ताजा समाचार:
Search

समाचार

अन्तरजिल्ला आवागमनलाई कडाई गरेमात्र म्याग्दी सुरक्षितराख्न सकिन्छ ः प्रजिअ

उमाकान्त अधिकारी/म्याग्दी भदौं १० गते । अन्तरजिल्ला आवागमनलाई पूर्णरुपमा रोक्न नसक्दा जिल्लामा कोरोनाको जोखिम बढेको छ । अन्तरजिल्ला आवागमन बढ्दै जाने हो भने भोलीका दिनहरुमा कोरोना फैलिन सक्ने चुनौती बढेको छ । जिल्लाभित्र आर्थिक,सामाजिक र विकास गतिविधिहरु पनि सञ्चालन गर्ने र आवजावतलाई पनि रोक्ने विरोधाभाषपूर्ण निर्णयले कोरोनाको जोखिम बढेका हो । अन्तर जिल्ला आवागमनलाई अव […]

जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत ११ प्रहरी सहित ३५ जनाको रिपोर्ट नेगेटिभ

विकल्प न्यूज/बेनी भदौं १० गते । भदौं १ गते पोखराबाट म्याग्दी सरुवा भएर आएका प्रहरी जवानको कोरोना परिक्षण गर्दा पोजेटिभ आएपछि प्रहरी कार्यालयका भित्र कन्ट्याक्ट टेसिङ का सन्दर्भमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत ११ जना प्रहरीहरुको नमुनाका रुपमा स्वाब संकलन गरिएको थियो । उनीहरुको कोरोना परिक्षण गर्दा  रिपोर्ट  नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।  […]

काेराेनाबाट मधुमेह र दमका बिरामी कसरी जोगिने ?

भदौ १०, २०७७ काठमाडाैं : मानिसबाट मानिसमा सर्ने भनिएको कोरोना (कोभिड-१९) भाइरसले दीर्घरोगी र रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसलाई बढी समस्यामा पारिरहेको छ। ज्यान गुमाएकामध्ये अधिकांश संक्रमित यस्तै दीर्घरोगी थिए।  यो भाइरसले सबैलाई समात्न सक्छ, तर केही पीडित मानिसहरू संक्रमणको बढी जोखिममा छन्। कोभिड-१९ एक नयाँ सरुवारोग हो र अहिलेसम्म विज्ञहरू पनि यसबारे पूर्ण जानकार […]

बेनीको कोरोना खर्च ः क्वारेन्टाइन खाना र स्वास्थ्य सामान खरिदमा २९ लाख खर्च

विकल्प न्यूज/बेनी भदौं १० गते । बेनी नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च विवरण अनुसार क्वारेन्टाइन खाना खर्च र स्वास्थ्य सामाग्री खरिदमा ठूलो रकम खर्च भएको देखाएको छ । खाना र स्वास्थ्य सामाग्री खरिदमा गत असार मसान्त सम्म २९ लाख २४ हजार सातसय ६१ रुपैयाँ खर्च भएको छ । सार्वजनिक गरेको विवरणमा क्वारेन्टाइन खाना […]

भरतपुर अस्पतालबाट भागेका संक्रमित नुवाकोटमा पक्राउ

१० भदौ, भरतपुर । चितवनको भरतपुर अस्पतालवाट भागेका १९ वर्षीय कोरोना संक्रमित  पक्राउ परेका छन् । उनलाई बुधबार विहान नुवाकोट बेलकोटगढी-५ स्थित नेपाल प्रहरीको चेकिङका क्रममा पक्राउ गरिएको हो । उनी साइकलमा जाँदै गर्दा पक्राउ परेका हुन् । उनलाई नुवाकोटमा नै आइसोलेसनमा राख्न समन्वय भइरहको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए […]

एक लाख दिन्छु भन्दा पनि नबेचेको फाइटर भाले

दाङको घोराहीका १९ वर्षीय विगन पुन बिहान उठ्नेबित्तिकै आफ्नो मुख धुन बिर्सेलान तर कुखुराको भालेको मुख धोइदिन बिर्सिन्नन्। मुख धोएपछि भाले ‘फ्रेस’ हुन्छ रे। अनि क्याल्सियम खुवाउँछन्। त्यसपछि खुला चौरमा चराउन लैजान्छन् र घरमा ल्याएर धान, मकै, गहुँजस्ता खाने कुरा दिन्छन्। यो विगनको दैनिकी हो। थाहा पाउने भएदेखि नै उनी कुखुरासँग खेल्दै हुर्किए। घरमा कुखुरा […]

बाराका दुई जना कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु

१० भदौ, वीरगञ्ज । बाराका दुई जना कोरोना संक्रमितको वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–१ का ६६ वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय पुरुषको मंगलबार राति वीरगञ्ज हेल्थ केयर कोभिड अस्पताल मृत्यु भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. अतुलेश चौरसियाले जानकारी दिए । थाइराइड र उच्च रक्तचापजस्ता समस्या देखिएका ६६ […]

गण्डकी प्रदेशमा थप २३ जनामा काेराेना पुष्टी

विकल्प न्युज/ पाेखरा भदौ १० गते । गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूमा गरेर थप २३ जना काेराेना संक्रमित थपिएका छन । स्वास्थ्य निर्देशनालय पाेखराले जारि गरेकाे विज्ञप्ति अनुसार सवै भन्दा धेरै लमजुङ मा २० जना थपिएका छन  । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९३६ पुगेको छ | सबै संक्रमित व्यक्तिलाई आईसोलेसन केन्द्रमा लैजाने […]

पहुँच र शक्तिका भरमा म्याग्दी भित्रिनेबाट कोरोना फैलिने जोखिम

विकल्प न्यूज/बेनी भदौं ९ गते । छिमेकी जिल्ला बागलुङमा कोरोना समुदायमा फैलिसकेको छ । गण्डकी प्रदेशको राजधानी पोखरासँग सीमाना जोडिएको पर्वत उच्च जोखिममा छ । प्रदेश राजधानी पोखरामा कोरोना समुदायमा भूसको आगो झै सल्कीरहेको छ । काठमाण्डौंमा कोरोनाको स्थिति भयाभह हुँदै छ । दैनिक रुपमा काठमाण्डौंका अस्पतालहरुमा कोरोना संक्रमितको ज्यान जान थालेको छ भने यसै […]

पछिल्लो २४ घण्टामा ७ जनाको कोरोनाका कारण मृत्यु

विकल्प न्यूज/बेनी भदौं ९ गते । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा जानकारी दिइएको हो । यो सँगै अहिले सम्म नेपालमा कोरोनका कारण ज्यान गुमाउनेको संख्या एकसय ६४ पुगेको छ ।

मंगलबार थपिए ८५५ जना कोरोना संक्रमित

विकल्प न्यूज/बेनी भदौं ९ गते । मंगलबार थप ८ सय ५५ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमति प्रेस व्रिफिङका क्रममा सो जानकारी दिइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबारसम्म कुल संक्रमितको […]

जलजलामा नगर प्रहरीकाे लागि भर्ना खुल्याे

९ भदौ, पर्वत । जिल्लाको जलजला गाउँपालिकाले नगर प्रहरीका लागि आवेदन खुल्ला गरेको छ । गाउँपालिका भित्रको आन्तरीक शान्ति सुरक्षा कायम गर्नका लागि गाउँपालिकाले नगर प्रहरीका लागि आवेदन खुल्ला गरेको हो । गाउँपालिकाले करार सेवामा राख्ने गरी हालका लागि ३ जना नगर प्रहरीको भर्ना आब्हान गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार […]

साउनमा आयात घट्यो, निर्यातमा सुधार

९ भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना साउनमा वैदेशिक व्यापारको सूचक सकारात्मक पाइएको छ । भन्सार विभागका अनुसार साउनमा आयातमा उच्च गिरावट र निर्यातमा सुधार भएको छ । साउनमा ८५ अर्ब ८० करोड ७९ लाख रुपैयाँको वस्तु आयात र ९ अर्ब ६२ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक […]

नेकपाले शनिबार बोलायो सचिवालय बैठक

९ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार सचिवालय बैठक बोलाएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको भेटवार्तामा १३ गते शनिबार सचिवालय बैठक बोलाउने सहमति भएको हो । बैठकमा पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ । कार्यदलले प्रतिनिधिसभाको बाँकी कार्यकालभर ओली […]

कोरोना संकट बढेपछि ४३ करोडको स्वास्थ्य सामग्री किन्दै सरकार

भदौ ९, २०७७ काठमाडौं : कोरोना संक्रमण हुने क्रम बढ्दै जाँदा सरकारले परीक्षणका लागि चाहिने अत्यावश्यक परीक्षण कीट तथा स्वास्थ्य सुरक्षा सामग्री खरिद प्रक्रियालाई तीव्रता दिएको छ । सरकारसँग हाल करिब ३५ दिनलाई पुग्‍ने पिसिआर परीक्षण कीट छ। तर कोरोना समुदायस्तरमा पुगेर तीव्र गतिमा फैलिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकैपटक अत्यधिक मात्रामा  कोरोना परीक्षणका लागि […]