गुर्जामा व्यवसायिक तरकारी खेती तालीम सुरु

चित्र छन्त्याल/विकल्प न्यूज
गुर्जा ५ भदौ ।Gurja Talimम्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा सोमबारदेखि तिन दिने तरकारी उत्पादन ब्यवसाय तालिम सुरु भएको छ ।

गुड नेवर्स ईन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोगमा संगम म्याग्दीको आयोजनामा सुरु भएको तालीमको वडा अध्यक्ष तथा गाउँ कार्यपालिकाका प्रवक्ता झकबहादुर छन्त्यालले उद्घाटन गर्नुभएको थियो । २३ जना सहभागी तालीमको कृषि प्राबिधिक कुलबहादुर खत्रीले सहजिकरण गर्नुहुने जनाइएको छ ।

गुड नेवर्स ईन्टरनेशनलको सहयोगमा सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजनाले गुर्जा, लुलाङ, मुना, मुदी र मराङमा शिक्षा, स्वास्थ्य, आयआर्जन, पैरवी, वातावरण संरक्षण, खानेपानी, सरसफाईको क्षेत्रमा विभिन्न गतिबिधि गर्दै आएको छ ।