समाचार

आज बिपीको १०७ औँ जन्मजयन्ती

भदौं २४ गते । काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको आज १०७ औँ जन्मजयन्ती मनाइँदै छ । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका कोइरुलाको जन्म विसं १९७१ भदौ २४ गते भएको थियो । उनले नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनर्स्थापनाका लागि कठोर सङ्घर्ष गरेका थिए। जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब […]

मंगलबार थपिए ९०२ जना कोरोना संक्रमित

विकल्प न्यूज/बेनी भदौं २३ गते । पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस व्रिफिङमा देशभरका प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा उक्त संख्या थपिएको जानकारी दिइएको हो । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा दुइहजार दुइसय ८७ कोरोना निको भएर डिस्चार्ज भएका छन् । आजसम्म पाँचहजार […]

नेकपा म्याग्दीले मनायो बासु– बैरागी स्मृति दिवस

विकल्प न्यूज/बेनी भदौं २३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले मंगलबार २१ औं वासु – बैरागी स्मृति दिवस मनाएको छ । तत्कालिन माओवादी पार्टीका पोलिटव्युरो सदस्य सुरेश वाग्ले र नेता भिमसेन पोखरेलको भदौं २३ गते आजै दिन पार्टी कामको शिलशिलामा हिडिरहेका वेला प्रहरीले हत्या गरेको थियो । तत्कालिन माओवादी पार्टीले आजको दिनलाई वासु स्मृति दिवसका […]

कोरोना परीक्षण रिपोर्ट गलत पनि आउँछ

भदौं २३ गते :लण्डन ।  के कोरोना भाइरस परीक्षणको नतिजा गलत पनि आउँछ ? वैज्ञानिकहरू नतिजा गलत पनि आउने बताउँछन्। एक अध्ययनका अनुसार यसको परीक्षण यति संवेदनशील छ कि शरीरमा मृत भाइरस वा यिनका टुक्रा पनि पाइन्छ, जसले कोरोना भाइरस संक्रमण पोजिटिभ देखाउँछ। वैज्ञानिकहरू व्यक्तिमा एक सातासम्म भाइरस सक्रिय हुन्छ। तर त्यसको केही हप्तासम्म पनि कोरोनाको […]

ढोरपाटन बाढीपहिरोको पीडा ः नारायणको शव, प्रेमको भन्दै दाहसंस्कार

विकल्प न्यूज/बागलुङ भदौं २३ गते । जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्‍याएको छ। रातको समयमा बाढी आउँदा सुतेका स्थानीयवासीसँगै ढोरपाटनका आधा दर्जन गाउँ बगरमा परिणत भए । बाढीमा हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने अझै २१ बेपत्ता छन् । हालसम्म फेला परेका शवमध्ये १५ जनाको मात्र […]

कोरोना भाइरस विरुद्धको रुसी खोप भारतमा पनि परीक्षण गरिने

 भदौ २२ गते ।   फाइल तस्विर रुसमा विकास गरिएको कोरोनाभाइरसविरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ । स्पुत्निक पाँच नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जनाएका छन् ।   रुसी लागानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले सोमबार दिएको जानकारी अनुसार भारत बाहेक साउदी अरब, […]

सङ्क्रमण र दुव्र्यवहारसँग जुध्दै सेवामा स्वास्थ्यकर्मी

काठमाडौँ, भदौ २३ गते । नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको चपेटामा अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी परेका छन् । कोरोना उपचार हुने प्रत्येक अस्पतालमा कार्यरत दर्जनाँै स्वास्थ्यकर्मी सङ्क्रमित छन् । ती अस्पतालमा कार्यरत अस्पताल निर्देशकदेखि, स्टाफ नर्स, चिकित्सक, ल्याबमा कार्यरत कर्मचारी, सरसफाइ कर्मचारीदेखि प्रशासन सम्मका कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण भइरहेको छ । वीर अस्पताल, शिक्षण […]

सङ्क्रमितभन्दा निको हुने दोब्बर

काठमाडौँ, भदौ २३ गते । कोरोना भाइरस (कोभिड–१९)बाट सङ्क्रमित हुनेको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या झण्डै दोब्बर देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ९७९ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने सोही समयमा एक हजार ७३६ जना सङ्क्रमण मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनाबाट मुक्त हुनेको सङ्ख्या […]

नेपालमा पहिलो पटक कोरोनाबाट पत्रकारको मृत्यु

विकल्प न्यूज/बेनी भदौं २२ गते । नेपालमा पहिलोपटक कोरोना संक्रमणबाट पत्रकारको मृत्यु भएको छ । कपिलवस्तुका ६२ वर्षीय एक पत्रकारको कोरोनाबाट सोमाबार मुत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौड्यलले जानकारी दिनुभयो । मृत्युपछि स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको र साँझ रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ । उनको शव व्यवस्थापनको […]

साेमबार ११ जना कोरोना संक्रमितको मृत्यु,संख्या तीन सय पुग्यो

विकल्प न्युज/ बेनि भदौं २२ गते । छिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ। सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार थप ११ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा चार जना महिला छन्।  काठमाडौं ३७ वर्षीया, ९० वर्षीया र ८३ वर्षीया महिला छन्। त्यस्तै कास्कीका ६३ वर्षीया महिला छन्। त्यस्तै, मोरङका […]

ट्राफिक प्रहरीलाई कुट्नेमध्ये ६ जनालाई कोरोना

२२ भदौ, ललितपुर । पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका १७ जनामध्ये थप ५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै एउटै अभियोगका ६ जना थुनुवामा कोरोना पुष्टि भएको छ । पुल्चोकमा गत बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो । त्यस क्रममा ट्राफिक प्रहरी जवान […]

कोरोनाले मृत्यु भएका व्यक्तिको अंग निकालिन्छ भनेर भ्रम फैलाउने पक्राउ

काठमाडौँ भदौ २२ गते । आफूलाई आयुर्वेदिक चिकित्सक भन्दै विभिन्न युट्युब च्यानलमा कोरोना भाइरस संक्रमण र उपचारबारे भ्रम फैलाएको आरोपमा प्रहरीले सुवास सुब्बा लिम्बूलाई पक्राउ गरेको छ । विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा कोरोना संक्रमणबाट मृत्यु भएकाको मिर्गौलालगायतका अंग झिकिने गरेको भन्दै भ्रम फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले  […]

गण्डकी प्रदेशमा कोरोना संक्रमण बढ्दो – ६७ जना नयाँ संक्रमित थपिए

विकल्प न्यूज\बेनी भदौं २२ गते । गण्डकी प्रदेशमा कोरोना संक्रमण बढ्दो छ । दैनिक रुपमा धेरै संख्यामा कोरोना संक्रमित थपिने क्रम छ । सोमबार विहान थप ६७ जनामा कोरोना पुष्टी भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयको विज्ञप्ती अनुसार कास्कीमा ३१, गोरखा १८,तनहुँमा ३ र नवलपुरमा १५ जना नयाँ संक्रमित थपिएका हुन । यो संगै […]

स्वाथ्यमन्त्री ढकालकाे परिवारमै कोरोना

२१ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ । तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल निवासमै क्वारेन्टिनमा बसेका छन् ।  परिवारकाे सदस्यमा काेराेना पुष्टि भएपछि  क्वारेन्टिनमा बसेको पुष्टि गरे । ‘मलाई संक्रमण भएको होइन, परिवारको सदस्यलाई संक्रमण भएपछि म क्वारेन्टिनमा बसेको हुँ’ मन्त्री ढकालले […]

अहिले सम्मकै धेरै १८ सय १४ जनाले कोरोना जितेर घर फर्के

काठमाडौँ , २१ भदौ ।फाईल तस्वीर : म्याग्दीमा काेराेना जितेर घर फर्किदै । नेपालमा गएको २४ घण्टामा अहिले सम्मकै भेरै १८ सय १४ जनाले कोरोना जितेर घर फर्केका छन् । आज १८ सय १४ जनाले कोरोना जिते सगैँ नेपालमा कोरोना मुक्त भए घर फर्कनेको संख्या २८ हजार ९ सय ४१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको […]