ताकम घनाबस्ती विकास कार्यक्रमको सुभारम्भ
सन्तोष गौतम/विकल्प
म्याग्दी, माघ २८ गते ।
म्याग्दीको ताकम ३ मा सामुदायीक भवन निर्माण भएको छ । ताकम घनावस्ती विकास कार्यक्रम अन्तरगत ताकमको पधेराचौरमा निर्माण भएको सामुदायीक भवनको बिहीबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।
सरकारको २४ लाख र समुदायको १४ लाख रुपैयाँ लगानीमा निर्माण भएको सभाहल, शौचालय र दुई वटा कोठा भएको एक तले भवनको सहरी विकास बिभागका महानिर्देशक रमश सिंङले उद्घाटन गर्नुभएको थियो । वि.स २०६५ सालदेखि सुरु भएको भवन निर्माण कार्य सात वर्षपछि पुरा गरि उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा महानिर्देशक सिंङले सरकारले ग्रामिण क्षेत्रमा बजार विकास, रोजगारी सिर्जना र बसाईसराई नियन्त्रणका लागि निश्चित ठाउँमा पुर्वाधार निर्माण र सुबिधा विस्तार गरी ब्यवस्थित बस्ति ब्यवस्थापन गर्न घनाबस्ती योजना अघि सारेको बताउनुभयो ।

कार्यक्रममा सिटीइभिटीका निर्देशक दिवादकुमार श्रेष्ठ, भवन डिभिजन कार्यालय बागलुङ्गका ईञ्जिनियर रोशन श्रेष्ठ, मोनाका संरक्षक तथा ताकम घनाबस्ती कार्यक्रमका सल्लाहकार प्रकाश पुन, मोना हङकङका टिकादेवी गुरुङ, युवा दिनेश केसी, म्याग्दी काठमाडौ चौतारीका कोषाध्यक्ष दिनेशनारायण श्रेष्ठ लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
ताकम घनाबस्ती विकास कार्यक्रमका अध्यक्ष दलबहादुर खत्रीको अध्यक्षता, महिला उद्यम विकास समिति म्याग्दीका महासचिव लक्ष्मी कार्कीको सञ्चालन र कार्यक्रमका कोषाध्यक्ष अमृता भण्डारीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा सल्लाहकार देवबहादुर थापा, संस्थापक अध्यक्ष खुमनाथ सुवेदी, पत्रकार प्रताप बानिया लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्