रुपैयाँ सहयोग गरेको हो ।समाजका अध्यक्ष रामप्रकाश भण्डारीको टोलीले अमेरीका स्थित थापाको निवासमै पुगेर सहयोग रकम हस्तान्तरण […]

“खुसी आँसुले लैदीयो”े म्युजीक भिडीयोको बिमोचन

सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ पुष । म्याग्दीकी नवगायीका बिमला श्रेष्ठको लोक दोहोरी गीत र म्युजीक भिडीयोको शुक्रबार बेनीमा बिमोचन गरिएको छ । प्रथम धौलागिरी लोकतारा शक्ति छिनाल र गायीका श्रेष्ठको स्वर रहेको “खुसी आँसुले लैदीयो”को हातेमालो साहित्य प्रतिष्ठानको आयोजना गरेको कार्यक्रममा अग्रज सर्जक दिपक कार्की बिखर्चीले बिमोचन गर्नुभएको हो । बेनीको क्रियटिभ मिडीया प्रोडक्सनले […]

घलेम्दीको साधारणसभा

सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ पुस । म्याग्दीका सरोकारवालाहरुले झञ्झटिलो नीतीगत ब्यवस्था र समुदाय स्तरमा हुने अवरोधका कारण जलविद्युतको विकास हुन नसकेको बताएका छन् । घलेम्दी हाइड्रो लिमीटेडको शुक्रबार बेनीमा भएको तेस्रो वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा वक्ताहरुले राज्यका निकायको झञ्झटिलो नीति, कर्मचारीको ढिलासुस्ती र विभिन्न बाहनामा समुदाय स्तरमा हुने अवरोध जलविद्युत विकासको चुनौती रहेको बताएका […]

मन्त्रालयले कायम गरेअनुसार वडा कार्यान्वयन नहुँदा समस्या

सन्तोष गौतम/विकल्प न्यूज बेनी १४ पुष । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले कायम गरेअनुसारको वडा कार्यान्वयन नहुँदा बेनी नगरपालीकाको १३ र १४ नम्बर वडाका बासिन्दाहरु समस्यामा परेका छन् । मन्त्रालयले वि.स २०७१ जेठ १ गते स्थापना भएको बेनी नगरपालीकामा समेटिएको तत्कालीन सिंगा गाविसको ३, ६, ७, ८ र ९ नम्बर वडालाई १३ र १, […]

तरकारी खेतीको व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) आयोजना सुरु

विकल्प न्यूज/बेनी पुस १३ गते । बेनी नगरपालिकाको १४ वटै वडाहरुलाई समेटेर तरकारी खेति विस्तारका लागि व्यवसायिक कृषि उत्पादन केन्द्र(ब्लक) आयोजना सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत बेनी नगरपालिकाको एकसय हेक्टर क्षेत्रफलमा तरकारी खेतिको ब्लक आयोजना सुरु भएको हो । नगरपालिका भित्रका अगुवा कृषकहरु सँग बुधबार जिल्ला कृषि विकास कार्यालयमा अभिमुखीकरण तथा […]

शान्ति कोषलाई दुई लाख सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १३ पुस । विपन्नको उपचारका लागि सघाउने उद्देश्यले म्याग्दीमा स्थापित ओमकुमारी शान्ति कोषलाई बुधबार दुई लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । दुई वर्षअघि स्थापित कोषमा ताकम घर भई हाल हङकङमा ब्यवसाय गर्दै आउनुभएका म्याग्दी प्रवासी नेपाली संघ (मोना)का संस्थापक अध्यक्ष प्रकाश पुनले दुई लाख रुपैयाँ सहयोग गर्नुभएको हो । उहाँलाई […]

म्याग्दीमा स्वास्थ्य बिमा दर्ता सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १३ पुष । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले बुधबारदेखि म्याग्दीमा स्वास्थ्य बिमाको दर्ता सुरु गरेको छ । समितिले बेनीमा आयोजना गरेको कार्यक्रममा बेनपा ६ निवासी पुर्व सांसद गोविन्द पौडेलले जिल्लामै पहिलो पटक स्वास्थ्य बिमाको दर्ता गर्नुभएको हो । समितिका कार्यकारी निर्देशक डाक्टर गुणराज लोहनीले पौडेल लगायत स्वास्थ्य बिमाका लागि नाम दर्ता […]

मकै खेतीको उत्पादन तथा प्रशोधन केन्द्र आयोजना सुरु

सन्तोष गौतम/विकल्प न्यूज बरंजा १२ पुष । बेनी नगरपालिका सहित म्याग्दीको पश्चिमी क्षेत्रका तिन गाविसमा मकैबालीको उत्पादन तथा प्रसोधन केन्द्र (बल्क) आयोजना सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत बेनी नगरपालीकाको ज्यामरुककोट र भकिम्ली, बरंजा तथा अर्मन गाविसमा बल्क आयोजना सुरु भएको हो । बरंजाको पखेरमा मंगलबार अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा सहभागि आयोजना […]

द्वन्द्धको समाधान खोजिएन भने विष्फोटन निम्तनु अनिवार्य हुन्छ

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज पुस १२ गते । मुलुकमा यतिखेर एउटा अनौठो नौटङ्की मञ्चन भैरहेको छ । त्यो भद्दा नौटङ्कीको दुई खण्ड छ । पहिलो खण्डमा एउटा संविधान संशोधन प्रस्ताव सदनमा दर्ता गरिएको छ । संविधान जारीहुँदैका क्षणदेखि असहमत रहेको मधेसी तथा जनजाति समुदायको असन्तुष्टि सम्बोधन गर्नको निमित्त संविधान “संशोधन गर्न लागिएको हो” भनेर हल्ला चलाइएको […]

एमालेको ४ महिने अभियानका महत्वपूर्ण कार्यभारहरु

राजकुमार थापा/विकल्प न्यूज पुस ११ गते । ‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान ः संविधानको कार्यान्वयन एमालेको अभियान’ भन्ने नाराका साथ यति बेला नेकपा एमालेले देशव्यापी रुपमा ‘संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान–०७३’ सञ्चालन गरिरहेको छ । यो अभियान २०७३ मंसिरबाट सुरु भएर ०७३ फागुन मसान्तमा सकिनेछ । यो चार महिनाको अवधिमा मुख्यतः संविधानको कार्यान्वयनका लागि टोल, […]

म्याग्दीमा माओ दिवस मनाईयो

सन्तोष गौतम/विकल्प न्यूज बेनी ११ पुस । म्याग्दीमा पनि सोमबार १२३ औ माओ दिवस मनाइएको छ । माओवादका प्रर्वतक माओको जन्म जयन्तीको अवसरमा नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीले बिचार गोष्ठिको आयोजना गरेको हो ।सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य गोविन्द पौडेलले माओवादको ईतिहाँस, नेपालमा यसको प्रयोग र सम्भावनाको विषयमा मन्तब्य व्यक्त गर्नुभएको […]

चिमखोलाको गाउँ परिषद्

विकल्प न्यूज/बेनी पुस ११ गते । म्याग्दीको चिमखोला गाविसको गाउँ परिषद् सोमबार सम्पन्न भएको छ । परिषद्ले चालु आर्थिक वर्षको २०७३७४ को लागि प्राप्त भएको ३६ लाख ६२ हजार र चालुतर्फ छ लाख ३८ हजार रुपैयाको संसोधित बजेट पारित गरेको छ ।गाविस सचिव जितबहादुर सुनारको अध्यक्षतामा सम्पन्न परिषद्ले चालु आर्थिक वर्षका लागि चालीस लाख रुपैया […]

पुर्व विद्यार्थीद्धारा क्याम्पसलाई सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी ११ पुस । बेनीको म्याग्दी बहुमुखी क्याम्पसलाई पुर्व विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् । क्याम्पसको स्तरवृद्धिका लागि सञ्चालित सहयोग संकलन अभियान अन्तरगत अस्टे«लीयामा रहेका पुर्व विद्यार्थीको पहलमा करिब चार लाख रुपैयाँ सहयोग प्राप्त भएको हो ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्टे«लीयाको समन्वयमा संकलित तिन लाख ७५ हजार ४२७ रुपैयाँ सो संस्थाका […]

सरकारी वकिल कार्यालय म्याग्दी सम्मानीत

सन्तोष गौतम /विकल्प न्यूज बेनी ११ पुस । बेनी स्थित जिल्ला सरकारी वकिलको कार्यालय म्याग्दीलाई महान्याधिवत्ताको कार्यालयले उत्कृष्ट कार्य सम्पादन गरेकोमा सम्मानीत गरेको छ । पुष ८ देखि १० गतेसम्म राजधानी काठमाडौमा सञ्चालन भएको सरकारी वकिलहरुको प्रथम राष्ट्रिय सम्मेलनको समापनका क्रममा आईतबार म्याग्दी र कालीकोटका सरकारी वकिल कार्यालयलाई सम्मान गरिएको हो ।उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले […]

पत्रकार महासंघको कार्यालयमा तालाबन्दी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ११ पुस । नेपाल प्रेस युनियन म्याग्दीले सोमबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको कार्यालयमा तालाबन्दी गरेको छ । शाखाले नेपाल पत्रकार महासंघको सदस्यताका लागि गैरव्यवसायिक पत्रकारलाई सिफारिस गरेकाले तालाबन्दी गरेको प्रेस युनियन म्याग्दीका सभापति गोपाल छन्त्यालले बताउनुभयो । सरकारी कर्मचारी र राजनीतिक दलका कार्यकर्ताहरुलाई महासंघको साधारण सदस्यता प्रदान गर्नका लागि […]