समाचार
जलजलामा वार्षिक परिक्षालाई व्यवस्थित बनाउने तयारी
विकल्प न्यूज\जलजला चैत २ गते । विद्यालयको अनुगमन गर्नुहुँदै पालिका अध्यक्ष राजुप्रसाद आचार्य । फाइल तस्विर पर्वतको जलजला गाउँपालिकामा आइतबार देखि सुरु हुने पालिका स्तरीय वार्षिक परिक्षालाई व्यवस्थित र प्रभावकारी बनाउने गरी तयारी गरिएको छ । गाउँपालिकाका विभिन्न १५ वटा विद्यालयहरुमा परिक्षा केन्द्र र केन्द्राध्यक्ष समेत तोकिसकिएको पालिकाले जनाएको छ । यसअगाडि प्रथम त्रैमासिक र […]
म्याग्दीमा पूर्वाधार विकासका साझा योजनामा सामूहिक प्रतिवद्धता
ठाकुरप्रसाद आचार्य /बेनी म्याग्दी,चैत २ गते । म्याग्दीका राजनीतिक दल,जनप्रतिनिधि र सरोकारवालाहरुले सडक,पर्यटन पूर्वाधार,खेलकुद खानेपानी लगायत क्षेत्रको विकासका लागि साझा प्रतिवद्धता व्यक्त गरेका छन् । नवौं जिल्ला सभामा सहभागि भएका संघ,प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन । गण्डकी प्रदेश र संघीय सरकारले तयार गर्न लागेको आयोजना बैंकमा समावेश गर्न जिल्लाका योजनाहरुलाई […]
म्याग्दी क्याम्पसमा मृगौलाबारे सेचतना र परीक्षण,२ सयबढी लाभान्वित
विकल्प न्यूज\बेनी चैत १ गते । विश्व मृगौला दिवस–२०२४ को अवसर पारेर बिहीबार मृगौला स्वास्थ्यसम्बन्धी सचेतना तथा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । मृगौलालाई स्वस्थ र सुरक्षित राख्ने उद्देश्यसहित मृगौलाको बारेमा सचेतना र परीक्षण गरी दिवस मनाइएको हो । ‘सामाजिक न्याय र पेशागत मर्यादाको लागि स्वास्थ्यकर्मीहरुको एकता, आम नागरिकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता’ […]
जिसस म्याग्दीको नवौं जिल्ला सभा सुरु
विकल्प न्यूज/बेनी चैत १ गते । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समीक्षा गोष्ठी तथा नवौं जिल्ला सभा सुरु भएको छ । बिहीबार एक समारोहबीच जिल्ला समन्वय समितिको सभाहलमा म्याग्दी जिल्लामा रहेका संघ तथा प्रदेशका विषयगत कार्यालय र स्थानीय तहको समीक्षा सुरु गरिएको हो । वार्षिक समीक्षा गोष्ठी तथा नवौं जिल्ला […]
गलेश्वरमा कालिगण्डकी स्नान गर्न जाने पैदल मार्ग निर्माण
ठाकुरप्रसाद आचार्य /बेनी चैत १ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिर देखि कालिगण्डकी स्नान गर्न जाने पैदलमार्ग निर्माण गरिएको छ । पैदल मार्ग निर्माण भएपछि गलेश्वर दर्शन गर्न आएका भक्तजनहरुलाई कालिगण्डकी नदीमा पुगेर स्नान गर्न सहज भएको छ । भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले उपभोक्ता समिति मार्फत गलेश्वर […]
यस्तो छ नेकपा एमालेको बेनी नगर हाक्ने टिम (नामावली सहित)
विकल्प न्यूज\बेनी फागुन ३० गते । नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा बेलबहादुर कटुवाल निरविरोध निर्वाचित हुनुभएको छ । बुधबार बेनीमा सम्पन्न भएको पार्टीको दोस्रो नगर अधिबेशनबाट कटुवाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । यसैगरी पदाधिकारी र अन्य सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन भएको निर्वाचन कमिटीका अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार […]
नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा कटुवाल निर्विरोध निर्वाचित
विकल्प न्यूज\बेनी फागुन ३० गते । नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा बेलबहादुर कटुवाल निर्विरोध निर्वाचित हुनुभएको छ । बुधबार बेनीमा भएको पार्टीको दोस्रो नगर अधिबेशनबाट कटुवाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका लागि कटुवालको मात्र एकल उम्मेदवारी परेपछि उहाँलाई निर्वाचन कमिटीले निर्विरोध निर्वाचित गरेको निर्वाचन कमिटीका अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो […]
भ्रष्टाचारजन्य गतिविधि त्याग्न तिमिल्सिनाको आग्रह
विकल्प न्यूज/बेनी फागुन ३० गते । राष्ट्रियसभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राज्यका बिरुद्ध हुने भ्रष्टाचार जन्य गतिविधि नगर्न सबै राजनैतिक दलहरु कटिबद्ध हुनु पर्ने बताउनुभएको छ । नेकपा एमाले बेनी नगर कमिटीको दोश्रो अधिवेशनमा बोल्दै तिमिल्सिनाले पञ्चायत कालमा जस्तो दलमाथिको प्रतिबन्ध र अप्ठेरो तबरले राजनीति गर्न पर्ने अवस्था नरहेकोले राजनैतिक दलहरुले भ्रष्टाचार नगर्ने र जनपक्षिय […]
एमाले अन्नपूर्णको अध्यक्षमा धनकुमार पुर्जा चयन
विकल्प न्यूज/बेनी फागुन ३० गते । नेकपा एमाले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा धनकुमार पुर्जा चयन हुनुभएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा मंगलबार सम्पन्न भएको दोस्रो अधिवेशनबाट पुनः दोस्रो कार्यकालका लागि पुर्जा चयन हुनुभएको हो । कमिटिको उपाध्यक्षमा सुरेश पुर्जा पुन, सचिवमा आनन्द पुन, उपसचिवमा उज्वल बहादुर पुन र दममाया तिलिजाका साथै २९ सदस्य गाउँपालिका कमिटी चयन […]
दृष्टिविहिन कलाकारलाई खाद्यान्न दिदै प्रतिष्ठान म्याग्दीले मनायो लोक दोहोरी दिवस
विकल्प न्यूज/बेनी फागुन २९ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २३ औँ स्थापना दिवस तथा राष्ट्रिय लोक दोहोरी दिवस २०८० को अवसरमा दृष्टि विहिन कलाकारलाई खाद्यान्न सहयोग गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले मंगलबार जिल्लाको धवलागिरी गाउँपालिका ७ ताकम घर भई हाल पर्वत बेनीमा वस्दै आएकी दृष्टि विहिन […]
अन्नपूर्णमा एमालेको दोस्रो अधिबेशन
विकल्प न्यूज/बेनी फागुन २९ गते । नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीको दोस्रो अधिबेशन गाउँपालिका केन्द्र पोखरेबगरमा सुरु भएको छ । अधिबेशनको नेकपा एमालेका केन्द्रीय सदस्य तथा म्याग्दी इन्चार्ज गोविन्दबहादुर नेपालीले उद्घाटन गर्नुभयो । अधिबेशन उद्घाटन गर्नुहुँदै नेता नेपालीले कांग्रेस–माओवादीको गठबन्धनले मुलुकको हित नगरेका कारण टुटेको बताउनुभएको छ । मुलुकको विकास र समृद्धिका लागि अहिलेको नयाँ […]
गाउँपालिका अध्यक्ष कपको विजेता खेलाडीलाई वडाको सम्मान
विकल्प न्यूज/जलजला फागुन २९ गते । वडास्तरीय गाउँपालिका अध्यक्ष कपको उपाधि विजेता खेलाडीहरुका लागि मंगलबार सम्मान कार्यक्रम सम्पन्न भएको छ । पर्वतको जलजला गाउँपालिका–४, फट्केढुङ्गा वडा कार्यालयले वडाबाट प्रतिनिधित्व गर्दै विजेता बनेका खेलाडीहरुलाई सम्मान गरेको हो । जलजला गाउँपालिका–४, खोलाखेतको खेलमैदानमा सोमबार सम्पन्न दोस्रो अध्यक्ष कपको उपाधि जलजला–४, फट्केढुङ्गाले जितेपछि वडाबाट खेलमा सहभागी युवा क्लबका […]
तीनै तहका सरकारलाई आवश्यक कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गिरी
पर्वत फागुन २९ गते । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले तीनै तहका सरकारलाई आवश्यक पर्ने कानुन निर्माण गर्न सङ्घीय सरकारले ढिला नगर्ने बताउनुभएको छ । आज गृह जिल्ला पर्वतमा नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री गिरीले आवश्यक कानुन निर्माणमा मन्त्रालय जुटेको बताउनुभयो । “अहिले पनि कतिपय महत्वपूर्ण ऐन, […]
मेलाबाट भएको आम्दानीबाट पर्यटकीय पूर्वाधार निर्माण
विकल्प न्यूज/बेनी फागुन २९ गते । मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्वाधार निर्माण भएको छ । मच्छिमको भूमे युवा क्लबले गत वर्ष श्रीपञ्चमी पर्वका अवसरमा आयोजना गरेको मेलाबाट भएको आम्दानीले मच्छिमको डाँडामा पर्यटकीय पूर्वाधार निर्माण गरेको हो । क्लबका पूर्वअध्यक्ष मिलन छन्त्याल (शेरबहादुर)ले मच्छिमको डाँडामा […]
मंगलामा एमालेकाे नयाँ नेतृत्व चयन
विकल्प न्यूज / बेनी फागुन २८ गते । नेकपा एमालेकाे मंगला गाउँपालिका कमिटीको दाेर्साे अधिबेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको छ । साेमबार सम्पन्न भएको अधिबेशनले यामबहादुर थापाकाे अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटी चयन गरेकाे हाे । कमिटीको उपाध्यक्षमा चिरञ्जीवी शर्मा, सचिवमा चक्रलाल पाण्डे,उप सचिव एकजित रोका र सरस्वती उपाध्या सहित ३१ सदस्यीय कमिटी […]