ताजा समाचार:
Search

चार सय ४३ मतको अग्रता लिएर माओवादीका जुग्जाली एमालेको गढ मंगलामा प्रवेश गरे

विकल्प न्यूज\बेनी
मंसिर ६ गते ।

कडा प्रतिस्पर्धा देखिएको प्रदेश  निर्वाचन क्षेत्र २ मा धवलागिरि र मालिका गाउँपालिकाको मतगणना सक्दा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेशम जुग्जालीले ४४३ मतको अग्रता लिएर एमालेको गढ मानिएको मंगला प्रवेश गरेका छन् । जुग्जालीले ६ हजार एकसय ९७ मत प्राप्त गर्दा नेकपा एमालेका यामबहादुर गर्बुजाले ५ हजार ७ सय ५४ मत प्राप्त गर्नुभयो ।

गठबन्धनले मालिकामा ८ सय देखि एकहजार सम्मको अग्रता कायम हुने अपेक्षा गरेको थियो । तर गठबन्धनले सोचेअनुरुपको मत वडा नम्बर ५ देविस्थान,६ दरवाङबाट आएन ।

मंगलालाई एमालेको गढका रुपमा लिने गरिन्छ । मंगलामा करिब ६ देखि ८ सय सम्मको अग्रता लिने एमालेको आकलन छ । यता गठबन्धनले पनि ५ सय देखि ६ सयले अग्रता लिने र प्रदेशसभामा जित निकाल्ने दावी गरेका छन् । मंगलामा माओवादीका उम्मेदवार जुग्जालीलाई अपेक्षित मत प्राप्त भएको हुनसक्ने अनुमान गठबन्धनको छ ।