ताजा समाचार:
Search

समाचार

गुर्जामा व्यवसायिक तरकारी खेती तालीम सुरु

चित्र छन्त्याल/विकल्प न्यूज गुर्जा ५ भदौ ।म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा सोमबारदेखि तिन दिने तरकारी उत्पादन ब्यवसाय तालिम सुरु भएको छ । गुड नेवर्स ईन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोगमा संगम म्याग्दीको आयोजनामा सुरु भएको तालीमको वडा अध्यक्ष तथा गाउँ कार्यपालिकाका प्रवक्ता झकबहादुर छन्त्यालले उद्घाटन गर्नुभएको थियो । २३ जना सहभागी तालीमको कृषि प्राबिधिक कुलबहादुर खत्रीले […]

बेनी–जोमसोम सडक एक हप्तापछि सञ्चालन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ४ भदौ । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक एक हप्तापछि सोमबार साँझदेखि सञ्चालनमा आएको छ । कालीगण्डकीमा आएको बाढीले सडक कटान र पहिरो खसेपछि गत हप्ताको सोमबारदेखि अवरुद्ध बनेको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजना, आयोजनामा परिचालन भएका निर्माण कम्पनी, अन्नपूर्ण गाउँपालिका र सुरक्षा निकायको सक्रियतामा […]

भ्रमण वर्षलाई साथ दिने म्याग्दी सहकारीको निर्णय

गोपाल छन्त्याल/बेनी भदौं ४ गते । म्याग्दी बचत तथा ऋण सहकारी संस्था काठमाडौँले बार्षिक कार्ययोजना पारित गरेको छ ।  रोजगार र पेशा व्यवसायको सिलसिलामा काठमाडौँमा रहेका म्याग्देलीहरुको साझा संस्थाको रुपमा स्थापित सहकारीकी अध्यक्ष थदेवी पुनको अध्यक्षतामा सम्पन्न सञ्चालक समितिले वैठकले म्याग्दी भ्रमण बर्षलाई सफल बनाउन म्याग्दीका पर्यटकीय क्षेत्रहरुको भ्रमण गर्ने लगायत ७ बुदें बार्षिक कार्ययोजना […]

लिटील गार्डेनका अभिभावकलाई सीपमुलक तालीम

विकल्प न्यूज/बेनी भदौं ४ गते । बेनीको लिटील गार्डेन एकेडेमीका अभिभावकहरुलाई सीपमुलक तालीम प्रदान गरिएको छ । विद्यालयमा अध्ययन गर्ने बालबालिकाका अभिभावकलाई फुर्सदको समयको सदुपयोग गर्दै सीपको माध्यमबाट आयआर्जनमा संलग्न गराउने उद्देश्यले तालीम प्रदान गरिएको हो । घरेलु तथा साना उद्योग विकास समितिसंगको सहकार्यमा १४ जना महिला अभिभावकलाई ४५ दिने स्वीटर बुनाई तालीम प्रदान गरिएको […]

सदस्यता विस्तार अभियानमा म्याग्दी क्याम्पस

सन्तोष गौतम/विकल्प न्यूज बेनी ४ भदौ । बेनीमा समुदायद्धारा सञ्चालीत म्याग्दी बहुमुखी क्याम्पसले सदस्यता विस्तार अभियान सुरु गरेको छ । पछिल्लो पटक भएको क्याम्पस सभाले गरेको आजिवन सदस्यता खुल्ला गर्ने निर्णय कार्यान्वयनका लागि सञ्चालक समितिले पहल थालेको हो । लामो समयदेखि रोकीएको सदस्यता वितरण खुल्ला गर्ने निर्णय कार्यान्वयनमा लगिएको सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी […]

शेरचन परिवारद्धारा दिपक माविलाई तिन लाख भन्दा बढी सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३ भदौ । बेनी नगरपालिका १० पात्लेखेतको दिपक माविलाई एक परिवारले तिन लाख रुपैयाँ भन्दा सहयोग गर्नुभएको छ । पात्लेखेत घर भई हाल अमेरीकामा बसोबास गर्दै आउनुभएका मनप्रसाद शेरचनका परिवारले तिन लाख पाँच हजार रुपैया सहयोग गर्नुभएको हो । यसअघि विभिन्न समयमा दुई लाख रुपैया सहयोग गरिसक्नु भएका शेरचन परिवारबाट आईतबार […]

बेनीमा बन डिभिजन कार्यालय स्थापना

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३ भदौ । म्याग्दीको बेनीमा आईतबार डिभिजन वन कार्यालय स्थापना भएको छ । यसअघिको जिल्ला वन कार्यालय राज्यको नयाँ संरचना अनुसार गण्डकी प्रदेश अन्तरगत डिभिजन वन कार्यालयमा रुपान्तरण भएको हो । डिभिजनको उद्घाटन गर्नुहुदै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले वन सम्पदालाई समुदायको जिवनस्तर सुधारमा परिचालन गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो । […]

गाउँपालिका अध्यक्षको तलब बालबालिकाको शिक्षामा

विकल्प न्यूज/बेनी भदौं ३ गते । म्याग्दीका एक स्थानीय तहका अध्यक्षले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गर्नुभएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राज्यले जनप्रतिनिधिको तलबका रुपमा उपलब्ध गराएको रकम गरिब, विपन्न र अनाथ बालबालिकाको शिक्षामा परिचालन गर्ने उद्देश्यले कोष स्थापना गर्नुभएको हो । गाउँ कार्यपालिकाको बैठकबाट परिवारका सदस्यको हक नलाग्ने […]

बेनी–जोमसोम सडकको जोमसोम–भुरुङ खण्ड सूचारु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ भदौ । पहिरो र कटानका कारण अवरुद्ध बनेको म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको मुस्ताङ खण्ड शनिबार साँझ देखि सञ्चालनमा आएको छ । बेनी जोमसोम कोरला सडक आयोजना, आयोजनामा परिचालन भएको निर्माण ब्यवसायी, मुस्ताङका अगुवा, प्रशासन र सुरक्षा निकायको पहलमा घाँसा र बादरजुङ भिरमा कटान गरेको […]

कालिगण्डकीले धार परिवर्तन गरेपछि तातोपानी कुण्ड जोखिममा

विकल्प न्यूज/बेनी भदौं २ गते ।       कालिगण्डकी नदीले धार परिवर्तन गरेपछि अन्नपूर्ण गाउँपालिका २ भूरुङ तातोपानीमा रहेको तातोपानीको कुण्डमा जोखिममा परेको छ । कालीगण्डकी नदीको बहाव उच्च भएसँगै नदीले धार परिवर्तन गरेको हो ।शुक्रबार राती एक्कासी नदीले धार परिवर्तन गरेको हो । बगिरहेको गण्डकी मा खालि भागमा ढुङ्गा अडकिएर बालुवा भरिदै माथि आएपछि […]

थापाद्धारा दिवंगत छोरीको स्मृतिमा अक्षयकोष स्थापना

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ भदौ ।  म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापाले दिवंगत छोरीको स्मृतिमा रघुगंगा गाउँपालिका ७ चिमखोला स्थित अमर माविमा अक्षयकोष स्थापना गर्नुभएको छ । अस्टे«लीयाको सिड्नीमा दिवंगत भएकी संगिता राम्जालीको वार्षिक पुण्य तिथी पारेर शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा गरिब, विपन्न, जेहेन्दार र उत्कृष्ट विद्यार्थीको सहयोगका लागि तिन लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको […]

बेनी नगरपालिकामा कांग्रेसले बुझायो ज्ञापनपत्र

विकल्प न्यूज/बेनी भदौं १ गते । नेपाली कांग्रेस म्याग्दीले अत्याधिक रुपमा बढाइएको करले जनता मर्कामा परेको भन्दै करको दर समायोजन गर्न माग गरेको छ । स्थानीय तहको निर्वाचनले जनतालाई घरदैलोमा सुविधा पुग्नुपर्नेमा जनताको आयस्तरले ठेग्न नसक्ने करको भारी बोक्न बाध्य भएको भन्दै जनभावना अनुसार करको दर समायोजनको माग गदैं बेनी नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो । […]

मुदीमा सरसफाई अभियान सञ्चालन गरिने

विकल्प न्यूज/बेनी भदौं १ गते ।धवलागिरी गाउँपालिका–४ मुदीमा गुडनेवर्स ईन्टरनेशनलको आर्थिक सहयोग,धवलागिरी गाउँपालिकाको समन्वयमा कदम म्याग्दीले बुुद्धि विकास माविमा खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको तालिम तथा अभिमुखीकरण तालिम सम्पन्न भएको छ। विद्यालयमा आयोजित कार्यक्रममा कदम म्याग्दीकी जनस्वास्थ्य सहायक निरमाँया मिजारले गरेकी थिईन् । कार्यक्रममा सरसफाईले ब्यक्तिगत तथा समाजको सुन्दरतालाई सघाउने भएकाले पनि गाउँमा सरसफाई […]

थामडाँडाका घरघरमा खानेपानीका धारा

विकल्प न्यूज/बेनी म्याग्दी, १ भदौ । म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडामा सिङ्गा खानेपानी तथा सरसफाई आयोजना स्किम नम्बर १ को निर्माण कार्य सम्पन्न भएको छ । खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय मार्फत सञ्चालन भएको सो आयोजनाबाट ३७ घरधुरीको घरघरमा खानेपानी सुविधा विस्तार गरिएको छ । लागत स्टिमेट भन्दा करिब १ लाख कम लगानीमै निर्माण भएको […]

नयाँ कानुनलाई पूर्णरुपमा कार्यान्वयन गर्न जोड

विकल्प न्यूज/बेनी भदौं १ गते ।   आजबाट लागू भएको मुलुकी देवानी तथा फौजदारीसम्बन्धी संहिताको प्रभावकारी कार्यान्वयन हुन सकेमा कानूनी राज्य स्थापना हुनेमा जोड दिइएको छ । म्याग्दी जिल्ला अदालतले शुक्रवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले न्याय र कानुनका क्षेत्रमा ऐतिहासिक फड्को मारेको दिनका रुपमा भदौं १ लाई लिनुपर्ने बताउँदै कानुनलाई कार्यान्वयन गर्नका लागि सवै क्षेत्रको […]