ताजा समाचार:
Search

समाचार

पञ्चकोटमा अहिले सम्मकै ठूलो मुक्तिनाथ महाघण्टा स्थापना गरिने

विकल्प न्यूज \बेनी माघ २० गते ।  ८ बर्षको लामो प्रयास पछि धार्मिक र पर्यटकीय केन्द्र बागलुङको सर्वसिद्विधाम पन्चकोटमा नेपाल कै इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो ५ हजार ५ सय ५५ केजीको मुक्तिनाथ महाघण्टा स्थापना गरिने भएको छ । चरेस धातुबाट निर्माण गरिएको घण्टा फागुन ९ गतेदेखि २३ गतेसम्म हुने अनन्तश्री ब्रह्माण्डिय महायज्ञको अवसरमा स्थापना गरिने […]

गण्डकी प्रदेशभरको रुट परमिट पाउने भएपछि यातायात व्यवसायीको दिपावली

बेनी, २० माघ ।  गण्डकी सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० जारी गर्दै हलुका सवारी साधनले पनि प्रदेशभर स्थायी रुट प्रमिट पाउने व्यवस्था गरेपछि विभिन्न जिल्लाका यातायात व्यवसायीले दिपावली गरेका छन् । माघ १८ गते गण्डकी प्रदेश राजपत्रमा प्रकाशित नियमावलीमा यस अघी हलुका सवारी चालकका लागि दिईंदै आएको दुई जिल्लाको स्थायी रुट प्रमिटको […]

रुस –युक्रेन युद्धको मोर्चाबाट म्याग्दीका डायमन्डले लेखेको पत्र

विकल्प न्यूज\बेनी माघ २० गते । म्याग्दीको मंगला गाउँपालिकाका रमेश विक (डायमण्ड सी) यतिखेर रुस – युक्रेन युद्धको मोर्चामा हुनुहुन्छ । उहाँले आफ्नो सामाजिक संजाल फेसबुकमा एउटा पत्र लेखेर त्यहाँको अवस्थाका वारेमा सार्वजनिक गर्नुभएको छ । यहाँको अवस्थावारे सुरुमा मस्को स्थित रुसी सेनाको केन्द्रीय भर्ति केन्द्रमा आवेदन फारम भरिन्छ,वैकं खाता खोलिन्छ,साथमा पुर्ण मेडिकल चेकजाँच हुन्छ,त्यसपछि […]

बिकु फ्यामिलि कालोलाई उपाधि

म्याग्दी,माघ २० गते ।  बिकु कप फुटबल प्रतियोगिता–२०८० को उपाधि आयोजक बिकु फ्यामिलि कालोले जितेको छ । बिकु फ्यामिलिले आयोजना गरेको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा बिुक फ्यामिलि सेतोलाई २–० गोलले पराजित गर्दै बिकु फ्यामिलि कालोले उपाधि माथि कब्जा जमाएको हो । माघ १६ गतेदेखि शुरु भएको फुटबल प्रतियोगितामा २४ टिमको सहभागिता रहेको थियो । त्यस्तै संकल्प सुधार […]

किताब बेचेर महावीरले दुई करोड ५५ लाख संकलन गरे

माघ २० गते ।  वीरगञ्ज कृषि औजार कारखाना सञ्चान गर्न डा.महावीर पुन पुस्तक बिक्री गर्ने क्रममा बैतडी पुग्नुभएको छ । डा.महावीर पुनको जीवन गाथा समेटिएको पुस्तक बिक्री गर्न उहाँ आफै बैतडी पुग्नुभएको हो । कृषि औजार कारखाना सञ्चालन गर्न तीन लाख पुस्तक बिक्री गर्ने लक्ष राखेर मेची महाकाली महाअभियान सञ्चालनका क्रममा ३४ हजार पुस्तक बिक्री […]

एकिकृत समाजवादी म्याग्दीका अध्यक्ष विश्वकर्मालाई मातृ शोक

विकल्प न्यूज/बेनी माघ २० गते । नेकपा एकिकृत समाजवादी म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्मालाई मातृ शोक परेको छ । यूवा संघ नेपालका केन्द्रिय अध्यक्ष, बेनी नगरपालिकाका कार्यपालिका सदस्य समेत रहनुभएका विश्वकर्माका ममतामयी आमा कौशिला विश्वकर्माको ७० बर्षको उमेरमा शनिबार विहान बेनी नगरपालिका–८,हिलसाइडस्थित आफ्नै निवासमा निधन भएको हो । लामो समयदेखि प्यारालाइसेसबाट ग्रसित कौशिलाको कालिगण्डकी नदीमा धार्मिक […]

जलजलाको लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव सुरु

विकल्प न्यूज\जलजला माघ १९ गते ।  पर्वतको जलजला गाउँपालिका ५ लेखफाँट स्थित पर्यटकीय स्थल लोप्रेमा शुक्रबार देखि ११ औं लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ । दुईदिन सम्म संचालन हुने उत्सवको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले उद्घाटन गर्नुभयो । प्राकृतिक सम्पदा संरक्षण संस्था र प्रकृतिका साथीहरू नामक संस्थाले लाटोकोसेरो तथा हुचिलको संरक्षणको अभियानका रूपमा […]

जलजला गाउँपालिका संस्थागत क्षमता स्वमूल्याङ्कनमा पर्वतमा पहिलो

विकल्प न्यूज/बेनी माघ १९ गते । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन((LISA ) मा पर्वतको जलजला गाउँपालिका  जिल्लाका सातवटा स्थानीय तहहरु मध्य पहिलो भएको छ । जलजला गाउँपालिका ९०.२५ अंक सहित गण्डकी प्रदेशमा छैटौं र  जिल्लाको पहिलो पालिका बनेको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो । विभिन्न दश वटा शीर्षकमा मूल्याङ्कन गर्ने गरिन्छ । जसमा शासकीय […]

नेकपाद्धारा बेनीको न्युरोड घटनाका दोषीहरुलाई कडा कारबाही गर्न माग

विकल्प न्यूज/बेनी माघ १८ गते । एकहप्ता अघि एक युवाको ज्यान जाने गरी बेनीको न्युरोडमा भएको घटनालाई लिएर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बेनी नगर कमिटीले दोषीलाई कडा काबाही र पीडित परिवारलाई उचित न्याय दिन माग गरेको छ । शुक्रबार सो पार्टीका बेनी नगरपालिका इन्चार्ज गोविन्द सीले एक विज्ञप्ती प्रकाशित गर्दै घटना घटेको एकहप्ता वितिसक्दा […]

पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञको तयारी

ठाकुरप्रसाद आचार्य म्याग्दी,माघ १८ गते । बागलुङको पञ्चकोटलाई प्रमुख धार्मिक गन्तब्य बनाउनका लागि महायज्ञको तयारी गरिएको छ । आगमी फागुन ९ देखि २२ गते सम्म पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञको तयारी थालिएको हो । बागलुङ नगरपालिका वडा नम्बर ६ मा पर्ने पञ्चकोटलाई प्रमुख धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा आयोजना हुने […]

मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल

म्याग्दी,  माघ १७ गते ।  म्याग्दीको पश्चिमी क्षेत्रका तीनवटा स्थानीय तहमा विद्युुत् आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा ३३/११ केभी क्षमताको सबस्टेशनको परीक्षण गरिएको हो । निर्माण कम्पनी एटुुजेड इन्जिनियरिङका प्रतिनिधि पद्यसागर […]

बेनीमा पारिवारिक मूल्यमान्यता सम्बन्धी अभिमुखीकरण

विकल्प न्यूज/बेनी माघ १७ गते । म्याग्दीको सदरमुकाम बेनीमा सोमबार पारिवारिक मूल्यमान्यता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । फेमिली पिस एशोसियसन नेपाल र मिलन म्याग्दीको संयुक्त आयोजना, बेनी नगरपालिका तथा वडानम्बर ७ बेनीको समन्वय र सहकार्यमा अभिमुखीकरण गरिएको हो । ‘समृद्ध, सुखी, शक्तिशाली र शान्तिपूर्ण राष्ट्रको आधार, आदर्श परिवार’ भन्ने नाराका साथ कार्यक्रम आयोजना […]

तातोपानी कुण्डको आकर्षण बढ्दै

 विकल्प न्यूज/बेनी माघ १५ गते ।   वि.सं.२०४२ देखि म्याग्दीको बेनी नगरपालिका-४ स्थित सिङ्गा तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा स्थापित छ । यहाँको तातोपानी कुण्डमा डुबेपछि बिरामी निको हुन्छन् । यहाँको तातोपानी कुण्डमा डुबेर निको हुने भएपछि प्राकृतिक चिकित्सालयका रुपमा विकास तथा प्रवद्र्धन भइरहेको छ । यस कुण्डको तातोपानीमा विरेनुनको सुगन्ध र पिउन सकिने चिकित्सकले […]

निलगिरी खोला जलविद्युत आयोजनाको टनेलमा पानी हालेर परिक्षण सुरु

विकल्प न्यूज/बेनी माघ १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको मध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । आयोजनाको प्रवर्द्धक कम्पनी नीलगिरिखोला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रतिनिधि उपेन्द्रराज गौतमले आजदेखि टनेलमा पानी हालेर परीक्षण गरिने जानकारी दिए । […]

एलिना चौहानको गीत युट्युब ट्रेन्डिङको शीर्षस्थानमा

विकल्प न्यूज\बेनी माघ १४ गते ।  गायिका एलिना चौहानको पछिल्लो गीत ‘कट्टा हान्दिन्छु’ युट्युब ट्रेन्डिङको शीर्षस्थानमा परेको छ । ६ दिनअघि  सार्वजनिक गीत राम्रो भ्युज पाउँदै युट्युबमा संगीततर्फ ट्रेन्डिङको पहिलो नम्बरमा परेको हो । यो गीतमा एलिनासँगै चर्चित गायक खेम सेञ्चुरीको स्वर छ । यद्यपि, गीतमा एलिनाको तुलनामा खेम छायाँमा छन् । यस गीतका शब्द […]