नेपालको जित, २३ वर्षपछि साग फुटबलमा स्वर्ण (भिडियो सहित)
-
नेपालको जित, २३ वर्षपछि साग फुटबलमा स्वर्ण (भिडियो सहित)
३ फागुन, काठमाडौं । भारतलाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जितेको छ । सोमबार भएको फाइनल खेलमा नेपालले भारतलाई २-१ गोल अन्तरले पराजित गरेको हो । नेपालले २३ वर्षपछि साग फुटबलमा उपाधि जितेको हो । यसअघि १९८४ र १९९३ मा स्वर्ण जितेको थियो । १९९९ को…
पुरा पढ्नुहोस » -
बेनीमा मगर विद्यार्थीहरुले गरे प्रथम सहिद लखन थापाको सम्झना
विकल्प न्यूज/बेनी म्याग्दी,फागुन २ गते । नेपाल मगर विद्यार्थी संघ म्याग्दीले नेपालका प्रथम सहिद लखन थापाको १३९ औं स्मृति दिवस मनाएको छ । आइतवार साँझ विरेन्द्रचोक स्थित लखन थापा चौतारीमा दिप प्रज्वलन गरेर दिवस मनाएको हो । मगर विद्यार्थीहरुले लखन थापाको स्मृतिमा मैनवत्ति वालेर थापाको संझना गरेको मगर विद्याथी संघ म्याग्दीका अध्यक्ष…
पुरा पढ्नुहोस » -
एमाले म्याग्दीको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण
प्रताप बानियाँ/विकल्प म्याग्दी,फागुन १ गते । नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको आयोजनामा शनिबार सदरमुकाम बेनीमा जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ‘संविधानको घोषणा ऐतिहासिक उपलब्धि, अबको लक्ष्य राष्ट्रिय एकता सुदृढीकरण र देशको समृद्धि’ भन्ने नारासहित संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढीकरण अभियान–२०७२ अन्तर्गत कार्यक्रम गरिएको हो । जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई…
पुरा पढ्नुहोस » -
अखिल क्रान्तिकारी म्याग्दीको सोहै सम्मेलन सम्पन्न
सन्तोष गौतम/विकल्प म्याग्दी,फागुन १ गते । २१ औ जनयुद्ध दिवसको अवसर पारेर एकिकृत नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी म्याग्दीको शनिबार बेनीमा सोहौ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सुदिन पौडेलको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटि निर्वाचित गरेको छ । कमिटिको उपाध्यक्षमा यामनाथ पौडेल, गणेश शर्मा, सचिवमा रेशम केसी, कोषाध्यक्षमा…
पुरा पढ्नुहोस » -
प्रमको भारत भ्रमण दुई देशबिच उत्पन्न समस्या सामान्यीकरण गर्न केन्द्रित हुने
सन्तोष गौतम/विकल्प म्याग्दी,फागुन गते । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी हप्ता हुन लागेको भारत भ्रमण दुई देशबिच उत्पन्न समस्यालाई सामान्यीकरण गर्न केन्द्रित हुने बताउनुभएको छ । प्रेस चौतारी म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणपछि दुई देशबीच उत्पन्न भएको असमझदारी हटेर…
पुरा पढ्नुहोस » -
म्याग्दीमा राष्ट्रिय पुस्तक दिवस मनाए
म्याग्दी,फागुन १ गते । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीले शनिबार राष्ट्रिय पुस्तक दिवस मनाएको छ । दिवसको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा महासंघका केन्द्रिय सदस्य लिलाराम गौतमले नेपालमा पुस्तक निती आवश्यक रहेको बताउनुभयो । उहाँले पुस्तक लेखक, मुद्रक, प्रकाशक र वितरकको हितका लागि सरकारले पुस्तक…
पुरा पढ्नुहोस » -
बहिरा स्रोतकक्षाका विद्यार्थीहरुलाई दिदीबहिनी सहकारीको सहयोग(फोटो सहित)
प्रताप बानियाँ /विकल्प म्याग्दी,फागुन १ गते । म्याग्दीको बेनी नगरपालिका–१४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयमा रहेको बहिरा स्रोतकक्षाका विद्यार्थीहरुलाई विद्यालय पोसाक सहयोग भएको छ । शनिबार श्रीपञ्चमी अर्थात् सरस्वती पुजाको दिनको अवसर पारी सदरमुकाम बेनीमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थामार्फत सहयोग गरिएको हो । महिलाहरुको आफ्नै व्यवस्थापन र सक्रियतामा सञ्चालित सहकारीले…
पुरा पढ्नुहोस » -
फागुन १ बाट टेलीकमको हटस्पट वाइफाइ अब ३० रुपैयाँमा ५ घण्टा चलाउन पाइने
नेपाल टेलिकमले भोलि फागुन १ गतेदेखि अाफ्नो वाइफाइ हटस्पट इन्टरनेट (Wi-Fi Hotspot Internet) सेवामा विशेष सुविधा दिने भएको छ। सुविधा अन्तरगत मात्र ३० रुपैयाँमा (करबाहेक ) ५ घन्टासम्म ५१२ केबिपीएसको स्पीडमा इन्टरनेट चलाउन पाइनेछ। यसको भ्यालिडीटी ७ दिन हुने कम्पनीले जनाएको छ। पहिले भने यो सेवा प्रयोग गरे वापत ग्राहकहरूको मोबाइलबाटै १० रुपैयाँ ब्यालेन्स…
पुरा पढ्नुहोस » -
म्याग्दीको गलेश्वरमा रथयात्रा सहित मुक्तिहरिराधाकृष्ण महामहोत्सव सुरु (फोटो सहित)
प्रताप बानियाँ/विकल्प म्याग्दी, माघ २९ गते म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाममा शुक्रबारदेखि राधाकृष्ण महामहोत्सव शुरु भएको छ । २०४४ सालमा स्थापित राधाकृष्ण मन्दिरको आधुनिक कलाकृतिले सु–सज्जित रुपमा प्राचीन विमानशैलीमा पुनर्निर्माण गरी रथयात्रासहित उद्घाटन गरिएको हो । मन्दिर उद्घाटनसत्रको पूर्वसन्ध्यामा चतुर्वाहु कृष्णको मूर्तिको रथयात्रासहित बाजागाजा र भजनकिर्तन…
पुरा पढ्नुहोस » -
गलेश्वर क्षेत्रमा म्याग्दी प्रहरीद्धारा सरसफाई
विकल्प न्यूज/बेनी माघ २९ गते । म्याग्दी जिल्लाको बेनीनगरपालिका स्थित प्रशिद्ध धार्मिक क्षेत्र गलेश्वर धाममा म्याग्दी प्रहरीले सरसफाई गरेको छ । गलेश्वर क्षेत्रलाई सरसफाई युक्त बनाउनका लागि प्रहरीले सरसफाई अभियान चलाएको हो । प्रहरी निरिक्षक लोकेन्द्र सिंह गुरुको नेतृत्वमा गएको टोलीले मन्दिर आसपासको क्षेत्रमा सरसफाई गरेको थियो । २७ जना प्रहरीको सहभागिता…
पुरा पढ्नुहोस » -
कल्लेनीका बासिन्दाद्धारा पर्यटकीय स्थलमा पुर्वाधार निर्माण
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ २८ गते । म्याग्दीको मराङ गाविस ३ कल्लेनीका बासिन्दाहरु पर्यटकीय स्थलमा पुर्वाधार निर्माणमा जुटेका छन् । गाउँमा भित्र्ने पर्यटकको सुबिधा तथा पर्यटन विकासका लागि कल्लेनीका बासिन्दाहरुले आवास स्थल, पदमार्ग निर्माण, पर्यटकीय स्थलको संरक्षण र प्रचारप्रसारमा जुटेका हुन् । त्यहाँका बासिन्दाहरुले पछिल्लो समय श्रमदान गरेर पर्यटक क्याम्पीङ साईट (आवास क्षेत्र)को निर्माण…
पुरा पढ्नुहोस » -
ताकम घनाबस्ती विकास कार्यक्रमको सुभारम्भ
सन्तोष गौतम/विकल्प म्याग्दी, माघ २८ गते । म्याग्दीको ताकम ३ मा सामुदायीक भवन निर्माण भएको छ । ताकम घनावस्ती विकास कार्यक्रम अन्तरगत ताकमको पधेराचौरमा निर्माण भएको सामुदायीक भवनको बिहीबार एक समारोहका बीच उद्घाटन गरिएको छ । सरकारको २४ लाख र समुदायको १४ लाख रुपैयाँ लगानीमा निर्माण भएको सभाहल, शौचालय र दुई वटा…
पुरा पढ्नुहोस » -
जसले म्याग्दीलाई चिनाए
विकल्प न्यूज /बेनी म्याग्दी,माघ २८ गते । म्याग्दीको हिस्तान गाविसमा जन्मिएकी तारादेवी पुनले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा भारात्तोलन ७५ किलोमाथिको तौल समुहमा कास्य पदक,पाखापानी–३ का प्रेमप्रसाद पुन ‘जुलुक’ले सागको आर्चरीतर्फ काश्य, ओखरबोटकी कमला पुन र पिप्लेकी अरुणा शाहीले महिला भलिबलमा तेस्रो स्थान प्राप्त गदैं कास्यपदक जितेका थिए । ‘…
पुरा पढ्नुहोस » -
आयोडिनयुक्त नुनको प्रयोग बढाउन जनचेतनामुलक कार्यक्रम
विकल्प न्यूजबेनी माघ २८ गते । म्याग्दी जिल्लामा आयोडिनयुक्त नुनको सुरक्षित प्रयोग बढाउन जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ । खुल्ला रुपमा बिक्री वितरण हुने ढिके नुनको प्रयोग घटाउने र आयोडिनयुक्त नुनको सुरक्षित प्रयोग बढाउन सरकारी निकाय र विभिन्न संघ संस्थाहरुले कार्यक्रम गरेका हुन् । हरेक अंग्रेजी वर्षको फेब्रअरी महिनालाई आयोडिन महिनाको रुपमा…
पुरा पढ्नुहोस » -
सामूहिक बलात्कारपछि नेहाको हत्या भएको दाबी
पोखरा नायिका योरुना पुन (नेहा) हत्याको अनुसन्धान फराकिलो पारि वैज्ञानिक रुपमा गरिनुपर्ने माग आफन्तले राखेका छन् । पोखरामा बुधवार पत्रकार सम्मेलन गरि नेहाका आफन्तले घट्ना प्रकृति अनुसार नेहाको हत्यामा धेरैको संलग्नता हुन सक्ने बताउँदै अनुसन्धान फारकिलो बनाएर वैज्ञानिक अनुसन्धान गरि हत्यामा संलग्नलाई कडा भन्दा कडा कारवाहीको माग गरेका हुन् । सोमवार जिल्ला…
पुरा पढ्नुहोस »