लायन्स क्लब बेनी जलजलाको अध्यक्षमा महेन्द्र रेग्मी चयन

विकल्प न्यूज/बेनी
जेठ १७ गते ।

सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बेनी जलजलाको (सन २०२४–२०२५) अध्यक्षमा महेन्द्र रेग्मी चयन हुनुभएको छ । विहिबार जलजला गाउँपालिका वडा नम्बर ३ पर्वत बेनीमा सम्पन्न भएको प्रथम साधारणसभा तथा अधिबेशनबाट रेग्मीको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा राम्जी आचार्य,दितीय उपाध्यक्ष सुनिता बरुवाल,सचिव कुशल जिसी,सहसचिव सुस्मीता न्यौपाने,कोषाध्यक्षमा संगिता बानियाँ जिसी,सह–कोषाध्यक्षमा सरोज पौडेल सर्वसम्मत रुपमा चयन भएको निर्वतमान अध्यक्ष नारायण पौडेलले जानकारी दिनुभयो ।

ADV

 

युवाहरुलाई सामाजिक क्रियाकलापमा सहभागि गराउन जलजलामा विभिन्न पेशा व्यवसाय र सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिहरुले लायन्स क्लब गठन गरेको क्लबका संस्थापक अध्यक्ष समेत रहनुभएका पौडेलले जानकारी दिनुभयो । क्लबले आगमी दिनमा स्वास्थ्य, शिक्षा र प्राकृतिक विपद्का साथै सामाजिक क्षेत्रको सहयोगलाई निरन्तरता दिँदै सिर्जनशिल कामहरु गर्ने नव निर्वाचित अध्यक्ष रेग्मीले बताउनुभयो ।