विकल्प न्यूज/बेनी
जेठ १३ गते ।
म्याग्दी जेसिजको २६ औं स्थापना दिवसका अवसरमा साताव्यापी विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । यसै क्रममा पाँचौ दिन आइतबार नगरपालिका ५, भिरमुनी स्थित पौलस्त्य माविमा स्वास्थ्य जनचेतनामुलक कार्यक्रम गरेको छ ।
शाखा अध्यक्ष दिनेश बानियाँ को अध्यक्षता,नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीकाका सभापति अमर बानियाँ को प्रमुख आतिथ्यता, पौलस्त्य माविका प्रधानाध्यापक प्रेम बानियाँको बिशिष्ट आतिथ्यता,म्याग्दि जेसिजका कार्यकारिणि उपाध्यक्ष कृष्ण प्रसाद पौडेल स्वागत रहेको कार्यक्रमको संचालन कार्यक्रम संयोजक तथा म्याग्दी जेसिजका साधारण सदस्य सुस्मिता बानियाँले गर्नुभएको थियो ।
ADV
नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र बेनी म्याग्दीका प्रमुख नेत्र अधिकृत समेत रहनुभएका शाखा अध्यक्ष बानियाँले विद्यार्थी तथा शिक्षक शिक्षिका हरुलाई आँखा स्वास्थ्य सचेतना स्वरुप कसरी आँखाको दृष्टि लाई सुरक्षीत राख्न सकिन्छ भन्ने वारेमा जानकारी गराउनुभएको थियो । साथै विद्यालयमा अध्ययनरत एकसय जना विद्यार्थी र शिक्षक शिक्षिकाहरुको आँखा परिक्षण गरिएको थियो ।
आँखा जाँच का क्रम मा ३ जना विद्यार्थीहरुमा मा दृष्टि भ्रम को समस्या भेटिएको र उक्त विद्यार्थी हरु लाई नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दी मार्फत हिमालय आँखा अस्पताल पोखरा द्वारा निस्शुल्क चस्मा उपलब्ध गराईने मेडिया म्यानेजर कपिल बानियाँले जानकारी दिनुभयो ।