समाचार

धार्मिक पर्यटकीय स्थल गलेश्वरबाट होटल याकको सेवा सुरु

विकल्प न्यूज/बेनी कात्तिक १२ गते । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक पर्यटकीय स्थल गलेश्वरमा सुविधायुक्त होटल सञ्चालन भएको छ । बेनीको अस्पतालचोकमा रहेको होटल याकले गलेश्वरमा आफ्नै भवन लगायतका पूर्वाधार बनाएर गत हप्तादेखि सेवा शुरु गरेको हो । याक होटलका प्रबन्धक बासुदेव सुवेदीले निर्माणको अन्तिम चरणमा रहेको भवनका ४० वटा मध्य २६ वटा कोठा प्रयोगमा […]

लोकप्रिय हुँदै प्रकाश दुतराजको म्यूजिक भिडियो ‘‘रिमै’’

विकल्प न्यूज/बेनी कात्तिक १२ गते । युवा गायक प्रकाश दुतराज फेरी एकपटक चर्चामा आउनुभएको छ । हुनत दुतराजका सवै म्यूजिक भिडियोहरु लोकप्रिय हुन्छन् । दशैंको मुखमा सार्वजनिक भएको म्यूजिक भिडियो ‘‘रिमै’’ले दुतराजलाई फेरी सर्वत्र चर्चामा ल्याइदिएको छ । म्यूजिक भिडियोका गीतले टिकटक भरिएको छ । टिकटक खोल्दा वित्तिकै दुतराजकै गीतबाट बनाइएका टिकटक हेर्न पाइन्छ । […]

बेनी अस्पताल हाँकिरहेकी युवा डाक्टर अञ्जु थापा 

विकल्प न्यूज/बेनी कात्तिक ११ गते । डा. अञ्जु थापा म्याग्दीको बेनी अस्पतालकी निमित्त मेसु हुन् । स्वास्थ्य सेवाको नवौं तहकी सरकारी जागिरे उनी पेशाले स्त्री तथा प्रसुति रोग विशेषज्ञ हुन् । आफू कार्यरत रहेको ठाउँमा केही नयाँ गर्ने हुटहुटी बोकेकी ३५ वर्षीया युवा चिकित्सक डा। अञ्जु आम मानिससम्म सहज रुपमा स्वास्थ्य सेवा पुर्‍याउन लागिरहेकी छिन् […]

उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै बेलढुङ्गा

कात्तिक १० गते ।  बेलढुङ्गा बागलुङ र म्याग्दीको सिमानामा पर्छ । उच्च पहाडी क्षेत्रमा रहेको बेलढुङ्गा सिमाना मात्रै नभएर पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । स्वच्छ हावापानी, मनोरम वातावरण र यहाँबाट देखिने अनगिन्ती हिमालले धेरैलाई आकर्षित गरिरहेको छ । बाह्रै महिना बेलुङ्गामा पर्यटक आए पनि यस याममा अझ बढी आउने अपेक्षा […]

पदमार्गले जोडियो ताकमकोत

म्याग्दी, ९ कात्तिक ।   धवलागिरि गाउँपालिका–७ स्थित म्याग्दीको प्रमुुख शक्तिपीठ ताकमकोत पुुग्ने पदमार्ग निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा देउरालीदेखि ताकमकोत जोड्ने पदमार्ग निर्माण भएको हो । पर्यटन तथा उद्योग कार्यालयमार्फत विनियोजन भएको रु दश लाख बजेटबाट देउरालीदेखि ताकमकोत जोड्ने पदमार्ग निर्माणलाई पूूर्णता दिइएको धवलागिरि गाउँपालिका–७ का वडाअध्यक्ष अशोक खत्रीले जानकारी दिए […]

जलजलाकाे कुवापानी बस्ती स्थानान्तरण गर्न भूगर्भविद्को सुझाव

विकल्प न्युज / जलजला कार्तिक ९ गते । पर्वतको जलजला गाउँपालिका–५ कुवापानीका छवटा घर स्थानान्तरण गर्न भूगर्भविद्को टोलीले सुझाव दिएको छ । बस्तीभन्दा माथिको पहाडबाट खसेको पहिराले ठुलो नोक्सान पुर्‍याएपछि अध्ययनको लागि पुगेको खानी तथा भूगर्भ विभागको टोलीले जोखिममा परेका छवटा घर तत्काल स्थानान्तरण गर्न सुझाव दिएको हो । खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् […]

वडाध्यक्ष खत्रीले आठौँ पटक जिते छेलो पहलमानको उपाधि

विकल्प न्युज/ बेनी कार्तिक ६ गते । म्याग्दी  धौलागिरि–७ स्थित ऐतिहासिक ताकमकोतमा आयोजना गरिँदै आएको छेलो फाल्ने प्रतियोगितामा ताकमका अशोक खत्री आठौँ पटक विजयी भएका छन। आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फालेका ताकमका वडाध्यक्ष समेत रहेका खत्रीलाई आयोजकले पहलमान घोषणा गरेका थिए। प्रतियोगितामा ताकम र आसपासका गाउँका १८ जना युवाले […]

राखु भगवतीमा राँगो मार हान्न लाखौंको प्रतिस्पर्धा किन ?

ठाकुरप्रसाद आचार्य म्याग्दी,कात्तिक ६ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवती कोत मन्दिरमा बिजया दशमीको महानवमीका दिनमा बली चढाईने सरकारी राँगो मार हन्न (काट्न) तीन लाख तीस हजार रुपियाँको बोलकबोल भएको छ । बडा दशैंको आठौं दिन कालरात्रीमा खुला बढीबढाउ गरी राँगोको मार हान्ने व्यक्तिको छिनोफानो गरिएको हो । एक घण्टाको समयसिमामा सुरु भएको बढीबढाउमा […]

इजरायलबाट भाग्यले बँचेका बेनी १० का वडाध्यक्ष मसबीर

म्याग्दी, कात्तिक ४ गते । इजरायलमा हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु हुँदा घटनाबाट जोगिनु भएका म्याग्दीका मसबीर रोका बाँचेर नेपाल आउँदा पनि त्रास कायमै रहेको बताउनुभएको छ । माओवादी द्वन्द्व उत्कर्षमा पुगेको समयमा वैदेशिक रोजगारीको सिलसिलामा २०६० मा इराक जान प्रस्थान गरेको भए पनि २०६१ भदौमा इराक पुग्नुभयो । १२ जनाको हत्या भएको घटनाले […]

लायन्स क्लवले ८० बर्ष पूरानो चौतारी मर्मत गरेर चिटिक्क पा¥यो

विकल्प न्यूज/बेनी कात्तिक ४ गते । म्याग्दीको सदरमुकाम बेनीस्थीत बिरेन्द्रचोक टोल विकास समितिले लायन्स क्लवको सहयोगमा ८० बर्ष पूरानो चौतारीको रंगरोगन, मर्मत तथा बस्ने बेन्च राखेको छ । जिल्लाको प्रमुख प्रशासनीक केन्द्र बिरेन्द्रचोकको चौतारीमा बटुवालाई बस्न असहज भएपछि लायन्स क्लव अफ बेनी महारानीले फलामको बेन्च र लायन्स क्लब अफ बेनी सिटीले रंगरोगनमा सहयोग गरेको छ […]

तन्नेरी नहुँदा गाउँमा छैन दसैँको रौनक

गलेश्वर (म्याग्दी), कात्तिक ४ गते । उत्तरतर्फ हेर्दा टलक्क टल्कने हिमाल। पूर्वतर्फ बागलुङको पञ्चकोट। हेर्दाखेरी निकै सुन्दर र मनमोहक लाग्छ– ज्यामरुककोट। खेतका फाँटमा पहेँलै पाकेका धान र धान थन्क्याउन लागेका महिला तथा पाका किसान । बेफुर्सदिला छन्, उमेरले ५० काटेका पाका गाउँले पनि । केही वर्ष अघिसम्म म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुन्डे, सानालेख, गौश्वारा र फापरखेतमा सोह्रश्राद्ध […]

ताकममा योग शिविर

ताकम, ३ कात्तिक । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार योग शिविर सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा ताकम स्थित वडा कार्यालयमा १५ दिनसम्म शिविर सञ्चालन भएको थियो । दैनिक ६० देखि ७० जनाले योग अभ्यासमा सहभागिता जनाएका वडा सचिव तमबहादुर बिकले जानकारी दिनुभयो । “स्वास्थ्य जिवनका लागि योग साधना […]

अति विपन्न परिवारलाई बेनी ७ काे सहयोग

विकल्प न्युज/ बेनी कार्तिक ३ गते । म्याग्दीको बेनी नगरपालिका–७, ले आर्थिक अभावका कारण दशैं मनाउन समस्यामा परेका वडाभित्रका बिपन्न, एकल महिला तथा असक्त र अपाङगलाई खाद्यान्न तथा नगद वितरण गरेको छ । अति विपन्नलाई छनौट गरी २० घरपरिवालाई शुक्रबार वडा कार्यालयमा एक कार्यक्रमका बिच प्रति घरपरिवार एक बोरा चामल, २ किलो दाल,२ किलो चिनी,३ […]

दसैं मनाउन गाउँ फर्किनेको भिड (फोटोफिचर)

विकल्प न्यूज/बेनी असोज ३ गते । हिन्दुहरुको महान पर्व विजया दशमी नजिकिँदै जाँदा दसैं मनाउन सर्वसाधरणहरु गाउँ फर्किन थालेका छन् । विभिन्न पेसा,रोजगारी र अध्ययनका क्रममा गाउँभन्दा वाहिर भएका सर्वसाधरणहरु दसै मनाउन घर फर्किन थालेका छन् । बेनीको कालिपुल वसपार्क, बेनी नगरपालिका गेट स्थित वस तथा जिप पार्क लगायतका स्थानहरुबाट छुट्ने जिप र वस मार्फत […]

जलजलामा गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण

पर्वत, कात्तिक २ गते । पर्वतमा गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण गर्न थालिएको छ । जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको हो । गाउँपालिकालाई पशुपालनका माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले तीन वर्षदेखि सञ्चालन गरिएको सुत्केरी गाईभैँसीलाई पोषण भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएकाले यस वर्ष पनि निरन्तरता दिइएको पालिका कार्यालयले जनाएको छ […]