जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत ११ प्रहरी सहित ३५ जनाको रिपोर्ट नेगेटिभ

विकल्प न्यूज/बेनी
भदौं १० गते । भदौं १ गते पोखराबाट म्याग्दी सरुवा भएर आएका प्रहरी जवानको कोरोना परिक्षण गर्दा पोजेटिभ आएपछि प्रहरी कार्यालयका भित्र कन्ट्याक्ट टेसिङ का सन्दर्भमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत ११ जना प्रहरीहरुको नमुनाका रुपमा स्वाब संकलन गरिएको थियो । उनीहरुको कोरोना परिक्षण गर्दा  रिपोर्ट  नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।  छ ।

यसै गरी क्वारेन्टायनमा रहेका, सरकारी कार्यालयका कर्मचारी र जिल्ला बाहिरबाट आएका व्यक्तिहरू समेतको ३५ वटा पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको लम्सालले जानकारी दिनुभयो । बाहिरबाट आएका व्यक्तिहरुको व्यवस्थापन राम्रो बनाउन सक्ने हो भने जिल्लालाई कोरोनाबाट सुरक्षित राख्न सकिने उहाँले बताउनुभयो ।