समाचार
छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम

बलेवा (बागलुङ), चैत१८ गते । छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने ंउद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन गरेको छ । नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक वर्षमा विशेष योजनाका रूपमा घोषणा भएको कार्यक्रम कार्यान्वयनमा आएको हो । बागलुङ नगरपालिका–२ की अद्विका क्षेत्रीको नाममा […]
प्रभुुचेलामा सामुदायिक ‘मेडिटेसन’ केन्द्रको पूर्वाधार निर्माण थालियो

बिम, १६ चैत ः म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र सञ्चालन गर्नका लागि पूर्वाधार निर्माण थालिएको हो । परापुर्वकालमा ऋषिमुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेलालाई तनाव व्यवस्थापन, मानसिक र शारिरिक स्वास्थ्यका लागि उपयोगी मानिएको मेडिटेशन गर्ने थलोका रुपमा विकास गर्न लागिएको हो । प्रभुचेला धुरी प्रर्वद्धन समाजका अध्यक्ष टिकाबहादुर जुग्जाली (नविन) […]
पर्यटकीय गन्तब्य बन्दै रातोपानी तातोपानी कुण्ड

ठाकुरप्रसाद आचार्य म्याग्दी,चैत १६ गते । कालिगण्डकी कोरिडोरमा पर्ने अन्नपूर्ण गाउँपालिका ६ को रातोपानी स्थित तातोपानीको कुण्डलाई नदी कटानबाट संरक्षण र पूर्वाधार निर्माण गरेर स्नान गर्न सहज बनाएपछि पर्यटकहरु आउन थालेका छन् । नदी किनारमा पक्की पर्खाल निर्माण गरेपछि वर्षातका समयमा कालिगण्डकी नदीमा पानीको सतह बढेर कुण्डनै पुरिने र निर्माण गरिएका संरचना बगाएर लैजाने समस्या […]
९० दिनमा सम्पन्न भयो खिबाङ खानेपानी योजना

ठाकुरप्रसाद आचार्य म्याग्दी,चैत १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिबाङ गाउँका घरघरमा खानेपानीका धारा निर्माण गरिएको छ । खिबाङ खानेपानी योजना सम्पन्न भएसँगै आँगनमा निर्माण भएको धाराबाट पानी झर्न थालेपछि खिबाङवासी खुसी भएका छन् । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा खिबाङमा हालै मात्र खानेपानी योजना निर्माण भएको हो । खानेपानी योजना सम्पन्न भएसँगै घरघरमा पानी […]
बेनीमा बिक्री हुन्छन् म्याद गुज्रेका सामान

विकल्प न्यूज/बेनी चैत १४ गते । सदरमुकाम बेनी बजारमा रहेका केही पसलेहरूले म्याद गुज्रेका सामानहरू बिक्री गर्नेगरेकाे भेटिएको छ । व्यवसायीहरूले पसलमा उपभाेग गर्ने समय गुज्रिएका दैनिक उपभाेग्य वस्तुहरू बिक्रीका लागि राखेकाे पाईएकाे हाे । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बुधबार बजारका पसलहरु अनुगमनका क्रममा धेरै जस्तो पसलहरूमा उपभाेग्य म्याद सकिएका […]
बेनी–मालढुङ्गा सडक निर्माणले गति लियो

विकल्प न्यूज/बेनी चैत १३ गते । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न […]
रघुगंगाको बगरखोलामा पौडी खेल्न गएका एक युवाको डुबेर मृत्यु

विकल्प न्यूज\बेनी चैत १२ गते । साङेतिक तस्विर म्याग्दीको रघुगंगा गाउँपालिका ७ कुकुर भुक्ने स्थित बगरखोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेर एक युवाको ज्यान गएको छ । पालिकाको वडा नम्बर १ बेग बस्ने नरबहादुर पुर्जाको छोरा वर्ष १८ को दिपक पुर्जाको सोमबार एकबजेको समयमा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका […]
कृषि पकेटक्षेत्र घोषणा गरेर कृषि उत्पादनलाई वृद्धि गर्न नगरवासीको माग

विकल्प न्यूज\बेनी चैत १२ गते । म्याग्दीको बेनी नगरपालिकाले वडा नम्वर १ रत्नेचौरमा चालु आर्थिक वर्षको दोस्रो चौमासिकको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमवार वडा नम्वर १ को सभाहलमा आयोजित कार्यक्रममा सहभागीहरुले नगरपालिकाले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको विकासलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्नुपर्ने सुझाव दिएका छन । कार्यक्रममा गणेश […]
म्याग्दीका आयोजनाहरुमा बजेट व्यवस्थाका लागि प्रधानमन्त्री र मन्त्रीहरुसँग भेटघाट

बेनी १२ चैत ः म्याग्दीका जनप्रतिनिधिहरुको टोलीले जिल्लाका दुरगामी महत्वका विकास आयोजनामा बजेट व्यवस्थापनका लागि आज प्रधानमन्त्री र विभागीय मन्त्रीहरुको ध्यानाकर्षण गराउनु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), अर्थमन्त्री बर्षमान पुन, उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसँघको भेटघाटमा संघीय सरकार मार्फत म्याग्दीमा सञ्चालित आयोजना निर्माणलाई गति […]
नयाँ वर्षमा निलगिरी कप ब्याडमिन्टन प्रतियोगिता

विकल्प न्यूज\बेनी चैत १२ गते । नयाँ वर्ष २०८१ को अवसरमा यही चैत अन्तिम साता बेनीमा प्रथम निलगिरी कप जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । निलगिरी यातायात प्रा।ली।ले नव वर्षको अवसरमा चैत २४ र २५ गते बेनीको कालीपुल कवर्डहलमा म्याग्दी जिल्ला स्तरीय सि र डि लेभल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो । सि […]
लोकदिप सहकारीको स्वास्थ्य शिविरमा २ सयभन्दा बढी लाभान्वित

विकल्प न्यूज\बेनी चैत १२ गते । म्याग्दीको सदरमुकाम बेनीबजारबाट सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि। को ११औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरमा २ सयभन्दा बढी लाभान्वित भएका छन् । सहकारीका सेयर सदस्यलाई लक्षित गरी आयोजित निःशुल्क सुगर,प्रेसर र दाँत- चेकजाँच शिविरमा २ सय ९ जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरको […]
म्याग्दीमा असिना–पानीले बाली नष्ट

विकल्प न्यूज/बेनी चैत १२ गते । म्याग्दीको माथिल्लो भेगमा वर्षासँगै परेको असिनाले हिउँदेबाली नष्ट गरेको छ । सोमबार जिल्लाको रघुगङ्गा गाउँपालिकाको पाखापानी, पिप्ले, कुइनेमङ्गले, दग्नाम, झिँ, बेगखोलालगायत क्षेत्रमा असिना पानीले बाली नष्ट गरेको दग्नामका गुन पुनले बताउनुभयो । उहाँका अनुसार असिना पानीले मकै, आलु, जौ, गहुँ, उवा, साग लगायत हिउँदेबाली नष्ट गरेको छ । त्यसैगरी […]
क्षयरोगको न्यूनिकरणका लागि समुदायस्तरमा जनचेतना आवश्यक

विकल्प न्यूज\बेनी चैत ११ गते । म्याग्दीमा एक वर्षको अवधिमै २४ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। चालु आवमा जिल्लाका विभिन्न स्थानीय तहमा गरिएको सम्पर्क परीक्षणको क्रममा २४ जनामा नयाँ क्षयरोगका बिरामी फेला परेका हुन्। विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले आइतबार सदरमुकाम बेनीमा आयोजना गरेको कार्यक्रममा गतबर्षका ६३ र नयाँ २४ बिरामी गरी […]
सन्दर्भ : विश्व क्षयरोग दिवस, ४५ प्रतिशत बिरामी उपचारबाहिर

काठमाडौँ, चैत ११ गते । नेपालमा ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँचबाहिर भएकाले क्षयरोग नियन्त्रणमा चुनौती देखिएको छ । क्षयरोग नियन्त्रणका लागि सरकार तथा विभिन्न गैरसरकारी निकायको प्रयास रहे पनि नियन्त्रण गर्ने मामिलामा चुनौती छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष क्षयरोगका ७० हजार नयाँ बिरामी थपिने गरेका छन् । राष्ट्रिय […]
धौलागिरी अधिकृत विक्रेता संघको साधारणसभा

बेनी, १० चैत । धौलागिरी अधिकृत विक्रेता संघको नवौ वार्षिक साधारणसभा शनिबार पर्वतको जलजला गाउँपालिका–३ मा पर्वत बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहुदै संघका केन्द्रिय अध्यक्ष हरिराज पन्तले विश्वभर देखिएको असहज आर्थिक अवस्थाको अवसर नेपालको ब्यापार व्यवसाय क्षेत्रमा पनि देखिएको बताउनुभयो । बैंकको ऋण र उत्पादकहरुको कडाई तथा बजारमा भएको लगानी उठ्न ढिलाई […]